काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै
काठमाडौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ ।
कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन् ।
सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भनिन्, ‘बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ ।'
बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ