बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्वीप, सरिता गिरीले मानिनन्

शनिबार, ३१ जेठ २०७७, १४ : ००
शनिबार, ३१ जेठ २०७७

समाजवादी पार्टी नेपालले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । 

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुलाई संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । 

बैठकपछि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले सर्वसम्मतीबाट संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताए । आफ्नो पार्टी राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा सधै रहेको उनले बताए । 

बैठकले सांसद सरिता गिरीले संसदमा पेश गरेको संशोधन फिर्ता लिन पनि निर्देशन दिएको छ । तर उनले सो निर्देशन अस्वीकार गरेकी छन् । तर संसदले उनको संशोधन सूचना अस्वीकृत गरिसकेको छ। 

सांसद गिरीले आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिएको खण्डमा के गर्ने भन्ने निर्णय पार्टीले गरेको छैन । सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा राख्न संविधान संशोधन प्रकृया अगाडि बढाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप