‘बुवा निर्दोष छन्’ भन्दै सर्वोच्चमा रञ्जन कोइरालाका दुई छोराले दिए निवेदन

काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष ६ महिना जेल बसेर हालै रिहा भएका सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइराला ‘निर्दोष’ रहेको दावीसहित उनका दुई छोराले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । रञ्जनका छोराहरु २३ वर्षका आयुष र १९ वर्षका आर्यनले बिहीबार आफ्ना बाबु निर्दोष रहेको जिकिरसहित प्रधानन्यायाधीशलाई सम्बोधन गरी निवेदन दिएका हुन् ।
जिल्ला अदालतले पत्नी हत्याको अभियोगमा दोषी करार गर्दै रञ्जनलाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । पुनरावेदन अदालतलेसमेत जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो भने सर्वोच्चले पनि उनलाई दोषी करार गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाई जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याएर ८ बर्ष ६ महिनामात्रै सजाय कायम गरेको थियो । सोहीअनुसार ८ वर्ष ६ महिना जेल सजाय पूरा गरी उनी साउन ८ मा रिहा भएका थिए ।
सर्वोच्चले रञ्जनको कैद कटौती गरेकोमा चित्त नबुझेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सो फैसला पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दर्ता गरेको छ । सोही अनुसार कैद कटौतीको फैसलाउपर पुनरावलोकन गर्ने आदेश भएको छ ।
सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पुर्ण इजलाशले सो मुद्दा पुनरावलोकन गर्न आदेश दिएको हो ।
रञ्जनका छोराहरुले प्रहरी अनुसन्धान त्रुटिपूर्ण रहेको र मावली पक्षबाट आफूहरु प्रताडित हुनुपरेको भन्दै आफ्ना बाबु निर्दोष रहेको दावी गरेका छन् ।
मावलीतिरका हजुरबुवा हरेराम ढकालले ०६८ माघ ८मा टिचिङ अस्पतालमा लास सनाखत गरेको र ०६८ पुस २७ मा पालुङमा जलाएको हाडखोरबारे प्रहरीले भ्रमपूर्ण अनुसन्धान गरेको उनीहरुले निवेदनमा उल्लेख गरेका छन् ।
आयुष र आर्यनले बुढानिलकण्ठको घर हजुरबुवा ढकालले नै कब्जा गरेको दावीसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु
-
हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो
-
‘कुस्ती’को छायाङ्कन सुरु