सुशान्तका बुवाको आरोपः छोरामा कुनै दिमागी समस्या थिएन, रियालाई भेटेपछि अचानक के भयो ? गहना–क्रेडिट कार्ड लिइन्, १५ करोड निकालियो

सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलाले मंगलबार नयाँ मोड लिएको छ । सुशान्तका पिता के.के सिंहले पटनामा एफआईआर दर्ता गराएका छन् । उक्त एफआइआर रिया चक्रवर्ती, उनकी आमा, पिता, भाइ र दुई म्यानेजरविरुद्ध दर्ता गरिएको छ । सुशान्तका पिताले रियालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएकी छिन् । के.के सिंहले सन् २०१९ सम्म छोरालाई कुनै दिमागी समस्या नभएको र रियाको सम्पर्कमा आएपछि अचानक के भयो भनेर प्रश्न सोधेका छन् । उनका अनुसार जो डाक्टरले सुशान्तको उपचार गरेका थिए, यस्तो लाग्छ, उनी पनि रियाको षड्यन्त्रमा समावेश थिए । यो कुराको पनि अनुसन्धान हुनुपर्ने के.के सिंहले माग राखेका छन् ।
सुशान्तका पिताका सात आरोपः
१. सन् २०१९ अघि मेरो छोरा सुशान्त सिंहलाई कुनै पनि मानसिक समस्या नभएको अवस्थामा रियाको सम्पर्कमा आएपछि अचानक त्यस्तो के भयो ? सुशान्तलाई मानसिक रुपमा ककिन तनावमा पारियो ? यसबो अनुसन्धान गरिनुपर्छ ।
२. उनको मानसिक उपचार चलिरहेको थियो भने हामीसँग कुनै लिखित वा मौखिक अनुमति किन लिइएन ? जब कोही मानसिक रुपमा बिरामी हुन्छ तब उनको सबै अधिकारी उनको परिवारसँग हुन्छ । यसको अनुसन्धान गरियोस् ।
३. जो डाक्टरले रियाले भनेपछि मेरो छोरा सुशान्त सिंहको उपचार गरेका छन्, मलाई लाग्छ, ती डाक्टर पनि रियासँग यो सबै षड्यन्त्रमा समावेश थिए । उनीहरुले के–के उपचार गरेका थिए, के–कस्ता औषधी मेरो छोरालाई दिएका थिए भनेर अनुसन्धान हुनुपर्छ ।
४. जब रियालाई मेरो छोराको मानसिक स्थिती नाजुक भइरहेको छ भन्ने थाहा भयो तब यस्तो हालतमा उनको राम्रो तरिकाले उपचार नगर्नु वा उनको उपचारको सबै कागजपत्र आफूसँग लैजानु र मेरो छोरालाई त्यो नाजुक स्थितीमा एक्लै छोड्नु र उनलाई हरेक तरिकाले सम्पर्क तोड्नु । यी कारणले नै मेरो छोराले आत्महत्या गरेका हुन् ।
५. सुशान्त सिंह फिल्म लाइन छोडेर केरलमा अर्गानिक खेती गर्न चाहन्थे । जब उनका साथी महेश उनीसँग केरल जानका लागि तयार थिए तब रियाले यसको विरोध गरेकी थिएन् । रियाले उनले भनेको नमाने आफूले मिडियामा सबै मेडिकल रिपोर्ट दिने र उनी पागल भइसकेको भनेर घोषणा गरिदिने धम्की पनि दिएकी थिइन् । जब रियालाई सुशान्तले उनको कुनै पनि कुरा नमानेको र उनको ब्यालेन्स पनि कम भइरहेको थाहा भयो तब रियाले सुशान्त उनको लागि अब काम नलाग्ने सोचिन् । त्यसपछि सुशान्तको घरमा बसिरहेकी रिया ल्यापटप, पैसा, गहना, क्रेडिट कार्ड, उपचारका कागजपत्र, पिन नम्बर, पासवर्ड, सबैकुरा लिएर गइन् । यसको अनुसन्धान गरियोस् ।
६. पहिला सुशान्तको अभिनय जगतमा जताततै वाहवाही थियो, रिया आएपछि सुशान्त सिंहले फिल्म पाउन किन एक्कासी कम भयो ? यसको अनुसन्धान गरियोस् ।
७. मेरो छोराको एक बैंक स्टेटमेन्टबाट थाहा हुन्छ कि उनको बैंक खातामा १७ करोड भारु थियो । पछिल्लो १ वर्षमा १५ करोड निकालियो । जुन स्थानमा ती पैसा पठाइएको छ, त्यसमा मेरो छोराको कुनै लेनदेन छैन । मेरो छोराको सबै खातामाथि अनुसन्धान होस् । यी बैंक खाता र क्रेडिट कार्डमार्फत् रियाले आफ्ना परिवार र सहयोगीसँग मिलेर धोकापूर्ण तरिकाले निकालेकी छिन्, त्यसको अनुसन्धान होस् ।
सुशान्तको तीन कम्पनीमध्ये दुईवटामा रिया डायरेक्टर थिइन्ः
सुशान्त आत्महत्या प्रकरणमा मुम्बई पुलिसले रिया चक्रवर्तीसँग दुईपटक सोधपुछ गरेको छ । एकपटक उनीसँग करिब ११ घण्टा सोधपुछ भएको थियो । हालै भएको सोधपुछमा रियाले आर्थिक लेनदेनको जानकारी दिएकी थिइनन् । रियाले पनि यो मामिलामा सिबिआईले अनुसन्धान गर्नुपर्ने भनेर माग गरिसकेकी छिन् । उनले केन्द्रीय मन्त्री अमित शाहसँग यस्तो अपिल गरेकी थिइन् ।
सुशान्तका तीनमध्ये दुई कम्पनीमा रिया डायरेक्टर थिइन् । एक कम्पनीमा रियाका भाइ शोविक चक्रवर्ती एडिशनल डायरेक्टर थिए । तीनै कम्पनीले सुशान्तले आफ्नो कमाईको ठूलो हिस्सा लगानी गरेका थिए । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा
-
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
-
को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?
-
कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च