काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेता पार्टीबाट निष्कासित
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ ।
शनिबार बसेको अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५ ५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । यद्यपि भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो ।
तर आफूले चुनावमा बेहोरेको हारको बदला लिन पौडेलले जोशीको कारबाहीमा जोड गरिरहेका थिए । यसअघि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका, बागीका प्रस्तावक तथा समर्थक बनेकाहरु गरी २ सय ९८ जनालाई पाँच वर्षका लागि बर्खास्त गरिसकेको थियो ।

त्यस्तै ओझाले काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो । राणाविरुद्ध भित्रिरुपमा ‘टुरिस्ट भगाउ अभियान’ सञ्चालन गरेको ओझामाथि आरोप थियो ।
यस्तै कार्यालय सचिव विष्ट र महिला संघका नेतृबीच झडप भएको विषयलाई लिएर कारबाही गरिएको छ । गत असार तेस्रो साता कार्यालय सचिव विष्टको कुटपिटबाट महिला संघकी केही नेतृहरु घाइते पनि भएका थिए ।
यस्तै यसअघि महेन्द्र मल्ल (ठकुरी)लाई पनि कारबाहीको गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
