सोउलका मेयर मृत भेटिए
शुक्रबार, २६ असार २०७७, ०८ : ००
दक्षिण कोरियाको राजधानी सोउलका मेयर मृत भेटिएका छन् । उनीमाथि उनकी पूर्व सेक्रेटरीले यौनहिंसाको आरोप लगाएकी थिइन् ।
सियोलका प्रहरीले शुक्रबार बिहानै उनको शव भेटिएको पुष्टि गरेका छन् । पार्क–वोन–सुनको शव उत्तरी सोउलको पहाडमा भेटिएको हो । उनकी छोरीले उनी सम्पर्कविहिन भएको जानकारी दिएकी थिइन् ।
मेयरको मृत्यु र यौनहिंसामा उनको संलग्नताले धेरैलाई चकित बनाएको छ । पार्कलाई थुप्रैले राजनीतिमा ताराको रुपमा हेर्ने गर्थे भने उनले थुप्रै वर्षदेखि महिला अधिकारको वकालत गरेका थिए ।
६४ वर्षे पार्कले बिहिबार आफू बिरामी भएको बताएका थिए । एकदिन अघि मात्रै उनकी सेक्रेटरीले उनीविरुद्ध यौनहिंसाको मुद्दा दर्ता गरेकी थिइन् ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा