नेपाली महिलामाथि तुच्छ गाली गरिएको अनुष्का शर्माको सिरियलको भारतभित्रै व्यापक विरोध
बलिउड नायिका अनुष्का शर्मा निर्मात्री बनेको वेबसिरिज पाताललोक अमेजन प्राइममा अत्यधिक हेरिएको छ । नेपाली महिलामाथि तुच्छ गालीसमेत समेटिएको यो सिरियलको अब भारतभित्रै पनि व्यापक विरोध सुरु भएको छ ।
भारतीय जनता पार्टीका नेता नन्दकिशोर गुर्जरले यो सिरियलविरुद्ध ऊजुरी गर्दा गरेका छन् । उनले भारतीय टिमका कप्तान विराट कोहलीसँग आफ्नी श्रीमती र पाताललोककी निमात्री अनुष्का शर्मासँगग सम्बन्धविच्छेद गरेर देशका लागि एक उदाहरण पेश गर्न माग गरेका छन् ।
भाजपा नेताले पाताललोक सिरिजमा सनातक धर्म र भारतीय एजेन्सीलाई गलत तरिकाले चित्रण गरेको बताउँदै यसलाई राष्ट्रद्रोह बताएका छन् । तसर्थ यो सिरिजकी निर्मात्रीविरुद्ध ऊजुरी दर्ता गरेका छन् ।
#BanPaatalLok
— Nandkishor Gurjar (@nkgurjar4bjp) May 24, 2020
सनातन विरोधी वेब सीरीज #पाताललोक की प्रोड्यूसर @AnushkaSharma के खिलाफ तहरीर देने के पश्चात आज #पाताललोक #BanPaatalLok
के लिए मा. सूचना एवं प्रसारण मंत्री @PrakashJavdekar जी को पत्र प्रेषित किया
1/3#AntiHinduAnushkaSharma#ShameOnYouAmazonPrimeIndia pic.twitter.com/ZciaGofdis
भारतको एक मिडिया हाउससँग गरिएको कुराकानीमा सांसद नन्दकिशोरले भने, ‘पाताललोककी निर्मात्री अनुष्का शर्माले राष्ट्रद्रोहको काम गरेकी छिन् । विराट कोहली हिन्दुस्तानका लागि खेद्यछन् र उनी देशभक्त हुन् । यस्तोमा उनले आफ्नी श्रीमती अनुष्काशर्मासँग सम्बन्धविच्छेद गरेर मानिसहरुका लागि एउटा उदाहरण पेश गर्नुपर्छ ।’
नन्दकिशोरले अनुष्का शर्माविरुद्ध आफ्नो ऊजुरीमा लेखेका छन्, ‘पाताललोक वेब सिरिजमा बालकृष्ण बाजपेयी नामका अपराधीसँग सम्बन्धित राख्ने नेतासँग एक सडक उद्घाटनमा मेरो र अन्य भाजपा नेताको फोटो देखाइएको छ । यो तस्बिर प्रयोग गर्नका लागि सिरिजकी निर्मात्रीले मेरी अनुमती लिएकी थिइनन् । यतिमात्रै होइन, सिरिजमा गुर्जर जातीको छवि खराब गर्ने कोसिस गएको छ, जुन सरासर गलत हो ।’
भाजपा नेताले पाताललोकविरुद्ध मोर्चा खोलेका छन् । अहिलेसम्म यो मुद्दामा अनुष्का शर्माले केही भनेकी छैनन् । यो विवाद पछि सिरिजबाट भाजपा नेताको फोटो हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
