शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारत–चीन झडप : मोदीको बयानमा विवादपछि पीएमओको सफाइ

शनिबार, ०६ असार २०७७, १८ : ४२
शनिबार, ०६ असार २०७७

नयाँ दिल्ली । चीनको मुद्दामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बयानमाथि विवाद भए पछि प्रधानमन्त्री कार्यालय (पीएमओ) ले शनिबार सफाइ जारी गरेको छ । पीएमओका अनुसार मोदीको बयानलाई गलत तरिकाले प्रस्तुत गरेर अनावश्यक विवाद खडा गर्न खोजिएको हो ।

शुक्रबार भएको सर्वदलीय बैठकमा मोदीले लद्दाखमा आफ्नो देशको सीमामा कोही पनि नघुसेको र कोही पनि आफ्नो पोष्ट कब्जा नगरेको बयान दिएका थिए ।


मोदीको बायनमाथि प्रश्न गर्दै काँग्रेस नेता पी चिदम्बरमले लेखेका थिए, ‘यदी प्रधानमन्त्रीको कुरा साँचो हो र भारतीय सीमामा चीनका कोही पनि सैनिक थिएन भने झडप किन भयो ? २० जवान किन शहिद बने ? दुई देशबीच वार्ता किन भइरहेको छ ?

उता, राहुल गान्धीले पनि प्रश्न उठाउँदै प्रधानमन्त्रीले चीनको आक्रमणअघि आत्मसमर्पण गरेको बताए ।

यसबारे विवाद बढेपछि प्रधानमन्त्रीको कार्यालयले सफाइ दिँदै प्रधानमन्त्रीले १५ जुनमा भएको झडपको सन्दर्भमा सो कुरा बताएको दाबी गरेको छ । प्रधानमन्त्रीले देशका सैनिकको बहादुरीका कारण सो दिन चिनियाँ सैनिक हाम्रो सीमामा पस्न नसकेको अर्थमा सो कुरा भनेको पीएमओको स्पष्टिकरण छ । ‘हाम्रा सेनाले शहिद बनेर चिनियाँ सैनिकको घुसपैठलाई असफल पारेका हुन्,’ पीएमओले जनाएको छ ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप