शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युएईबाट नेपाली ल्याउँदा यसरी भयो गोलमाल, वास्तविक पीडित आक्रोशित

शनिबार, २४ जेठ २०७७, १५ : ५१
शनिबार, २४ जेठ २०७७

युएई ।एक जना गर्भवती महिला सीता भुजेल (नाम परिवर्तन) लाई एयर अरेबियाका लागि टिकट बेच्ने एजेन्टको फोन आयो । शुक्रबार स्थानीय समयअनुसार बिहान ६:३० बजे उडान रहेको भन्दै तुरुन्तै अनलाइन टिकट लिन एजेन्टले भने । अनलाइन पेमेन्ट वा अल अन्सारी एक्सचेन्जमा गएर पैसा जम्मा गर्न भनियो।तर ती गर्भवती महिलालाई दूतावासले कुनै जानकारी गराएको थिएन। उनीसँग टिकट लिने पैसा थिएन ।हिजोको फ्लाइट छुट्यो।

तर एयर अरबियाको जि नाइन १७५१ नम्वरको फ्लाईटबाट शुक्रबार युएईको ट्रान्सगार्ड सेक्युरेटीका र इजादा कम्पनीबाट क्रमश: ७९ र ६७ जना नेपाल गए। जुन नेपाली दूतावासकाे प्राथमिकतामा थिएनन् । 

जहाजमा एक शिशुसहित १२ जनाले आफ्नै खर्चमा टिकट लिएका र १० जना सामान्य मुद्धामा जेल बसेका नेपालीहरू थिए ।जो अदालतले कोभिडको कारण माफी दिएर बसेका हुन्। 

तोकिएभन्दा ४३ मिनेट ढिलो गरी स्थानीय समय १२:०३ बजे एयर अरेबिया विमान नेपालतर्फ उडेको थियो ।जहाँ यात्रुहरुको कोरोना चेक जाँच समेत भएन। 

यता दूतावासको प्राथमिकतामा परेका नेपालीहरुले स्वदेश  फर्कन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। गर्भवती महिला, वृद्धा, भिजिट भिसामा आएर अलपत्र परेका,दीर्घ रोगी, नेपालमा आफन्त गुमाएका, जागिर गुमाएका नागरिकहरुलाई प्राथमिकताको आधारमा पहिलो चरणमा स्वदेश फिर्ता गर्ने भनी दूतावासले युएईको समन्धित निकायमा पत्र पठाएपनि बेवास्ता गरेको दूतावासको गुनासाे छ।

दूतावास श्रोतले भन्यो, प्राथमिकताको आधारमा हामीले पठाएको नाम सूची अनुसार नै लैजाने भनेर प्रतिवद्धता सहित नोट प्राप्त गरेका थियौं।तर सोही अनुसार काम भएन,जानै पर्ने जान पाएनन्।

शुक्रबार भएको उडानबारे दूतावासलाई कुनै जानकारी थिएन। तर अन्तिम अवस्थामा उडान हुने राजदूत कृष्ण प्रसाद ढकालले जानकारी पाएपनि आधा यात्रुहरुले बोर्डिङ लिई सकेका थिए। ढकालले विमानस्थल पुगेका नेपालीहरु फेरिपनि अलपत्र नपरुन् भनेर तत्काल आरडिटी परिक्षण गर्न पहल गरेको दूतावास श्रोतले बताएको छ।

युएईस्थित नेपाली दूतावासले स्वदेश फर्किने नागरिकको सूची तयार पारेर कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई पठाएको थियो।त्यही सूची युएईको परराष्ट्र मन्त्रालयमार्फत एयर अरेबिया पुगेको थियो। र त्यहीँबाट चलखेल भइ फरक मान्छे नेपाल पठाइएकाे बताइएको छ ।  युएईको परराष्ट्रमार्फत सूची हात पर्नेबित्तिकै एयर अरेबियाको एजेन्टले शुल्कको विषय समेत  उठाएका थिए। तर दूतावासले प्राप्त गरेको नोटमा शुल्क नि:शुल्क भनिएको थियो।

युएई स्थित नेपाली दूतावासले शुल्क माग भइरहेकोबारे युएईको परराष्ट्र मन्त्रालयमा जानकारी गराउँदा अधिकारीहरूले पहिलो उडान व्यावसायिक उडान र त्यसपछि मात्रै नि:शुल्क उडान हुने जवाफ दिएको थियो। सोही अनुरुप एयर अरबियाले २ ठुला कम्पनीका नेपाली कामदार र अन्य १ सय ६८ जना नेपाल लिएर उड्यो।जसमा एक शिशुसहित १ सय ५५ जना पुरुष र १३ महिला थिए ।

जहाजमा ३३ वर्षीय एक नेपालीको शव पनि लगिएको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप