‘सरकारले विदेशमा रहेका श्रमिकको उद्धार गर्न लागेको कि व्यापार ?’

मलेसिया । कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली नागरिकको उद्दारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको २–२ वटा चार्टर उडान तालिका तय गरिएको छ । क्वाललम्पुरस्थित नेपाली दूतावासका अनुसार आगामी जुन १५, १८, २० र २१ तारिखका लागि उडान तालिका तय भएको हो ।
दूतावासले नेपाल फर्किन चाहनेहरुले भरेको फारमअनुसार प्राथमिकताका आधारमा नेपाल फर्किन पाउनेको सूची सार्वजनिक गर्ने जनाएको छ । दूतावासले सूची सार्वजनिक गरेपछि एयरलाइन्स कम्पनीहरुलाई सम्पर्क गरी टिकट खरिद गर्नुपर्नेछ ।
मलेसियादेखि नेपालसम्मको चार्टर उडानको टिकट दर अमेरिकी डलर ५२० अर्थात ६२ हजार ५०० रुपैयाँ बराबर तय गरिएको छ । यस्तै हवाइ यात्राका लागि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरिएको छ भने नेपालमा हुने होटल क्वारेन्टिनको खर्च पनि आफै बेहोर्नुपर्नेछ । यस्तै यातायात खर्च पनि यात्रु स्वयम्ले बेहोर्नुपर्नेछ ।
समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनिएपनि पीडितले चर्को शुल्क तिर्नुपर्ने देखिएको छ ।
नेपाल सरकारको कुटनैतिक पहलमा नेपाल फर्कनको लागि नेपालीले टिकट बापत ६२ हजार ५०० रुपैयाँ, कोरोना टेस्ट बापत १० हजार र नेपाल सरकारले क्वारेन्टाइनको लागि तोकेको साधारण होटलका लागि पनि ४५ हजार (करिब ३ हजारका दरले १५ दिनको) जति खर्च गर्नुपर्ने देखिएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईले मलेसियामा समस्यामा परेका नेपालीलाई यो व्यवस्थाले थप समस्या भएको बताए ।
सरकारले अलपत्र श्रमिकहरुलाई उद्धार गरेको हो या व्यापार गरेको हो भन्नेखालका चौतर्फी गुनासो आएको भन्दै यो व्यवस्थाले रोजगार गुमाएका श्रमिकहरु, बिमारीहरु कसरी नेपाल फर्किनु सक्छन् भन्ने सवाल खडा हुने बताए । यस्तै समस्या अन्य देशमा कार्यरत श्रमिकहरुकाे सवालमा समेत लागू हुने देखिएकाे छ ।
उनले भने, उनले भने, ‘सरकारको योजना अनुसार एक श्रमिक बराबर कम्तीमा पनि १ लाख १७ हजार खर्च गर्नसक्ने मात्रै नेपाल फर्कन सक्ने देखियो । यसमा एनआरएनए मलेसियाको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारी निर्णयले नेपाल सरकारले मलेसियामा रहेका नेपालीलाई उद्दार गरेको हो वा व्यापार गरेको भन्ने प्रश्न खडा भएको छ ।’
उनले एनआरएनए मलेसियाले अलपत्र श्रमिकलाई खना खुवाउने तथा आवश्यक सहयोग गर्ने कार्यलाई निरन्तरता दिइरहेको पनि बताए ।
दूतावासकाे सूचना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षकका यी माग पूरा गर्न सकिन्छ, यी सकिँदैन भनेर प्रस्ट पार्न सक्नुपर्छ
-
अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ले जित्यो प्रथम पुरस्कार
-
‘आन्दोलन गरेर जे मागे पनि पूरा हुन्छ भन्ने मनसाय विकास भयो’
-
कस्तो छ यो साताको राशिफल ?
-
५२ वर्षपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक
-
आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति