सरिता गिरीले पेश गरेको संशोधन सूचना अस्वीकृत
शनिबार, ३१ जेठ २०७७, १३ : ५२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीद्वारा दर्ता गरिएको संविधान संशोधन विधेयकमाथिको संशोधनको सूचना अस्वीकृत भएको जनाएका छन् ।
प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै दफावार छलफल सुरु गरिएको छ ।
दफावार छलफल सुरु हुनासाथ सांसद गिरी आफ्नो स्थानबाट उठेर सभाको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले सांसद गिरीद्वारा पेश भएको संशोधन सूचना अस्वीकृत भएको जानकारी दिएका हुन् ।
‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ११२ मा उल्लेख भएका संशोधनसम्बन्धी शर्त पुरा नभएकोले तपाईको संशोधन सूचनालाई अस्वीकृत गरिएको छ,’ सभामुख सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको बढ्यै फलामे छडको मूल्य, पाँचौँ पटक भाउ बढाउने तयारी
-
‘संसार सारा’मा सुष्मा र दिनेशको अभिनय
-
मुआब्जा माग गर्दै बर्दिबासमा स्थानीयको रेल विभागमा धर्ना, विभाग भन्छ– यहाँ धर्ना दिएर समस्या समाधान हुँदैन
-
कुकर पड्किँदा उछिट्टिएको आलु लागेर एक जना घाइते
-
चना पकाउँदा सिठ्ठी लागेन, हल्लाउँदा कुकर पड्किएर घाइते
-
युजवेन्द्र चहलले धनश्री वर्मालाई दिनुपर्ने भयो ४ करोड भारु गुजारा भत्ता