शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिमा विमलेन्द्र निधिको दाबीले काँग्रेसमा जन्माएको नयाँ बहस

सोमबार, ०१ भदौ २०७७, ०८ : ४६
सोमबार, ०१ भदौ २०७७

काठमाडौँ । उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिको दाबी प्रस्तुत गरेपछि नेपाली काँग्रेसमा नयाँ हलचल ल्याएको छ । पछिल्लो समय सर्वसम्मत नेतृत्व चयनको कसरतमा लागेका निधिले गत बिहीबार सभापति शेरबहादुर देउवासँग चौधौँ महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव राखेका थिए । तर देउवाले एक पटक आफै सभापतिमा उठ्ने जवाफ दिएपछि अब निधिले के गर्लान् भन्ने काँग्रेसजनमा आमचासो छ ।

नेतृत्व लिनका लागि संस्थापन इतरपक्षमा आधा दर्जन नेताहरूको संघर्ष चलिरहँदा संस्थापन पक्षमा देउवालाई एकल उम्मेदवार ठानिएको थियो । तर एकाएक निधिले आफू उम्मेदवारका रूपमा अघि बढेको जानकारी गराएपछि अब देउवाको पनि आगामी रणनीति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । तर निधि भने देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैले अभिभावकको भूमिकामा राख्न आन्तरिक लविङ तीव्र बनाएका छन् ।


चैत यता पार्टीका नेता र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीसहित ८० जनासँगको छलफलपछि सहमतिबाट नेतृत्व चयन गर्नु अहिलेका आवश्यकता भएको निधिको निष्कर्ष छ । यस्तै व्यक्तिबाट एक हुनुभन्दा नीतिका आधारमा एक हुँदा सर्वसम्मत नेतृत्व चयन सम्भव रहेको निधिको तर्क छ । १४ औँ महाधिवेशनलाई आफ्ना लागि सबैभन्दा अनुकूल परिस्थिति ठानेका निधिले त्यही अनुसार गृहकार्य पनि गरिरहेको बुझिएको छ ।

अहिले ६५ वर्ष पुगेका निधिलाई १५ औँ महाधिवेशनमा युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्माको पुस्ताले समेत आफ्नो लागि स्पेस नछाड्ने उनको बुझाइ छ । १५ औँ महाधिवेशनमा आफू ७० वर्षका पुग्ने भएकाले त्यतिबेला उमेर र युवाको प्रभावले आफू अनुकूल वातावरण नहुनेमा उनी जानकार देखिएका छन् । त्यसैले पनि उनी १४ औँ महाधिवेशनमा नै देउवालाई रोक्न चाहन्छन् । साथै निधिले सर्वसम्मत नेतृत्व चयनको विषय उठाउनुले पनि काँग्रेसभित्र बहस जन्माएको छ ।

अहिलेसम्म करिब एक दर्जन नेताले भावी सभापतिमा दाबी प्रस्तुत गरिरहँदा निधिको उम्मेदवारी ‘लजिकल’ देखिएको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल बताउँछन् । उनले भने, ‘नेपाली काँग्रेसमा धेरै वटा गुट छन् । ती सिद्धान्तमा भन्दा महत्वकांक्षाले निर्माण भएका हुन् । तर अहिलेको अवस्थामा केही लोजिकल पनि छन् । के कारणले म सभापतिमा उठ्नुपर्छ वा अर्को नेतृत्व हुनुपर्छ भन्ने केही आधारसहित उम्मेदवारी देखिएका छन् । विमलजी (विमलेन्द्र निधि)को उम्मेदवारी प्रस्ताव मलाई स्वभाविक लागेको छ ।’


१५ औँ महाधिवेशनमा नयाँ पुस्ता आउने र १४ औँ मा ८० वर्ष पुग्न लागेका नेताहरुले नछोड्ने कुराले आफूहरुले अहिलेसम्म पार्टीमा काम गरेको के त भन्ने निधिले प्रश्न उठाएको देखिन्छ ।


नयाँ पुस्ता भनेर उमेरलाई त्यति महत्व नदिएको भन्दै विचार र अन्दोलनका आधारमा निधिको उम्मेदवारी तार्किक लागेको उनले सुनाए । देउवासामू निधिले राखेको प्रस्तावबारे दाहालले भने, ‘विमलजीले हिजो अस्ती अब म लड्छ भनेर भन्नुभयो । उहाँले उठाउनु भएका दुई तीन वटा तर्क सही लाग्यो । पहिलो कुरा त नेपाली काँग्रेसमा धेरै गुटहरु भयो । यसलाई रोक्नका लागि सर्वसम्मत नेतृत्व हुनुपर्छ भन्नुभयो । दास्रो कुरा शेरबहादुरजी र रामचन्द्रजीहरुले अब अभिवाकत्व लिनुपर्छ भन्नुभयो । तेस्रो कुरा उहाँले आफ्नो अवस्थाका नेताहरु पाँच सालपछि नेतृत्व लिन सक्ने अवस्था नहुने भन्नुभयो ।

१५ औँ महाधिवेशनमा नयाँ पुस्ता आउने र १४ औँ मा ८० वर्ष पुग्न लागेका नेताहरुले नछोड्ने कुराले आफूहरुले अहिलेसम्म पार्टीमा काम गरेको के त भन्ने निधिले प्रश्न उठाएको देखिन्छ ।

‘१५ औँ महाधिवेशनमा गगन, विश्वप्रकाशको पुस्ता आउँछ । तपाईंहरु ८० वर्षमा पनि नछोड्ने र अर्कोतिर पछाडिबाट नयाँ पुस्ता आउँछ । त्यो बेलामा हामीले अहिलेसम्म पार्टीमा काम गरेको के त भन्ने उहाँहरुको कुरा छ । यो तार्किक कुरा पनि हो । ७० वर्ष पुगेपछि नयाँ पुस्तालाई छोडिदिनुपर्छ भन्ने कुरा काँग्रेसमा नौलो हो । काँग्रेसभित्र यस्तो कुरा बोलिँदै बोलिँदैन,’लामो समय काँग्रेस राजनीति नियालिरहेका दाहालले भने, ‘अरुलाई छोड्न पर्छ दिनुपर्छ भन्ने कुरा सोचिँदैन । पाँच वर्षपछि नयाँ पुस्ता आइसक्छ उनीहरुलाई हेर्नुपर्छ  भन्नु भनेको राम्रो सन्देश हो ।’


‘तर यहाँनिर निरन्तरताको प्रश्न छ । विमलजीले काँग्रेसमा काम गरेको ५० वर्ष पुगेछ । तर अरुको त्यो पुग्दैन । यो पुस्तामा सबैभन्दा पहिलो भनेको विमलजी नै हुनुभयो । त्यसैले मलाई उहाँको दाबी उचित हो कि जस्तो लाग्छ ।’ उनका अनुसार बाँकी पार्टी कार्याकर्ताको निर्णय हो, कस्लाई उपयुक्त हो–होइन भन्ने ।


उमेर समूह र आन्दोलनका हिसाबले पनि बीचको पुस्ताको सेतुका रुपमा निधिले यो कुरा प्रस्तुत गरेको उनको बुझाइ छ । दाहालका अनुसार यसले काँग्रेसमा नयाँ दृष्टिकोण विकास हुन थालेको छ ।

नेपाली काँग्रेस माथिदेखि तलसम्म गुटमा गुटमुटिएका बेला यसले क्षति पुर्याउछ भनेर नेतृत्व तहबाट सुरु भएको बहसले केही न केही निष्कर्ष निकाल्ने उनको विश्लेषण छ ।

उनले भने, ‘यतिबेला नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली काँग्रेसलाई बलियो बनाउनुपर्ने अवस्थामा सिर्जना भएको छ । अहिलेको बेलामा लोकतन्त्रलाई बलियो बनाउनका लागि काँग्रेसमा एकता अपरिहार्य छ । काँग्रेसको नेतृत्वपंक्ति छरिएको अवस्थामा सर्वसम्मत नेतृत्व हुनुपर्छ भनेर विमलजीले शुरु गर्नुभएको छलफलले एउटा दृष्टिकोण दिन्छ ।’

निधिको उम्मेदवारीको स्थान

न्यायसंगत रुपमा शेरबहादुर र रामचन्द्र अभिभावक हुने अवस्थामा नेतृत्वको पहिलो स्थानमा निधि रहेका दाहालको विश्लेषण छ । उनले भने, ‘उहाँले मेरो पनि उम्मेदवारी छ भनेर दाबी गर्नुभएको छ । शेरबहादुर र रामचन्द्रजीपछि सभापतिको चार्चाको लाइनमा हेर्दा विमलेन्द्र निधिजी स्वभाविक देखिनुहुन्छ । उहाँले २६ सालदेखि आजसम्म कतै पनि खण्डित नभइ नेपाली काँग्रेसमा काम गर्नुभएको छ । उहाँ बीचमा इन्ट्री गर्नुभएको होइन ।’

भावी सभापतिका रुपमा जबर्जस्त रुपमा खडा भएका महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला जस्तै निधि पनि बलियो पृष्ठभूमि छ ।


नेपाल विद्यार्थी संघमा पनि शेबहादुर देउवापछि बिपी कोइरालाको प्रस्तावमा निधि नै ०३६ सालमा नेविसंघको अध्यक्ष भएका थिए । संस्थापन पक्षमा दुई जना सभापतिका उम्मेदवार देखिएको विषयमा  दाहालले भने, ‘शेरबहादुर क्याम्प भन्ने कुरा आउँदैन । शेरबहादुर देउवा क्याम्पबाट महामन्त्री लड्नुभएका अर्जुननरसिंह केसीजीले पनि सभापतिमा लड्छु भनिरहनु भएको छ । यो क्याम्प वा त्यो क्याम्प भन्ने हुँदैन ।’


पार्टीमा पारिवारिक विरासत भएका सभापतिका आकांक्षीबारे उनले भने, ‘डा. शेखरजी २०६१ पछि सक्रिय रुपमा आउनु भएको हो भने डा. शशांकजी ६३ पछि सक्रिय रुपमा आउनु भएको हो । पारिवारिक पृष्ठभूमि उहाँको पनि बलियो छ । यस्तै प्रकाशमानजीको कुरा छ । उहाँ पनि ०३६ सालपछि निरन्तर हुनुहुन्छ । उहाँको पनि पृष्ठभूमि बलियो छ । यता उहाँकै जस्तो पृष्ठभूमि विमलेन्द्रजी कै पनि छ ।’

उनले थपे, ‘तर यहाँनिर निरन्तरताको प्रश्न छ । विमलजीले काँग्रेसमा काम गरेको ५० वर्ष पुगेछ । तर अरुको त्यो पुग्दैन । यो पुस्तामा सबैभन्दा पहिलो भनेको विमलजी नै हुनुभयो । त्यसैले मलाई उहाँको दाबी उचित हो कि जस्तो लाग्छ ।’ उनका अनुसार बाँकी पार्टी कार्याकर्ताको निर्णय हो, कस्लाई उपयुक्त हो–होइन भन्ने ।

नेपाल विद्यार्थी संघमा पनि शेबहादुर देउवापछि बिपी कोइरालाको प्रस्तावमा निधि नै ०३६ सालमा नेविसंघको अध्यक्ष भएका थिए । संस्थापन पक्षमा दुई जना सभापतिका उम्मेदवार देखिएको विषयमा  दाहालले भने, ‘शेरबहादुर क्याम्प भन्ने कुरा आउँदैन । शेरबहादुर देउवा क्याम्पबाट महामन्त्री लड्नुभएका अर्जुननरसिंह केसीजीले पनि सभापतिमा लड्छु भनिरहनु भएको छ । यो क्याम्प वा त्यो क्याम्प भन्ने हुँदैन ।’

संगठनको पकड र मधेस स्वीकार्यता

देउवाले निधिसँग संगठनिक पकड अस्त्र फ्याके पनि त्यो स्वभाविक रुपमा परिस्थितिले निर्माण गर्ने भएको दाहालको बुझाइ छ । ‘काँग्रेसमा व्यक्तिगत रुपमा एकदमै कसको पकड छ ? कसैको पनि देखिँदैन । उहाँले सभापति लड्छु भनेपछि मधेसमा एक खालको वातावरण बनिहाल्छ,’ मधेसमै निधिको स्वीकार्यताको सन्दर्भमा उनले भने, ‘शेरबहादुर देउवाको आफ्नै जिल्ला डडेलधुरामा विरोध छ । रामचन्द्र पौडेलको आफ्नै जिल्लामा हरिविजोग छ । नुवाकोटमा नै डा. रामशरण महत र अजुर्ननरसिंह केसीबीच पनि लडाड छ । यहाँ काठमाडौँमा प्रकाशमान सिंहका लागि पनि कहाँ वातावरण छ र ?’

अहिलेसम्म पार्टी र सरकारको नेतृत्वमा मधेसबाट कोही मान्छे आउन नसकेको अवस्था निधि उपयुक्त र काँग्रेसका लागि आवश्यक भएको उनको बुझाइ छ ।

निधिको उम्मेदवारीको दाबीप्रति पूर्वराष्ट्रपति रामवरण यादव पनि सकारात्मक देखिएका छन् । पहिलेको संविधान अन्तरगत पार्टीको आगामी कार्यदिशा र कार्यभार कसरी निर्धारण भन्नेमा निधि काँग्रेसभित्र प्रष्ट रहेका उनको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप