बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी रक्षा मन्त्रालयले जारी गर्यो उडनतस्तरका तीन भिडियो

बुधबार, १७ वैशाख २०७७, ०७ : ५३
बुधबार, १७ वैशाख २०७७

अमेरिकी रक्षा मन्त्रालयले ‘हावामा देखिने केही अस्पष्ट वस्तु’का तीन भिडियो जारी गरेको छ ।

पेन्टागनले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी कुनै पनि प्रकारको गलत धारणा र भ्रम हटाउन चाहन्थ्यौं तसर्थ यो भिडियो सार्वजनिक गर्ने निर्णय गर्यौं ।’

यो भिडियो सन् २००७ र सन् २०१७ मा नै लिक भइसकेको थियो र यसबारे विभिन्न प्रकारका हल्ला चलेका थिए ।

कति मानिसहरुका अनुसार यी वास्तविक थिए भने कतिले पनि यसलाई वास्तविक मान्न अस्विकार गरिरहेका थिए । यसै भ्रमको स्थिती चिर्नका लागि पेन्टागनले भिडियो सार्वजनिक गर्दै यो साँचो भएको दाबी गरेको छ ।

यीमध्ये दुई भिडियो न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो र अर्को भिडियो गायक टम डिलोग्नको संस्थाले लीक गरेको थियो ।

जब यो पहिलो पटक लिक भएको थियो तब केही व्यक्तिले यसमा एलियन पनि देखिएको बताएका थिए । सामान्य बोलीचालीको भाषामा आकाशमा देखिने यस्तो प्रकारको वस्तुलाई अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स (यूएफओ) वा उडनतस्तर भनिन्छ ।

भिडियोमा के छ ?

न्यूयोर्क टाइम्सका अनुसार यीमध्ये एक भिडियो नौसेनाका दुई फाइटर पाइलटले खिचेका थिए । यो भिडियोमा एउटा गोलाकार वस्तुलाई प्रशान्त महासागरको पानीमाथि (लगभग १६० किलोमिटर) उडिरहेको देख्न सकिन्छ ।

अन्य दुई भिडियो सन् २०१५ मा खिचिएका थिए । यसमा पनि केही वस्तु हावामा उडिरहेको देख्न सकिन्छ ।

यीमध्ये एक भिडियोमा कुनै वस्तुलाई हावामा घुमिरहेको देख्न सकिन्छ । यो भिडियोमा एक पाइलटले भनिरहेका छन्, ‘यो हेर यार ! यो गोलाकारमा घुमिरहेको छ ।’

पेन्टागनले आफ्नो एक बयानमा भनेको छ, ‘हामीले यी तीनवटै भिडियोलाई पूर्ण अनुसन्धान गरेका छौं र यो सार्वजनिक गर्दा कुनै प्रकारको संवेदनशील जानकारी बाहिर नआउने र एयर स्पेसमा हाम्रो सेनालाई कुनै क्षती नहुने निष्कर्ष निकाल्यौं ।’

बयानमा भनिएको छ, ‘रक्षा मन्त्रालयले यी भिडियो यसकारण जारी गरिरहेको छ किनभने मानिसहरुले यसको वास्तविकताबारे थाहा पाउन् । भिडियोमा देखिएको यो वस्तु अस्पष्ट छ तसर्थ यसलाई ‘अनआइडेन्टिफाइड’ मानिएको छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप