सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणले लियो नयाँ मोड

एजेन्सी । भारतीय चलचित्र अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ । सुशान्तसिंहका पिता के के सिंहले पटनाको राजिव नगरस्थित प्रहरी कार्यालयमा सुशान्तकी प्रेमिका रियाविरुद्ध आत्महत्या गर्न उक्साएको भन्दै आरोपपत्र दर्ज गरेपछि सो प्रकरणले नयाँ मोड लिएको हो । मुम्बई पूलिसको अनुसन्धानबाट असन्तुष्ट केकेले सुशान्तकी कथित प्रेमिका रिया चक्रवती र अन्य २ जनालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका छन् । प्रहरीले रियाको रिुद्धमा आइपीसीको धारा ३४१, ३४२, ३८०, ४०६, ४२०, ३०६, ५०६ र १२० अन्तर्गत एफआइआर (नम्बर २४१/२०) दर्ता गरेको छ ।
पटना सेन्ट्रल रेन्जका आइजी सञ्जय सिंहका अनुसार सुशान्तका बुबाको गुनासो ३ व्यक्तिले आत्महत्या गर्न उक्साएको भन्ने छ । सञ्जयका अनुसार चोरीसहित विभिन्न धारा अन्तर्गत राजिव नगर पुलिस स्टेश्नमा एफआइआर दर्ता भएको छ, आरोप जे भएपनि सबै विषयको अनुसन्धानका लागि टोलीलाई मुम्बई पठाइएको छ ।
उता, एसएसपी उपेन्द्रकुमार शर्माले आइतबार एफआईआर दर्ता भएको जानकारी दिए । राजिव नगर पुलिस स्टेशनका निशान्तले उक्त केशको अनुसन्धान गरिरहेका छन् । एफआईआर दर्ता गरेपछि निशान्तसहित ४ सदस्यीय टोलीलाई मुम्बई पठाइएको छ । उक्त टोली अहिले त्यहाँ पुगिसकेको र प्रहरीको सम्पर्कमा रहेको छ ।
मंगलबार मुम्बई पुगेलगत्तै पटना पुलिसले त्यहाँका एक बरिष्ठ अधिकारीसँग सम्पर्क गरेको छ । लामो कुराकानीपछि सुशान्तको डायरीको प्रतिलिपी प्रदान गर्न आग्रह गरिएको छ । प्रहरीका अनुसार रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाइएको छ । रियाले सुशान्तलाई आफ्नो परिवारबाट टाढा राखेको र सुशान्तको बैंक खाता पनि उनैले व्यवस्थापन गरी आर्थिक हिनामिना गरेको आरोप समेत लगाइएको छ ।
अहिले सुशान्तको बैंक खाता र व्यापारसम्बन्धी कुराको पनि खोजी गर्ने काम सुरु गरिएको छ । अनुसन्धानका लागि मुम्बई गएको टोलीको नेतृत्व राजिव नगर पुलिस स्टेशनका अधिकारी निशान्त सिंहले गरेका छन् भने उनीसँग इन्स्पेक्टर कैसर आलम, मनोरञ्जन भारती र अर्का एक इन्स्पेक्टर रहेका छन् । –दैनिक जागरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोर खोज्दै आएको भारतीय प्रहरीको टोली नागार्जुनबाट पक्राउ
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने