सञ्जय दत्तका लागि प्रार्थना गर्नुहोस्, अफवाह नफैलाउनुहोस्ः मान्यता दत्त
बलिउड अभिनेता सञ्जय दत्तको स्वास्थ्य स्थिती खराब भएको खबर सार्वजनिक भएपछि अब उनकी श्रीमती मान्यता दत्तले यसबारे बयान जारी गरेकी छिन् ।
मान्यताले बुधबार जारी गरेको आफ्नो बयानमा ती सबैलाई धन्यवाद दिइन् जसले सञ्जय दत्त चाँडै निको हुन् भनेर प्रार्थना गरिरहेका छन् ।
मान्यताले भनिन्, ‘म सञ्जुका प्रशंसकलाई यो आग्रह गर्न चाहन्छु कि तपाईंहरु कुनै पनि अफवाह र अड्कलबाजीमा नफस्नुहोस् । म चाहन्छु कि तपाईंहरुले सधैं यसैगरी आफ्नो प्रेम, आत्मियता र समर्थन प्रदान गरिरहनुहोस् । पछिल्लो केही वर्षदेखि हाम्रो परिवारले विभिन्न समस्या झेलेको छ र मलाई पूर्ण विश्वास छ कि यो समय पनि बित्नेछ । सञ्जु र हाम्रो परिवार सधैं योद्धाको रुपमा उभिएका छन् । भगवानले एकपटक पुनः हाम्रो अगाडि चुनौती खडा गरेर हामो परीक्षा लिने निर्णय गरेको छ ।’
मान्यताले थपिन्, ‘यतिबेला हामीलाई तपाईंको आशिर्वाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको मद्दतले हामी सधैं झैं बिजेता बनेर आउनेछौं । यो मौकाको प्रयोग सकारात्मकता फैलाउनका लागि गर्नुहोस् ।’
कामबाट ब्रेकः
यसअघि सञ्जय दत्तले मंगलबार इन्स्टाग्राममा सेयर गरिएको आफ्नो पोस्टमा उनी उपचारका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए ।
उनले लेखेका थिए, ‘साथीहरु, म उपचारका लागि कामबाट छोटो ब्रेक लिइरहेको छु । म र मेरो परिवारले सधैं आफ्नो शुभचिन्तकलाई यो भन्न चाहन्छौं कि तपाईंहरु चिन्ता नलिनुहोस् र कुनै आधारहीन अड्कलबाजी नगर्नुहोस् । म चाँडै नै फिर्ता हुनेछु ।’
सञ्जय दत्त र उनको परिवारले उनलाई के समस्या भएको हो भन्ने जानकारी दिएको छैन ।
उनलाई केही दिन अघि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई