पर्सामा कोरोनाका कारण १८ वर्षीया युवतीको मृत्यु
बुधबार, २१ साउन २०७७, ०८ : ५९
वीरगन्ज । पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ घर भइ हाल वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । सोमबार राति मृत्यु भएकी युवतीमा मंगलबार अबेर राति कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार ज्वरो र पखाला लागेपछि ती युवतीलाई एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।
सोमबार राति स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको र मंगलबार राति प्रयोगशालाले दिएको रिपोर्टमा मृत्यु भएकी युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण