बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको २५ शहरमा कर्फ्यूः प्रदर्शनकारीलाई ट्रम्पको चेतावनी, ‘हामीसँग खतरनाक कुकुर र घातक हतियार छन्’

आइतबार, १८ जेठ २०७७, १२ : ५६
आइतबार, १८ जेठ २०७७

अमेरिकाको मिनेसोटा राज्यको मिनेपालिस शहरमा पुलिस हिरासतमा अश्वेत जर्ज फ्लोइडको मृत्युपछि ३० शहरमा प्रदर्शन भइरहेका छन् । थुप्रै शहरमा शनिबार राती पुलिस र प्रदर्शनकारीबीच झडप भयो । लस एन्जिल्स, फिलोडेल्फिया र अटलान्टासमेत १६ राज्यका २५ शहरमा कर्फूर्य लगाइएको छ । ट्रम्पले प्रदर्शनकारीलाई आफूहरुसँग खतरनाक कुकुर र घातक हतियार भएको चेतावनी दिएका छन् ।

प्रहरी अधिकारीका अनुसार हालसम्म अमेरिकामा १४ सय प्रदर्शनकारी पक्राउ परेका छन् । दुई दिनको प्रदर्शनमा मिनेसोटोमा पक्राउ गरिएको प्रदर्शनकारीमध्ये ८० प्रतिशत मिनेपोलिसका हुन् । मिनेसोटामा बिहिबार दिउँसोदेखि शनिबार अपरान्हसम्म प्रदर्शन, चोरी र सम्पत्तिलाई क्षती पुर्याएको आरोपमा ५१ जनालाई हिरासतमा लिइएको थियो । यीमध्ये ४३ जना मिनेपोलिसका थिए । प्रदर्शनको क्रममा फिलाडेल्फियामा १३ प्रहरी अधिकारी घाइते भए । पुलिस कमिश्नर डेनिएल आउटलोका अनुसार प्रदर्शनकारीले प्रहरीको चारवटा गाडी पनि जलाइदिएका छन् । यतिबेला प्रहरीले १४ जनालाई हिरासतमा लिए ।

ट्रम्पले भने, ‘म सबै हेरिरहेको थिएँ’

सयौं प्रदर्शनकारीले शुक्रबार ह्वाइट हाउस बाहिर पनि प्रदर्शन गरेका थिए । शनिबार पनि प्रदर्शनकारी ह्वाइट हाउस बाहिर जम्मा भए । त्यसपछि सुरक्षा अधिकारीसँग उनीहरुको झडप पनि भयो । ट्रम्पले ह्वाइट हाउसको सुरक्षा गर्ने अमेरिकी सिक्रेट सर्भिसका अधिकारीको प्रशंसा गरेका छन् ।

ट्रम्पले भने, ‘म भित्र थिएँ र प्रत्येक घटना हेरिरहेको थिएँ । म अत्यन्तै महसुस गरिरहेको थिएँ । व्यावसायिक तरिकाले संगठित ठूलो भीड तर कोही पनि पर्खाल भत्काउन अगाडि सरेनन् । यदि उनीहरुले पर्खाल भत्काउन आउँथे भने उनीहरुको स्वागत खतरनाक कुकुर घातक हतियारले हुने थियो । ’

बिडेनले भने, ‘हामी पीडामा छौं’

डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदका उम्मेद्वार जो बिडेनले पनि जर्ज फ्लायडको मृत्युमा दुःख जताएका छन् । उनले आफू एक देशको रुपमा पीडामा भएको बताएका छन् ।

२६ मेमा फ्लोयडलाई पक्राउ गरिएको थियोः

मिनेपोलिसमा २६ मेमा फ्लोयडलाई पुलिसले धोका दिएको आरोपमा पक्राउ गरेका थिए । त्यसअघि एक प्रहरी अधिकारीले फ्लोयडलाई सडकमा आफ्नो घुँडाले उनको गर्धनमा करिब ८ मिनेटसम्म अँठ्याएका थिए । फ्लोयडको हातमा हत्कडी थियो । यो भिडियो भाइरल भएको थियो । यसमा ४० वर्षका जर्जले लगातार प्रहरी अधिकारीलाई घुँडा हटाउन गुहार गरिरहे । उनले भनेका थिए, ‘तपाईंको घुँडा मेरो गर्धनमा छ । म सास फेर्न सकिरहेको छैन ...’ बिस्तारै उनको प्रतिक्रिया बन्द हुन्छ । त्यसपछि अधिकारीले भन्छन्, ‘उठ् र कारमा बस्’ । त्यतिबेला पनि उनको केही प्रतिक्रिया देखिँदैन । वरिपरि धेरै मानिसहरु जम्मा भइसेका हुन्छन् । उनलाई अस्पताल पुर्याइन्छ जहाँ उनको मृत्यु हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप