अपडेट : कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
काठमाडौ । बुधबार कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । उनीहरुको काठमाडाैं र मोरङमा मृत्यु भएको हो । काठमाडौँमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । ती महिला साउन १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएकी थिइन् ।
त्यस्तै बुधबार नै मोरङमा २ जना पुरुषको मृत्यु भएकामा उनीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा उपचार उपचारका क्रममा ज्यान गुमाएका उनीहरु दुवैको रिपोर्टमा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा विराटनगर ९ का ४५ वर्षका पुरुष र रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षकै पुरुष रहेका छन् ।
आजै स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पर्साका २ जनाको पनि मृत्यु भएको जानकारी दिएको थियो । एक जनाको बुधबार बिहान र अर्काको सोमबार राति मृत्यु भएको थियो । थप ३ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिन बाँकी रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’