बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न काँग्रेसले ह्वीप लगायो

शनिबार, ३१ जेठ २०७७, १३ : ३१
शनिबार, ३१ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार सम्पन्न संसदीय दलको बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । 
काँग्रेसले काँग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित भइ विधेयकको पक्षमा अनिवार्य मतदानका लागि ह्वीप जारी गरेको छ । 

काँग्रेसको निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची–३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि नेपाल सरकारले प्रस्तुत गरेको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि ०७७ जेठ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा मतदान हुने हुँदा उक्त बैठकमा नेपाली काँग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित भइ उक्त विधेयकको पक्षमा अनिवार्य मतदान गर्न संसदीय दलको बैठकले निर्देशन गरेको छ ।’ 

नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

काँग्रेससहित नेपालका सवै राजनीतिक दलहरुले नेपाली भूभाग समेटिएको नक्सा कार्यान्वयनमा ल्याउन गरिएको संशोधन प्रस्तावलाई  समर्थन जनाएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप