भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर
एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार लेखेको छ । शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई त्यसबेला सास फेर्न निकै सकस भएको थियो । उनको त्यसबेला कोरोना परीक्षण समेत गरिएको थियो । २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए । अभिनेता दत्तको परिवार भने ५ महिनादेखि लकाउनका कारण दुबईमा रहेका छन् । सञ्जयको परिवार पनि क्यान्सर पीडित परिवारका रुपमा चिनिन्छ ।
उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो । उनकी आमाको क्यान्सरकै कारण सन् १९८१ म निधन भएको थियो । सञ्जयलाई क्यान्सर भएलगत्तै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट दर्शक र सर्वसाधारणले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । श्रोतः दैनिक भाष्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा भट्टराई
-
कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र