कोरोना कहर: मास्क नलगाउनेमाथि प्रशासन निर्मम, ब्यारेकमा सतर्कता

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले कोरोना संक्रमणको जोखिमबाट बच्न नयाँ सुरक्षा रणनीति लागू गर्ने निर्णय गरेका छन् । आइतबारदेखि जिल्ला प्रशासन कार्यालयहरुबाट दिइने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ ।
कोरोना जोखिमबाट बच्न मास्क प्रयोग नगर्नेमाथि सुरक्षाकर्मी निर्मम बन्ने भएको छ । ‘मास्क प्रयोगबारे जनचेतना पनि जगाउँछौं,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘मास्क नलाउनेलाई १ सय रुपैँया जरिवाना गराउन अझै निर्मम हुने निर्णय गरिएको छ ।’
जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा भदौ ८ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट अब शान्ति सुरक्षा, सवारी पास र विपद् व्यवस्थापन सम्बन्धि सेवा मात्रै दिइनेछ । नयाँ सुरक्षा रणनीति अन्तर्गत स्थानीय प्रशासनले सपिङ मल, डिपार्टमेन्टल स्टोर र होटलको अनुगमन गर्ने भएको छ । भीडभाड हुने क्षेत्रमा सुरक्षा सतर्कताबारे संयन्त्र बनाएर अनुगमन गरिने बताइएको छ ।
संक्रमण देखिएका क्षेत्रमा स्थानीय प्रशासनले ‘एरिया सिल’ गर्ने रणनीति बनाएको छ ।
ब्यारेक–कार्यक्षेत्र उच्च सतर्कता
प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यकामा कार्यरत प्रहरीमा एकपछि अर्को संक्रमण बढ्न थालेपछि सुरक्षाकर्मीले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । ब्यारेकदेखि कार्यक्षेत्रसम्म उच्च सुरक्षा सतर्कता अपनाउने व्यवस्था गरिएको महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले बताए ।
‘जब नेचरले गर्दा कत्तिपय अवस्थामा प्रहरी असुरक्षित हुनसक्छन्,’ डीआईजी पोखरेलले भने, ‘त्यस्तो अवस्थामा कसैसँग शंका देखिएमा तुरुन्त आइसोलेट गर्छौं ।’ संक्रमण बढेका कारण उपत्यकाको अपराध नियन्त्रण र शान्ति सुरक्षामा असर नपर्नेगरी सुरक्षाको व्यवस्था मिलाएको बताइएको छ । ‘अहिले नै शान्तिसुरक्षा र अपराध नियन्त्रणमा समस्या पर्दैन, आत्तिहाल्नुपर्ने अवस्था छैन्,’ डीआईजी पोखरेलले भने ।
महानगरीय प्रहरी कार्यालयले संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका सबै सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राख्ने रणनीति लिएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !