शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पेन्टागनले उडनतस्तरको बारेमा अनुसन्धान गर्न कार्यदल गठन गर्दै

सोमबार, ०१ भदौ २०७७, ११ : ४१
सोमबार, ०१ भदौ २०७७

अमेरिकी सैन्य विमानहरुले कैद गरेका उडनतस्तरका सम्भावित भिडियोहरुबारे अनुसन्धान गर्न पेन्टागनले नयाँ टास्कफोर्स गठन गर्न लागेको दुई रक्षा अधिकारीहरुलाई उद्धृत गर्दै सिएनएनले समाचार प्रकाशित गरेको छ । केही दिनमा आधिकारिकरुपमा घोषणा गरिने उक्त टास्कफोर्सको नेतृत्व डेप्युटी सेक्रेटरी अफ डिफेन्स डेभिड नोरक्वीस्टले गर्ने अपेक्षा गरिएको छ ।

यसअघि अमेरिकीको जल सेनाले ‘अज्ञात हवाइ गतिविधि’ बारे अनुसन्धान गर्दै आएको थियो किनभने यसका धेरै विमानहरुको सम्भावित उडनतस्तरहरुसँग जम्काभेट भएको थियो । टास्कफोर्स गठन गर्नेबारे रक्षा विभागले तत्काल कुनै प्रतिक्रिया दिन चाहेन ।

अमेरिकी सैन्य बेसहरुमाथि अज्ञात विमानहरु देखिनाले अमेरिकी सैन्य विमानहरुमाथि जोखिम बढेको भन्दै संसद तथा पेन्टागनका सदस्यहरुले चिन्ता व्यक्ति गर्दै आइरहेका थिए । त्यस्ता अज्ञात विमानहरुको उद्गमबारे अझै मत विभाजित रहेको छ । धेरैले ती अज्ञात विमान प्रतिद्वन्द्वीहरुले गोप्य जानकारी हासिल गर्नका लागि सञ्चालन गरेको ड्रोनहरु हुनसक्ने विश्वास गर्छन् ।


गत जुनमा सिनेट इन्टिलिजेन्स कमिटीले त्यस्ता जम्काभेटबारे पेन्टागन र गुप्तचरले सार्वजनिक मूल्यांकन सार्वजनिक गर्न मतदान गरेको थियो । पेन्टागनले आधिकारिकरुपमा सम्भावित उडनतस्तरको भिडियो सार्वजनिक गरिएपछि सो निर्णय गरिएको थियो ।

उक्त भिडियोमा अज्ञात विमान निकै तीव्र गतिमा उडिरहेको देखिएको थियो । गत अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो भिडियो साँचो भए अद्भूत हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप