दक्षिण कोरियाः यौन हिंसाको आरोप लागेका मेयर सम्पर्कविहिन, खोजी कार्य जारी
दक्षिण कोरियाको राजधानी सोउलका मेयर पार्क वोन–सुन सम्पर्कविहिन भएका छन् । बिहिबार उनी हराइरहेको रिपोर्ट दर्ता भएपछि स्थानीय समयानुसार बेलुका साढे १० बजे उनको खोजी कार्य सुरु गरिएको छ ।
प्रहरीका अनुसार पार्ककी छोरीले बेलुकी करिब सवा पाँच बजे उनी हराएको जानकारी दिएकी हुन् । उनकी छोरीका अनुसार पार्कले ‘म जाँदैछु’ भन्ने सन्देश छोडेका थिए । उनको मोबाइल डिएक्टिभेट गरिएको छ ।
पार्कको फोनको सिग्नल अन्तिम पटक उत्तर पूर्वी सोउलमा रहेको गिल्साङ्ग मन्दिरमा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनको खोजीमा अधिकारी, ड्रोन र तालिम प्राप्त कुकुर तैनाथ गरेका छन् ।
सोउलको महानगरीय सरकारले आपतकालीन बैठकको आयोजना गरेपनि मेयर हराएको बारे कुनै आधिकारिक जानकारी दिएन ।
स्थानीय सरकारका अनुसार पार्कले आफू अस्वस्थ भएको जानकारी दिएका थिए र उनी कार्यालयमा अनुपस्थित थिए । बिहान करिब पौने ११ बजे उनले आफ्ना सबै कार्यक्रम रद्दसमेत गरेका थिए ।
मेयरले आफ्नो कार्यालयमा बेलुका करिब पौने पाँच बजे क्षेत्रीय विकासका लागि सोउल सरकारको भूमिकाबारे बैठकको आयोजना गर्नुपर्ने थियो ।
प्रहरीका अनुसार पार्कले कालो लुगा, कालो ह्याट र कालो ब्याग बोकेर घर छोडेका थिए ।
रिपोर्टमा बताइए अनुसार सोउल महानगरीय प्रहरी एजेन्सीमा उनीविरुद्ध एकदिन अघि मात्रै यौनहिंसाको मुद्दा दर्ता भएको थियो ।
पार्ककी पूर्व सेक्रेटरीले उनीविरुद्ध यौनहिंसाको मुद्दा दर्ता गरेकी हुन् । उनका अनुसार आफूले सन् २०१७ मा कामको थालनी गरेदेखि नै पार्कले उनीमाथि लगातार यौनहिंसा गरेका थिए ।
प्रहरीलाई दिएको बयानमा पार्कले उनलाई थुप्रै पटक मेसेन्जरमा आफ्ना नीजि फोटो पठाएको र उनका अरुपनि पीडित भएको दाबी गरेकी छिन् ।
यही घटनाका कारण उनी हराएको हो होइन भनेर यकिनका साथ भन्न सकिएको छैन ।
पूर्व मानवाधिकार वकिल र नागरिक कार्यकर्ता पार्क सन् २०११ मा सोउलका मेयरमा निर्वाचित भएका थिए । उनको तेस्रो कार्यकाल २०१८ जुलाईदेखि सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण