संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्वीप, सरिता गिरीले मानिनन्
समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।
बैठकपछि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सर्वसम्मतीबाट संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताए । आफ्नो पार्टी राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा सधै रहेको उनले बताए ।
बैठकले सांसद सरिता गिरीले संसदमा पेश गरेको संशोधन फिर्ता लिन पनि निर्देशन दिएको छ । तर उनले सो निर्देशन अस्वीकार गरेकी छन् । तर संसदले उनको संशोधन सूचना अस्वीकृत गरिसकेको छ।
सांसद गिरीले आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिएको खण्डमा के गर्ने भन्ने निर्णय पार्टीले गरेको छैन । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा राख्न संविधान संशोधन प्रकृया अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
