कोरोनाभाइरसको संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु
बुधबार, २१ साउन २०७७, ११ : ४५

कोरोनाभाइरसको संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।
वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका डाक्टर सिंहले पुष्टि गरे ।
साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए ।
यो पनि