बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा
बिहीबार (साउन ८) देखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरुले तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए प्रदेशस्तरमा भनेपनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।
सरकाले गत असार २६ मै उपत्यकामा र जिल्लाभित्र यातायातका साधन जोरविजोरका आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीले विभिन्न माग राख्दै गागी चलाउन अटेर गरेका थिए । अहिले यातायात व्यवसायीको माग केही हदसम्म सम्बोधन भएपनि उनीहरु गाडी चलाउन तयार भएका हुन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

