अमेरिकामा प्रदर्शनकारीमाथि चलाइयो ट्याङ्कर
आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ ।
समाचार एजेन्सी रोयटर्सले यसबारे जानकारी दिएको हो ।
प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले बताएको छ । घटना मिनियापोलिस अन्तर्गत राजमार्ग ३५ वेस्टवाउन्डको हो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले ट्याङकर चलाउने ती ड्राइभरलाई पछि प्रदर्शनकारीले निकालेर कुटपिट गरेको जानकारी दिएको छ । पछि उनलाई मिनियापोलिस प्रहरीले नियन्त्रणमा लिएको छ । रोयटर्समा प्रकाशित एउटा फोटोमा उनलाई सर्ट बिना प्रहरी नजिकै अनुहार लुकाएको अवस्थामा देख्न सकिन्छ ।
‘आई–३५ डब्ल्यूमा ट्रक ड्राइभरले शन्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेकामाथि गरेको उक्त हर्कत निन्दनीय छ ,’ मिनियापोलिस डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीले ट्वीटरमा भन्यो । ‘ट्रक चालक घाइते छन् र उनलाई अस्पताल पुर्याइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । ट्रकले कसैलाई पनि चोट भने पुर्याएको छैन ।’
प्रदर्शनकारी प्रहरी हिरासतमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
मिनियापोलिससमेत अमेरिकामा विभिन्न शहरमा केही दिनदेखि फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ । केही स्थानमा प्रदर्शनले हिंसात्मक रुपसमेत लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
-
उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम
-
भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने विषयमा रामहरि र दिलेन्द्रप्रसादको मत बाझियो
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री