केन्द्रीय संस्करण
कोरोनाभाइरस

के हुन् कोरोना नियन्त्रणको लागि क्वारेन्टिनका न्युनतम मापदण्ड ?

सीमापारीबाट आएका मानिसहरूलाई पिसिआर नगरी आरडीटी टेष्ट मात्र गरेर पहाडी वा टाढाको जिल्लामा पठाउने सोच घातक हुन सक्छ

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

भन्नका लागि र देखाउनका लागि मात्रै गरिने कर्मकाण्डीय विधि होइन क्वारेन्टिन र आइसोलेसन । किन र कति कारणले जरुरी छ क्वारेन्टिन र आइसोलेसन ? वास्तवमै कस्तो हुनुपर्छ त्यसको व्यवस्था र बन्दोबस्त ? के नेपालका क्वारेन्टिन र आइसोलेसनका व्यवस्थाले ती मापदण्डहरुलाई पूरा गरेका छन् ? के अहिलेका बन्दोबस्तहरुले साँच्चै नै नेपालमा कोरोनाको महाव्याधिलाई छेक्न र रोक्न सक्छ ? कोरोनाको महाव्याधिको सामना गर्नका लागि के के कुराहरु किन र कसरी गर्नु जरुरी छ ? यो गम्भीर विषयलाई सही ढंगले बुझ्नका लागि पढ्नै पर्ने सरल भाषामा लेखिएको प्राडा रेवतीरमण मल्लको लेख

विश्वमा सबैभन्दा पहिले चीनको उहान शहरमा २०७६ साल पुषको दोस्रो हप्तातिर पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएका थिए। नेपालमा भने २०७६ माघमा ९ मा पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएका थिए। विश्व स्वास्थ्य संगठन (WHO) ले २०७६ फागुन २८ गतेको दिन कोरोनालाई विश्वब्यापी महामारी (Pandemic) को रुपमा घोषणा गरेको थियो। नेपालमा २०७६ चैत्र ११ गते पहिलोपल्ट लकडाउनको घोषणा गरी लागू गरिएको थियो। यसप्रकार आजसम्म नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको चार महिना ६ दिन बितिसकेको छ भने देशले लकडाउन घोषणा गरी लागू गरेको दुई महिना ५ दिन भैसकेको छ।

विश्व स्वास्थ्य संस्था (WHO) का डाईरेक्टर जनरलले २०७६ साल माघ १६ गते (३० जनवरी २०१९ ) का दिन कोभिड– १९ को प्रकोपलाई संसारभरका मुलुकहरुको तुरुन्त ध्यान जानुपर्ने जनस्वास्थ्य आपतकाल (पब्लिक हेल्थ इमर्जेन्सी)को रूपमा घोषणा गरेका थिए। यस अवस्थामा हरेक देशलाई क्वारेन्टिन लागू गर्न सक्ने अधिकार हुनु स्वाभाविक हो। तर क्वारेन्टिनलाई रोकथामका थुप्रै उपायहरू मध्ये एक भागको रूपमा मात्र लिइनु पर्दछ। त्यस संगै WHO ले २०७६ चैत्र ६ गते (१९ मार्च २०२०) को दिन कोरोना रोकथामको सन्दर्भमा आफ्ना सदस्य राष्ट्रहरूलाई संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको क्वारेन्टिन लागू गर्दा ध्यान दिनुपर्ने तथ्यहरुमा आधारित निर्देशिका या अन्तरिम मार्गदर्शन (Interim Guidance) जारी गरेको थियो; जसलाई निम्न बमोजिम उल्लेख गरिएको छ :

*क्वारेन्टिन र आसोलेसनमा मुल  फरक के हो?

क्वारेन्टिन भन्नाले कोरोना रोगबाट संक्रमित वा ल्याबटेष्टबाट पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएको व्यक्तिलाई अन्य स्वस्थ व्यक्ति तथा समुदायको सम्पर्कमा गएर रोग फैलाउन नसकोस् भन्ने अभिप्रायले अलग्याएर राख्ने प्रक्रिया हो । यसमा उक्त व्यक्तिमा असुरक्षित सम्पर्क भएको दिनदेखि १४ दिनभित्र कोरोना रोगको लक्षण देखा पर्छ या पर्दैन साथै पोजिटिभ ल्याब रिपोर्ट देखा पर्छ वा पर्दैन भनी एकिन गर्नको लागि अलग्याएर राखिन्छ । त्यस व्यक्तिमाथि निरन्तर निरीक्षण तथा निगरानी राख्नको लागि समेत उक्त अवधिभित्र निजलाई स्वतन्त्र रूपमा हिँड्डुल गर्न रोक लगाएर निजमा विकास हुन सक्ने सम्भावित संक्रमणबाट बाँकी स्वस्थ मानिसहरू वा समुदायमा रोग फैलिनबाट बचाउनको लागि अरु व्यक्ति वा समुदाय भन्दा छुट्टै राख्ने प्रतिकारात्मक स्वास्थ्य सेवाको विधिलाई क्वारेन्टिन भनेर बुझ्नुपर्छ।


क्वारेन्टिन भन्नाले कोरोना रोगबाट संक्रमित वा ल्याबटेष्टबाट पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएको व्यक्तिलाई अन्य स्वस्थ व्यक्ति तथा समुदायको सम्पर्कमा गएर रोग फैलाउन नसकोस् भन्ने अभिप्रायले अलग्याएर राख्ने प्रक्रिया हो ।  आइसोलेसन भन्नाले कोभिड–१९ भाइरसबाट सक्रमित भै बिरामी भइसकेको व्यक्तिबाट अन्य स्वस्थ व्यक्ति वा समुदायमा रोग सर्न वा फैलिन नपाओस् भन्ने उद्देश्यले उक्त व्यक्तिलाई रोगको अवस्थाअनुसार सामान्य भएसम्म छुट्टै ठाउँमा राखी उपचार गर्दै रोगको अवस्था जटिल बने नबनेको निगरानीमा राख्ने व्यवस्था हो भनी बुझ्नुपर्छ।


यसमा शुरुको अवस्थामा नै व्यक्तिमा रोगको पहिचान तथा डायग्नोसिस गरी उपचार समेत समयमै हुन सकोस् भन्ने समेत मर्मको साथ यस भित्र रहने व्यक्तिहरुको प्रत्यक्ष निगरानी र समय समयमा नियमित जाच तथा परिक्षण गर्ने प्रक्रिया समेत गासिनुको साथै रोग नियन्त्रणका लागि सहायक अन्य बिस्तृत बिधिका प्याकेजहरु पनि समेटिएको हुनुपर्छ भन्ने तथ्यलाई बिर्सनु हुँदैन।

क्वारेन्टिनलाई कार्यान्वयन स्तरमा लागू गर्दा यसलाई कोरोना रोग नियन्त्रणका अन्य विस्तृत उपाय तथा औजारहरु मध्य एउटा उपाय वा औजारको रुपमा लिएर अन्तरास्ट्रिय स्वास्थ्य नियमावली २००५ को आर्टिकल ३ अनुसार व्यक्तिको प्रतिष्ठा, मानव अधिकार र मौलिक स्वतन्त्रता को सम्मान गर्दै कार्यान्वयन गरिनु पर्दछ।

तर आइसोलेसन भन्नाले कोभिड–१९ भाइरसबाट सक्रमित भै बिरामी भइसकेको व्यक्तिबाट अन्य स्वस्थ व्यक्ति वा समुदायमा रोग सर्न वा फैलिन नपाओस् भन्ने उद्देश्यले उक्त व्यक्तिलाई रोगको अवस्थाअनुसार सामान्य भएसम्म छुट्टै ठाउँमा राखी उपचार गर्दै रोगको अवस्था जटिल बने नबनेको निगरानीमा राख्ने व्यवस्था हो भनी बुझ्नुपर्छ। आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था जटिल बनेमा निजलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ।

यसबाट के प्रष्ट हुन्छ भने लक्षणहरु र ल्याबटेष्टबाट कोरोना संक्रमण भएको पुष्टि नभएका तर संक्रमितको सम्पर्कमा रहेको इतिहास (History) भएका मानिसलाई  क्वारेन्टिनमा राख्नुपर्छ, भने क्वारेन्टिनमा वा बाहिर नियमित स्कृनिङ्ग र ल्याबटेष्ट बाट कोरोना पुष्टि भएकालाई आइसोलेसनमा वा अस्पतालमा राख्नु पर्दछ।

यस प्रकार संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेसनमा राख्नुपर्छ भन्ने कुरामा कत्ति पनि भ्रम बा गडबडी हुनु हुँदैन भन्ने कुरामा सरोकारवाला र सम्पुर्ण नेपाली नागरिकलाई म विनम्र आग्रह गर्न चाहन्छु।

*क्वारेन्टिनको स्थापना अघि ध्यान दिनुपर्ने कुराहरू:

क) क्वारेन्टिनलाई ब्यबहारमा लागू गर्नु भन्दा अघि त्यहाँ बस्ने मानिसहरूको मन भित्र हुनसक्ने अनावश्यक डर र शंकालाई हटाई विश्वसनियता हासिल गर्नको लागि खुला छलफल तथा अन्तरक्रिया हुनु पर्दछ।

)अधिकार प्राप्त निकायले नागरिकलाई  क्वारेन्टिन प्रक्रियाबारेमा सफा, पारदर्शी, ताजा अपडेटका विश्वसनिय सुचनामा आधारित गाईडलाईन निरन्तर रुपमा जारी गर्दै दिशानिर्देश गर्नु पर्नेछ।

ग) क्वारेन्टिनमा बस्ने मानिसहरूलाई बाँच्नको लागि आवश्यक खाना, पानी, लत्ताकपडा र आबवश्यक औषधि तथा स्वास्थ्य सेवाको साथै उनीहरुलाई आर्थिक, सामाजिक तथा मानसिक रूपमा सुरक्षित रहेको आभास  तथा भरोसा दिनुपर्नेछ। यस कार्यमा कमजोर तथा असहायलाई बढी प्राथमिकता दिनु पर्ने हुन्छ।

घ) क्वारेन्टिनको सफलता तथा प्रभावकारिताको लागि आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षहरुले प्रभाव पार्न सक्दछन। क्वारेन्टिन राख्ने ठाउँको छनौटको लागि स्थानीय अवस्थाबारे छोटो र छिटो त्यहाँका राम्रा तथा कमजोर पक्षहरुबारे मुल्यांकन गर्नु पर्दछ, ताकि समुदायको संस्कृतिअनुरुप स्थानीय समाजलाई स्वीकार्य हुने गरी उपायहरु कार्यान्वयन गर्ने उपर्युक्त योजना बनाउन सकियोस्।

*क्वारेन्टिन कहिले लागू गर्ने?

प्रकोप वा महामारीको शुरूवातसंगै देशमा रोग पस्नबाट तथा निश्चित भूगोलबाट अर्को भुगोलमा रोग फैलिनबाट रोक्ने काममा  क्वारेन्टिन जस्तो रोग नियन्त्रणको औजारले महामारी फैलिने प्रक्रियालाई कम गरी माथितिर वा शिखरमा जाने गति र समयलाई ढिलो गराउन सकिन्छ। तर यसलाई मापदण्ड अनुरुप सही तरिकाले कार्यान्वयन तथा व्यवस्थापन गर्न नसकिएको अवस्थामा भने यो पनि प्रदुषण वा दुषितकरण (Contamination) र रोग फैलिने (Transmission)को थप श्रोतको रूपमा परिणत हुन सक्नेछ।


अहिलेको कोभिड–१९ रोगको प्रकोपको सन्दर्भमा विश्वव्यापी नियन्त्रणको रणनीति भनेको नै शुरुको अवस्थामा नै ल्याबटेष्टबाट पुष्टि भएका कोरोनाका बिरामीहरुलाई छिटोभन्दा छिटो पहिचान गरी तिनीहरु सबैलाई आइसोलेसनमा राख्ने र आवश्यकता अनुसार स्वास्थ्य संस्थामा भर्ना गरी यथोचित स्वास्थ्य सेवाबाट व्यवस्थापन गर्ने भन्ने रहेको छ।


अहिलेको कोभिड–१९ रोगको प्रकोपको सन्दर्भमा विश्वव्यापी नियन्त्रणको रणनीति भनेको नै शुरुको अवस्थामा नै ल्याबटेष्टबाट पुष्टि भएका कोरोनाका बिरामीहरुलाई छिटोभन्दा छिटो पहिचान गरी तिनीहरु सबैलाई आइसोलेसनमा राख्ने र आवश्यकता अनुसार स्वास्थ्य संस्थामा भर्ना गरी यथोचित स्वास्थ्य सेवाबाट व्यवस्थापन गर्ने भन्ने रहेको छ।

त्यस्तै विश्व स्वास्थ्य सस्था (WHO) ले ल्याबटेष्टबाट कोभिड– १९ रोग पुष्टि भएका संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका मानिसहरूलाई सम्पर्कमा आएको दिनदेखि चौध दिनसम्म क्वारेन्टिनमा राख्ने सिफारिस गरेको छ।

*सम्पर्कमा आएको व्यक्ति भन्नाले के बुझ्ने?

१) कोभिड– १९ को बिरामीसंग एक मिटरभन्दा कम दुरीमा कम्तिमा १५ मिनेटसम्म आमने सामने भएको व्यक्ति;

२) PPE नलगाईकन कोभिड– १९को बिरामीको कम्तीमा १५ मिनेटसम्म हेरचाह गरेको व्यक्ति ;

३) कोभिड– १९ को बिरामीसंग बन्द वातावरणमा बसेको व्यक्ति, जस्तो संगै काम गर्ने थलो, कक्षा कोठा, एउटै फ्ल्याटमा बसेको वा कुनै किसिमको समुह वा भिडमा जम्मा भएको व्यक्ति ;

४) कोभिड– १९ को बिरामी संग १ मिटरभन्दा कम दुरीमा बसेर कुनै पनि सवारी साधनको प्रयोग गरी यात्रा गरेको व्यक्ति ;

५) वा स्थलगत निरीक्षणमा देखिएका अन्य प्रकृतिका असुरक्षित अवस्थालाई सम्पर्कमा आएको भनी बुझ्नु पर्दछ।

*क्वारेन्टिन स्थापनाको सिफारिसको लागि आबश्यक भौतिक संरचना:

क्वारेन्टिन सञ्चालन गर्नु भन्दा अघि सरोकारवाला निकाय कम्तिमा निम्न लिखित भौतिक संरचना भए नभएको बारेमा स्पष्ट हुनुपर्ने छ।

१) क्वारेन्टिन स्थापना गर्न लागिएको स्थान र भित्री तथा बाहिरी संरचना सो प्रयोजनको निमित्त उपर्युक्त हुनुको साथै क्वारेन्टिन अवधिभर खाना, पानीको व्यवस्था र व्यक्तिगत तथा संरचनागत सरसफाइ उपर्युक्त ढंगबाट गर्न सम्भव छ भन्ने बिषयमा;

२) न्युनतम संक्रमण रोकथाम तथा नियन्त्रण  Infection Prevention & Control Measures (IPS) का उपायहरू उपर्युक्त ढङ्गबाट लागू गर्न सकिन्छ भन्ने बिषयमा ;

३) क्वारेन्टिनको अवधिभर त्यसमा रहने मानिसहरूको न्युनतम आवश्यकता पूरा गर्नुको साथै उनिहरुको स्वास्थ्यको रेखदेख तथा निगरानी गर्न सकिन्छ भन्ने विषयमा;

उपरोक्त विषयहरुमा सरोकारवाला स्पष्ट र विश्वस्त भएको अवस्थामा मात्र क्वारेन्टिन सञ्चालन गर्नुपर्ने हुन्छ। 

* WHOले सिफारिस गरेको न्युनतम मापदण्डहरु के हुन ?

क्वारेन्टिन लागू गर्नुभन्दा अघि अधिकार प्राप्त निकायले तलका न्युनतम सुविधा पुर्याउन सकिन्छ भन्ने एकिन गरेपछि मात्र क्वारेन्टिन घोषणा गरी लागु गर्नु पर्दछ:

१) जिउनको लागि आवश्यक न्युनतम आधारभुत आवश्यक खाने कुरा, पिउने पानी लगायत, व्यक्तिगत स्वास्थ्य र सरसफाइको लागि आवश्यक पटकपटक हात धुने र सुरक्षित बाथरुमसहितको सिंगल रुम उपलब्ध गर्न सकिने निश्चित भएमा; सिंगल रुम उपलब्ध हुन नसकेमा दुई बेड बीचको दुरी कम्तीमा १ मिटर राख्नु पर्नेछ ;

२) वातावरणीय संक्रमण नियन्त्रणको लागि अत्यावश्यक प्रशस्त भेन्टिलेसन, एयर फिल्टरेसन र उपर्युक्त फोहोर व्यवस्थापनको प्रोटोकल अपनाउन सकिने व्यवस्था भएको हुनुपर्ने छ।

३) क्वारेन्टिनमा रहेका मानिसहरू बीच कम्तिमा एक मिटरको दुरी राख्न सक्ने व्यवस्था भएको हुनुपर्ने छ।

४) क्वारेन्टिनको आवासमा निम्न सुविधाको व्यवस्था हुनु पर्नेछ:

क) खाने पिउने र व्यक्तिगत सरसफाइको व्यवस्था;

ख) लगेज तथा अन्य व्यक्तिगत सामानहरुको सुरक्षाको व्यवस्था;

ग) बर्तमान अबस्थामा उनीहरुको स्वास्थ्यको यथोचित उपचारको व्यवस्था;

घ) क्वारेन्टिनमा बस्ने मानिसहरूले बुझ्ने भाषामा उनीहरुको हक, अधिकार र पाउन सक्ने सेवाहरु, कति दिनसम्म क्वारेन्टिनमा बस्नु पर्छ भन्नेबारे तथा उनीहरु बिरामी भएको अवस्थामा कसरी कस्तो उपचारको व्यवस्था गरिन्छ आदि बारे बिस्तृत छलफल गरी जानकारी दिने व्यवस्थाको साथै स्थानीय राजदुतावास वा कन्सुलर अफिसको सम्पर्क सुचना दिने व्यवस्था;

ङ) बाहिर रहेका परिवार संग कुरा गर्न पाउने सुविधाको व्यवस्था;

च) सम्भव भएसम्म ईन्टरनेट, समाचार पढ्ने र मन भुलाउने मनोरञ्जनको व्यवस्था;

छ) मनोभावात्मक भरोसा बा सहारा पाउने व्यवस्था;

ज) जेष्ठ नागरिक र अन्य दीर्घरोग भएकालाई कोभिड– १९ बाट बढी जटिल समस्या हुनसक्ने भएकोले उनीहरुलाई विशेष ध्यान पुर्‍याउने व्यवस्था;

क्वारेन्टिनको निमित्त उपर्युक्त स्थान रोज्नु पर्दा होटेल, निजि नर्सिङ्ग होम, रिसोर्ट, छात्राबास, पार्टी प्यालेसहरु आदिलाई छनौट गर्न सकिन्छ। जसमा सुरक्षित र प्रभाबकारी क्वारेन्टिनको लागि उपर्युक्त व्यवस्था प्राप्त हुन सकियोस्।

*होम क्वारेन्टिनका न्युनतम मापदण्ड:

१) होम क्वारेन्टिनको लागि बाथरुमसहितको सिंगल रुमको व्यवस्था;

२) सो उपलब्ध हुन नसक्ने अवस्थामा घरको अन्य सदस्यबाट कम्तीमा एक मिटरको शारीरिक वा भौतिक दुरी हुनुपर्ने छ;

३)  छुट्टै भाडाकुडा तथा व्यक्तिगत प्रयोगका सामानहरु र आफूले प्रयोग गर्ने खाली ठाउँ, भान्साकोठा र बाथरुमको छुट्टै व्यवस्था भएको;

४) ताजा हावा आउने भेन्टिलेसन भएको।

 *न्युनतम संक्रमण रोकथाम र नियन्त्रणका उपाय (Minimum Infection Prevention & Control Measures) :

क्वारेन्टिनमा बसेका व्यक्तिहरुको सुरक्षित बाताबरणको लागि निम्नलिखित संक्रमण रोकथाम र नियन्त्रणका विधिहरु [Infection Prevention & Control Measures] (IPS) अबलम्बन गरिनु पर्दछ:

)शुरुवातमा नै रोगको पहिचान र नियन्त्रण:

 १) क्वारेन्टिन भित्र बसेका मानिसहरूलाई चौध दिनभित्र कुनै समय बिन्दुमा ज्वरो आएमा वा स्वासप्रस्वास सम्बन्धि कुनै पनि लक्षण देखिएमा निजलाई कोभिड– १९ रोग नै भएको मानेर त्यही अनुसार निजको उपचार र व्यवस्थापन गरिनु पर्दछ।

२) क्वारेन्टिन भित्र रहने सबै व्यक्ति र निगरानी तथा व्यवस्थापनमा खटिने कर्मचारीहरु दुबै पक्षलाई तल उल्लेख भए बमोजिम स्तरीय उच्च मापदण्ड पूरा गर्नको लागि आवश्यक सावधानी अपनाउनु पर्ने नियम लागू गर्नु पर्नेछ।

a) पटक पटकपटक  हात धुने, खासगरी खोक्दा वा हाछियु गर्दा स्वासप्रस्वास प्रणाली  बाट निस्कने ड्रपलेटहरु छोएको वा परेको अवस्थामा साथै खाना खानुअघि र ट्वाईलेट गएपछि हातको सरसफाइ गर्नुपर्ने छ। हातको सरसफाइको लागि साबुन पानी बा ह्यान्ड स्यानिटाईजलरको प्रयोग गर्नु पर्छ। साधारण तया देखिने फोहर लागेको अवस्थामा साबुनपानीले हात धुनु पर्छ भने देखिने फोहर नभएको अबवस्थामा ६२-७१% अल्कोहोल भएको ह्यान्ड स्यानिटाईजर प्रयोग गर्न सकिन्छ।

b) क्वारेन्टिनभित्र बस्ने मानिसहरूको स्वासप्रस्वास मार्गको सरसफाइ मापदण्ड अनुरुप हुनुपर्ने छ। खोक्दा, हाँच्छिउ गर्दा कुहिनाको भित्रि भागले वा टिस्यु पेपरले नाक मुख छोप्ने, तुरुन्त टिस्यु पेपरलाई बिर्को सहितको वेस्ट बास्केटमा सुरक्षित तरिकाले फाल्ने र त्यसपछि नाक मुख सफा गर्ने बानी ब्यहोराको महत्त्व बारे सबैलाई बुझाई व्यबहार मा उतार्न लगाउनु पर्नेछ।

c) अनावश्यक रूपमा नाक, मुख, ओठ,  आखा छुने बानीलाई निषेध गर्नुपर्ने छ।

()प्रशासनिक रेखदेख तथा नियन्त्रण:

क्वारेन्टिनमा Infection Prevention & Control Measures (IPS) को लागि प्रशासनिक नीति तथा नियन्त्रणको व्यवस्था तल उल्लेख भए बमोजिम हुनुपर्ने भएपनि यतिमा मात्र सीमित नहुन सक्नेछ।

a) आवश्यकता अनुरुपको उपर्युक्त र सही सुविधाको डिजाइन गरी दिगो रहन सक्ने IPS को पुर्बाधारको स्थापना गरी त्यसलाई कार्य रूपमा कृयाशिल बनाउनु पर्ने छ।

b) IPS (Infection Prevention & Control System) को नजिक बाट निगरानी र सुरक्षा गर्न सकिने व्यवस्था मिलाईनु पर्नेछ। क्वारेन्टिनको रेखदेख गर्ने व्यक्ति र क्वारेन्टिनमा बस्ने मानिसहरू दुबै पक्षलाई स्तरीय मापदण्ड अनुरुप विभिन्न सावधानी रहनु पर्ने अत्यावश्यक कामहरूबारे यथोचित ज्ञान वा तालीम दिइएको हुनु पर्नेछ। साथै  दुबै पक्षलाई लक्षणहरु देखिँदा साथ वा व्यक्तिको स्वास्थ्यमा कुनै परिबर्तन आउँदा साथ तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्दा हुने फाईदाको महत्व बारे तालिम दिई राम्रो संग बुझाईएको हुनुपर्ने छ।

c) रोगको शुरूवात मा नै रोगको पहिचान गरी उपचारको लागि आइसोलेसन बा स्वास्थ्य संस्थामा रिफर गर्ने नीति र प्रणालीको विकास र व्यवस्था गरिएको हुनुपर्ने छ।

()वातावरणीय सरसफाइ:

वातावरणीय सरसफाइ र डिसईन्फेक्सन प्रक्रिया उपर्युक्त सहि तरिका बाट निरन्तर रूपमा गर्नुपर्ने छ। वरिपरि वातावरणका सतहहरुको नियमित रूपमा राम्रो संग सफाई हुन सकोस् भन्ने उद्देश्यले सरसफाइका कर्मचारीहरुलाई कोभिड– १९ रोग बाट बच्ने उपायहरु बारेमा राम्रोसँग बुझाउनु पर्ने छ।

a) हातले पटकपटक छोईरहनु पर्ने सतहहरु मा १ भाग ब्लिचिङ्ग पाउडरलाई ९९% पानी संग मिसाएर बनाएको सोलुसनले दिनदिनै सफा गर्नु पर्छ। यो सोलुसन बाट सफा गर्न नसकिने ठाउँ मा ७०% अल्कोहोल ले सफा गर्नु पर्दछ।

b) एक भाग ब्लिचिङ्ग पाउडरलाई ९९ भाग पानी संग मिसाएको घोल प्रयोग गरी बाथरुम र ट्वाईलेटका सतह हरु मा कम्तीमा दिनको एकपल्ट सफा संग डिसिन्फेक्सन गर्नुपर्ने छ।

c) लुगा, तन्ना, नुहाउने र हाते रुमाल जस्ता कपडाहरुलाई सामान्य लाउन्ड्री डिटरजेन्ट प्रयोग गरी ६० देखि ९० डिग्रीको तापक्रममा वासिङ्ग मसिनले धुनु पर्छ। सो उपलब्ध नहुने अबस्थामा साबुन पानीले धोएर राम्रोसँग सुकाउनु पर्छ।

d) फोहर व्यवस्थापनको लागि खुला ठाउँमा फाल्ने नभै स्यानिटरी ल्यान्डफिलको व्यवस्था गरी प्रयोग गर्नु पर्नेछ।

e) सफाई कर्मचारीले तन्ना, खोल, रुमाल आदि कपडा छुनु भन्दा अघि डिस्पोजेबल पञ्जा प्रयोग गर्नुपर्ने छ। पञ्जा लगाउनु अघि वा पछि राम्रो संग साबुन पानीले हात धुनु पर्नेछ।

)क्वारेन्टिनमा बसेका व्यक्तिहरुको स्वास्थ्य निगरानीको लागि आश्यक न्युनतम कुराहरू:

क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिहरुको सो अवधि भर तापक्रम हेर्ने र उनिहरुमा रोगका कुनै नयाँ लक्षण देखिएको छ वा छैन भनी प्रत्येक दिन स्कृनिङ्ग र फलोअप गर्नु पर्नेछ।

संक्रमण बाट बढी खतरा र जटिलता हुन सक्ने खास समुहका व्यक्तिहरुलाई थप निगरानी राख्दै आवश्यकता अनुसार बिशेष उपचारको समेत व्यवस्था गर्नुपर्ने छ।

क्वारेन्टिनलाई सफलता का साथ सञ्चालन गर्नको लागि आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्था गर्न तथा खटिएका कर्मचारीको आरामको लागि समेत ध्यानमा राखी त्यसको व्यवस्थापन गर्नुपर्ने छ। प्रकोप जारी रहेको अवस्थामा स्वास्थ्य जनशक्तिलाई केस डिटेक्सन गर्ने र स्वास्थ्य सेवा दिनुपर्ने काममा बढी प्राथमिकता दिनुपर्ने अवस्थामा यसले खास महत्व राख्ने छ। क्वारेन्टिनको अवधि सकिने समयको अन्त्यतिर क्वारेन्टिनमा रहेका सबैको घाँटीबाट (Naso-pharyngeal Swab) थ्रोट स्व्याबको स्याम्पल लिएर ल्याब टेष्टको लागि पठाउनु पर्नेछ र टेष्ट रिपोर्ट नेगेटिभ भएमात्र समुदायमा पठाउन सकिनेछ। तर रिपोर्ट पोजिटिभ भएमा रोगको जटिलताको स्तर हेरी मापदण्ड पूरा भएको आइसोलेसन, अस्पतालको वार्ड बा आईसियु मा भर्ना गरी सघन उपचार सेवा दिनुपर्ने छ।

हाम्रो जस्तो सीमित श्रोत साधन भएको मुलुकमा एक्कासि आएको यो प्रकोपको अबस्थामा WHO को निर्देशिका अनुरुप सबै कुरा एकैपल्ट व्यवस्थापन गर्न गाह्रो हुनसक्छ। तथापि यसका मुल मर्महरुमा गल्ती नगरीकन वा नछुटाइकन क्वारेन्टिन वा आइसोलेसनको व्यवस्थापन हुनुपर्ने देखिन्छ।

देशमा कोरोनाको संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या बढ्न थालेको आजको अबस्थामा देश र जनतालाई थप क्षति हुन बाट बचाउनको लागि निम्नलिखित प्रयासहरु थप उपयोगी हुनसक्ने देखिन्छ :

१) साना साना टास्क फोर्स वा टिमहरुको स्वरुपमा केही परिवर्तन र थप जिम्मेवारी:

नेपाल सरकारले गत बैशाख १२ गते १ जना जनस्वास्थ्य अधिकृत, १ जना ल्याब टेक्निसियन र १ जना नर्स बा प्यारामेडिक हुने गरी स्थानीय तहहरु मा ३ देखि ५ वटा टिम बनाई खटाउने निर्णय गरेको थियो। यो ढिलै भएपनि आफैमा प्रशंसनीय कार्य हो। तर यस कार्यको लागि प्यारामेडिक, नर्स र ल्याब असिस्टेन्टहरुको फिल्डमा भन्दा स्वास्थ्य संस्थाहरुको उपचारात्मक स्वास्थ्य सेवा दिने कार्यमा बढी आवश्यक पर्ने र कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्पताल, हेल्थ सेन्टर तथा हेल्थपोस्टहरुमा यी जनशक्तिको एक्कासि अभाव हुनसक्ने सम्भावना रहेको र यिनिहरुमा ट्रेसिङ्ग जस्तो प्रतिकारात्मक (Preventive Health Service) स्वास्थ्य सेवा सम्बन्धी कामको लागि ज्ञान तथा अनुभव पनि कम हुनसक्ने भएकोले यी कार्यका लागि जनस्वास्थ्य अधिकृत र स्वास्थ्य निरीक्षकहरुको भुमिका नै बढी प्रभावकारी हुने देखिन्छ।

देशभरिका जिल्ला स्वास्थ्य कार्यालय बा जिल्ला, अञ्चल, प्रादेशिक अस्पताल तथा क्षेत्रीय निर्देशनालय र प्रदेशका सामाजिक विकास मन्त्रालयमा रही काम गरिरहेका सबै तहका जनस्वास्थ्य अधिकृत र स्वास्थ्य निरीक्षकहरुलाई कोभिड-१९ रोगको नियन्त्रण नहुँदासम्म केन्द्र वा प्रदेशमा एकै छाता मुनि तानेर ट्रेसिङ्ग, ट्र्याकिङ्ग र निगरानी गर्ने जिम्मामा सम्मिलित गराउन सकिएको खण्डमा छोटो समयमा लक्षित उद्देश्य हासिल गर्नै पर्ने महत्वपूर्ण यस्ता अभियानहरु अझै बढी प्रभावकारी ढङ्गबाट सम्पन्न हुन सक्छन् भन्ने कुरामा कुनै शंका नहोला।

त्यसैले यस्ता टिम तथा टास्क फोर्समा १ जना जनस्वास्थ्यकर्मी, १ जना स्थानीय स्वयंसेवी बा सामाजिक कार्यकर्ता, १ जना स्थानीय जनप्रतिनिधि र १ जना प्रहरी सम्मीलित हुने गरी टिमहरु बनाउनु उचित हुन्छ । त्यसो गर्न सकियो भने उपचारात्मक स्वास्थ्य जनशक्ति (Curative Health Manpower) को आवश्यकता कम पर्न जाने, स्थानीय समुदायलाई चिन्ने, बुझ्ने, बुझाउने र उत्प्रेरित (Motivate) गराउने महत्वपूर्ण कार्यमा बल मिल्ने र एकअर्का प्रति जवाफदेही तथा उत्तरदायी हुने कार्यमा समेत थप बल मिल्ने भएकोले अझ बढी प्रभावकारी ढंगबाट लक्षित उद्देश्य हासिल गराउन सजिलो हुने देखिन्छ। लकडाउनको समयमा पनि यस्ता टिमहरुको काम सुरक्षित तरिकाले जारी राख्न सकिएमा लकडाउनको समयलाई क्रमिक रुपमा घटाउन सहयोग मिल्दछ। तर यस्ता टिमलाई परिचालन गर्दा रोगबाट बच्ने सबै सुरक्षाका साधन उपलब्ध गराइनु पर्दछ। आवश्यकता अनुसार समझदारीमा यस्ता टिमका संख्या निर्धारण गर्न सकिन्छ।


अथवा यदि यस्ता स्वरुपका टिमहरु बनाउन अफ्ठेरो भएमा अहिले बनेको टिमलाई पनि केही परिमार्जन गरी यस्ता जिम्मेवारी दिन सकिन्छ।

(क) स्वास्थ्य शिक्षा दिई नागरिकलाई जागरुक र उत्प्रेरित गराउने काममा:

यी टिमहरुलाई उपत्यका बाहिर निश्चित जिल्लाहरुमा र उपत्यकाको रिङ्ग रोड बाहिरका पुराना तथा नयाँ बस्तीहरुमा खटाई कोरोना रोग, यसले पार्न सक्ने प्रभाव, बच्ने उपाय र सरकारको प्रयासहरु मा नागरिकको दायित्व बारेमा टोल टोल मा खटाएर स्वास्थ्य शिक्षा दिने, जन चेतना फैलाउने काम गर्न सकिएमा हरेक नागरिकको मनमा भित्रै बाट उत्प्रेरणा (Motivation) जगाउन सकिने भएकोले लकडाउन, क्वारेन्टिन, आइसोलेसन जस्ता राज्यले अपनाएका महत्त्वपूर्ण प्रयासहरुलाई सफल बनाउन थप बल मिल्ने देखिन्छ। साथै यस बाट नागरिकको मन भित्र रहेको हुन सक्ने गलत सोच, शंका र दुबिधालाई हटाउने अबसर प्राप्त हुने भएकोले उनिहरुको साथ, सहयोग र सहकारितालाई बढाउन मद्धत मिल्न सक्छ।

(ख) कन्ट्याक्ट् ट्रेसिङ्ग गर्ने जिम्मेवारीमा :

माथि उल्लेख गरिएको जस्तो टिम बा टास्क फोर्सलाई संक्रमित मानिसको सम्पर्कमा आएका मानिसहरूलाई खोजी गर्ने कार्य (contact tracing), पाईला पछ्याउने कार्य  (tracking) र उनीहरुको निगरानी राख्ने कार्य (surveillance) मा खटाउँदा लक्षित उपलब्धि हासिल गर्न सजिलो हुने देखिन्छ।

यसको साथै कोरोनाको शंकास्पद लक्षण भएका वा रुघाखोकी संग ज्वरो आएको अवस्था (flue like illness) र संवेदनशील स्थानबाट भित्रिएर समुदायमा लुकेर बसेका मानिसहरूलाई खोजी गर्ने, पहिल्याउने र  उनीहरुलाई आवश्यकता अनुसार ल्याबटेष्ट, क्वारेन्टिन वा आइसोलेसनको दायरामा ल्याएर उचित व्यवस्थापन गरी समुदायमा रोग फैलिएर हुन सक्ने जटिल अवस्थाबाट जोगाउन सकिन्छ।

ग) मोबाईल एपको थप उपयोग:

सरकारले हाल प्रयोगमा ल्याएको वेबसाइट र मोबाइल एपको प्रयास स्वागतयोग्य छ। तर यस्ता एपहरुको माध्यमबाट आफ्नो वा शंकास्पद व्यक्तिको सूचना पठाउने व्यवस्थाको साथ साथ एपको माध्यम बाट हरेक संक्रमित व्यक्ति थपिएको बारेमा उनी बर्तमान अबस्थामा रहेको ठाउँ, उनले गरेको यात्राको विवरण, प्रयोग भएको बाटो वा राजमार्गबारे पनि नागरिकलाई पनि सुचित गर्ने काम भएको खण्डमा सम्भावित क्षेत्रका मानिसहरूलाई अरु बढी सचेत र सतर्क हुन सहयोग मिल्न सक्छ। यसको लागि नयाँ शंकास्पद लक्षण भएका वा असुरक्षित सम्पर्कमा आएका मानिसहरू देखिएको सूचना आउँदा साथ नागरिकहरुको मोबाइलमा भाईब्रेट हुने व्यवस्था गर्न सकियो भने निश्चित इलाकाका नागरिकहरुलाई सचेत हुन बल मिल्न सक्छ। तर यसमा स्थानीय बासिन्दाहरु बढी नै आतंकित नहोउन भन्ने कुरामा पनि सजगता अपनाउनु पर्दछ।

त्यस्तै सिसि क्यामेराका फूटेज, क्रेडिट कार्ड र मोबाइल फोनका रेकर्डहरु, प्रयोग भएका सवारीको साधनको तथ्यांक, सवारीको साधन छुटेको र गन्तव्यमा पुगेको समय आदि सबै ट्रेसिङ्ग कार्यको लागि सहायक हुन सक्दछन्। साथै व्यक्तिगत गोपनियता भन्दा नागरिकको सामुदायिक सुरक्षा बढी महत्वोपुर्ण हुने भएकोले सरकारले पनि त्यसलाई सजिलो र अनुकुल बनाउन केही नियम तथा व्यवस्थापन मा खुकुलो गर्नुपर्ने हुन्छ ।


सम्पर्कमा आएका मानिसहरूको ट्रेसिङ्ग गर्दा २४ घण्टामा ८० प्रतिशत मानिसहरूको अन्तरबार्ता हुनुपर्ने विश्वब्यापी मान्यता छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७७ बैशाख ३१ गते ट्रेसिङ्ग सम्बन्धि निर्देशिका जारी गरेको छ। आजको परिप्रेक्ष्यमा Contact Tracing, Contact Tracking र Surveillance जस्ता रोकथामका प्रतिकारात्मक औजारहरु कोरोना रोग नियन्त्रणको लागि यति ठूलो, यति बृहत् र यति महत्वपूर्ण अर्थ राख्छन् कि आजको अवस्थामा विश्वमा यसको कुनै विकल्प देखिएको छैन।


सम्पर्कमा आएका मानिसहरूको ट्रेसिङ्ग गर्दा २४ घण्टामा ८० प्रतिशत मानिसहरूको अन्तरबार्ता हुनुपर्ने विश्वब्यापी मान्यता छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७७ बैशाख ३१ गते ट्रेसिङ्ग सम्बन्धि निर्देशिका जारी गरेको छ। आजको परिप्रेक्ष्यमा Contact Tracing, Contact Tracking र Surveillance जस्ता रोकथामका प्रतिकारात्मक औजारहरु कोरोना रोग नियन्त्रणको लागि यति ठूलो, यति बृहत् र यति महत्वपूर्ण अर्थ राख्छन् कि आजको अवस्थामा विश्वमा यसको कुनै विकल्प देखिएको छैन। यसमा अल्छी लागेर काम बीचमा छोड्ने, पछि फेरि गरौंला भन्ने, पन्छ्याउने, ढिलो गर्ने, सजिलो खोज्ने, कागजमा मात्र काम देखाउने जस्ता काम झुक्किएर मात्र पनि कार्यान्वयन तहमा हुन गयो भने यसले भित्र भित्र समुदायलाई ठूलो हानी पुग्न सक्ने अवस्थालाई नकार्न सकिँदैन। यसैले सबैको साथ, सहयोग, समन्वय, सहभागिता र सक्रियता महामारी नियन्त्रणमा ठूलो अर्थ राख्दछन् ।

घ) लकडाउन,क्वारेन्टिन लगायतका उपायलाई सफल बनाउन सहयोग गर्ने काममा:

पहिलेको तुलनामा लकडाउन पालना गर्ने काममा केही सुधार भएको भएपनि अहिलेको कडा निर्देशनका बाबजुद लकडाउनलाई पूर्णतया इमानदारीका साथ नागरिकले पालना गरेको देखिएको छैन। विशेष गरी रिङ्ग रोड बाहिर मानिसहरू खुलेआम निर्धक्कसंग हिँडेका देखिन्छन् । प्राईभेट गाडी, मोटर साईकलहरु विभिन्न बहानामा चलिरहेका देखिन्छन् मानौं यो लकडाउन नागरिकको लागि हैन केवल सरकारको लागि हो। जबसम्म हरेक नागरिकले लकडाउन तथा अन्य रोकथामका औजारहरु हाम्रो आफ्नै भलाइको लागि हो भन्ने कुरामा पुर्णतया आफैमा उत्प्रेरित (Motivated) भै आत्मसात गर्न सक्दैनन्, तबसम्म सरकारका सबै कोशिशहरु असफल साबित हुनसक्छन् । गाउँ गाउँ र टोल टोलमा यस्ता टिमहरुबाट स्वास्थ्य शिक्षा दिने काम भयो भने नागरिकको चेतनशीलता, जागरुकता र उत्प्रेरणामा वृद्धि भै नागरिकको तर्फबाट यस्ता नियन्त्रणका उपाय तथा औजारलाई सफल गराउन थप बल मिल्न सक्छ।

२) ल्याबटेष्टको दायरा बढाउदै लैजाने:

अहिले सरकारले पिसिआर परीक्षणको दायरालाई बढाउदै लगेको देखिन्छ, जुन सह्राहनीय प्रयास हो। लक्षित समूहलाई प्राथमिकता दिँदै यो गतिलाई हरेक जिल्लामा बढाउदै लानु बिबेक सम्मत हुनेछ। तर सीमापारीबाट आएका मानिसहरूलाई पिसिआर नगरी आरडीटी टेष्ट मात्र गरेर उनीहरुको पहाडको घर वा टाढाको जिल्लामा पठाउने काम भयो भने तत्कालको लागि हाम्रो सिमाका जिल्लाहरूलाई सजिलो हुने भएपनि यसले छिटै नै देशभरी भयानक अवस्था सृजना हुन सक्ने भएकोले सिमाका जिल्लाका अथवा प्रदेश सरकारले बनाएका क्वारेन्टिन वा आइसोलेसनमा नै यिनिहरुको व्यवस्थापन हुनु पर्दछ। पूर्वको तराईमा भित्रिएका दोलखाका नागरिकहरुलाई भित्रिएको नाकाका जिल्लामा क्वारेन्टिनको क्षमता नभएको भनी आरडीटी गरेपछि समन्वय गरी उनीहरुको घर दोलखामा पठाउन लागिएको भन्ने खबर  सुनिएको थियो। जुन खबर गलत साबित होस भन्ने कामना गर्दछु। सबैलाई नेपालतर्फको सिमाका  जिल्लाहरुमा नै व्यवस्थापन हुनुपर्छ। पिसिआर टेष्ट नै नगरी नागरिकलाई पहाडी बा टाढाको जिल्लामा पठाउने सोच घातक हुन सक्छ।

३) सीमा नाकाहरुमा थप कडाइ गर्नुपर्ने:

कुनै टेष्ट नै नभई नेपाल भित्रिएका मानिसहरूको संख्या बढ्दै गएकोले यसले मुलुकलाई ठूलो समस्या सृजना गरेको छ। तिनलाई  सिमावारि नै क्वारेन्टिन वा आइसोलेसनमा व्यवस्थापन गर्न सकियो भने तिनीहरु मध्ये पनि थप कोरोना पोजिटिभ हुनसक्ने सम्भावना र संख्यालाई कम गर्न सकिन्छ।

सीमा नाकामा अलपत्र नेपालीहरु ।

४) क्वारेन्टिन र आइसोलेसनको क्षमता र गुणस्तरमा वृद्धि गर्नुपर्ने:

जतिसुकै प्रयास गर्दा पनि भारतबाट भित्रिनेको संख्या घटाउन नसकिने यथार्थताले सिमा नाकाहरुमा कडाईका साथै तराईको बोर्डर एरियामा हाम्रो आफ्नै सिमावारि क्वारेन्टिन र आइसोलेसनको संख्या, क्षमता र गुणस्तरमा वृद्धि गर्न जरुरी देखिन्छ। यसको लागि केही प्रदेश सरकारले निर्णय समेत गरेको बुझिएको छ। भारतका दिल्ली, मुम्बई, पञ्जाब, गुजरात, तामिलनाडु जस्ता राज्यहरुबाट करिब ३ करोडको संख्याका मजदुरहरु आफ्नो घर यु.पि. बिहारमा फर्किने क्रम बढ्दो छ। यिनिहरुलाई रेल र बस सेवाबाट घर पठाउने कार्यहरू केही दिन यता बढ्दै गएको देखिन्छ। यिनमा धेरै जसो असुरक्षित तरिकाले बसेका र यात्रा गरेका देखिन्छन् । युपिका अधिकारीहरुको भनाइलाई मान्ने हो भने यिनमा मुम्बईबाट आउने ७५ प्रतिशत, दिल्लीबाट आउने ५० प्रतिशत र गुजरातबाट आउने २५ प्रतिशत कोरोना पोजिटिभ हुन सक्ने आँकलन गरिएको छ। तीमध्ये ३ देखि ५ प्रतिशत मात्र नेपाली मजदुरहरु भएको खण्डमा नेपालको के हाल होला ? यहाँका क्वारेन्टिन र आइसोलेसनले कसरी व्यवस्थापन गर्न सक्लान् भन्ने सोचनीय विषय बनेको छ।


भारतका दिल्ली, मुम्बई, पञ्जाब, गुजरात, तामिलनाडु जस्ता राज्यहरुबाट करिब ३ करोडको संख्याका मजदुरहरु आफ्नो घर यु.पि. बिहारमा फर्किने क्रम बढ्दो छ। यिनिहरुलाई रेल र बस सेवाबाट घर पठाउने कार्यहरू केही दिन यता बढ्दै गएको देखिन्छ। यिनमा धेरै जसो असुरक्षित तरिकाले बसेका र यात्रा गरेका देखिन्छन् । युपिका अधिकारीहरुको भनाइलाई मान्ने हो भने यिनमा मुम्बईबाट आउने ७५ प्रतिशत, दिल्लीबाट आउने ५० प्रतिशत र गुजरातबाट आउने २५ प्रतिशत कोरोना पोजिटिभ हुन सक्ने आँकलन गरिएको छ। तीमध्ये ३ देखि ५ प्रतिशत मात्र नेपाली मजदुरहरु भएको खण्डमा नेपालको के हाल होला ?


तथापि हामीले हरहालतमा तिनीहरुको उचित व्यस्थापन गर्नुको विकल्प छैन। त्यसमा कुनै लापरवाही वा कमजोरी हुन गयो भने त्यसको मुल्य सिंगो देशले चुकाउनु पर्नेछ। तर देशमा बिद्यमान धेरै जसो क्वारेन्टिन र आइसोलेसन हरु व्यवस्थित हुन नसकेको सुनिएको छ। हाम्रो देशमा केन्द्रमा निति, निर्देशन तथा निर्देशिका बन्ने तर जनस्तरमा लक्षित समुदायमा पुग्न नसक्ने पुरानो समस्या छ। त्यसमा सुधारको कार्य जारी रहेको भए तापनि समस्या निर्मुल भैसकेको छैन।

मिटिङ्गहरुमा महत्त्वपूर्ण एजेन्डाबारे सक्रिय छलफल हुने, स्वागत र प्रशंसा हुने, ठूलो आवाजमा सकृय सहभागी हुने, प्रतिबद्धता आउने; आदेश, निर्देशन, निर्देशिकाको अक्षरस: पालन तथा कार्यान्वयन गर्ने वचन र प्रतिबध्दताको शारीरिक भाषामा टाउको राम्रैसंग हल्लिने तर व्यवहारमा एउटा पत्र बनाएर पठाउने काममा मात्र सीमित हुने चलन र मानसिकतामा परिवर्तन भएको देखिएको छैन। देशमा संघीयता लागू भइसक्दा पनि हाम्रो नेपाली सोच भनौं, बानी ब्यहोरा भनौं या परम्परा भनौं केन्द्रको नीति, निर्देशिका वा केन्द्रको निर्देशन अनुसार काम भैरहेको छ छैन भनी हेर्नको लागि नेतृत्व नै फिल्डमा गएर हेर्नुपर्ने, निरीक्षण गर्नुपर्ने, आदेश दोहोर्‍याई रहनुपर्ने पुरानो मानसिकतामा परिवर्तन आउन सकेको छैन। त्यसमा पनि आजको आपद माथिदेखि तलसम्म सबैको हो भन्ने सबैलाई थाहा छ।

माथिको सुपरभिजन गर्ने आउँदा सबैलाई जागर चल्ने, सबैले सबैकुरा बुझ्ने, नियम मापदण्डअनुसार काम गर्नुपर्छ भन्ने लाग्ने तर त्यो नहुँदा रामभरोसामा छोड्ने परम्परामा आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ। बजेट सक्नु नै कायान्वयन हुनु हो भन्ने मानसिकताबाट हामी माथि उठ्न जरुरी भैसकेको छ। क्वारेन्टिन, आइसोलेसनलाई मापदण्ड अनुसार सञ्चालन गर्ने, कन्ट्याक्ट् ट्रेसिङ्ग, ट्र्याकिङ्ग र निगरानीलाई समयमा नै सफल र प्रभावकारी बनाउने यी यस्ता कुराहरु हुन् जसमा अलिकति पनि त्रुटि हुन गयो भने त्यसबाट कल्पना गर्न नसकिने भयावह अवस्था सृजना हुनसक्छ। यसैले आजको अवस्थामा प्रदेशका जिम्मेवार मन्त्रालय यस सम्बन्धमा सजग, सचेत र कृयाशील हुन जरुरी देखिन्छ।

५) क्वारेन्टिन, आइसोलेसन, अस्पताल र स्वास्थ्य संस्थाहरुको उच्चस्तरीय निरीक्षण तथा अनुगमन:

मूलतः निम्न विषयहरुमा केन्द्रीत रहेर क्वारेन्टिन, आइसोलेसन, अस्पताल र स्वास्थ्य संस्थाहरुको नियमित उच्चस्तरीय निरीक्षण तथा अनुगमन गरिनुपर्छ :

– क्वारेन्टिन र आइसोलेसन स्थानीय निकायले व्यवस्था गर्ने भएपनि त्यसमा कति मानिस राखिएका छन, त्यहाँ सरसफाइको व्यवस्था कस्तो छ, Infection Prevention & Control system (आई.पि.एस.) को कस्तो व्यवस्था हुनुपर्ने हो र यथार्थतामा अवस्था कस्तो छ,

– क्वारेन्टिनभित्र गरिएको सरसफाइको स्थितिलाई बाहिरबाट निगरानी गर्ने कस्तो व्यवस्था गरिएको छ, त्यसमा कस्तो सुधार ल्याउन जरुरी छ, फोहोर व्यवस्थापन कत्तिको विश्वसनीय ढंगबाट व्यवस्था गरिएको छ, ल्यान्डफिल प्रणाली (Landfillll System) प्रयोग गरिएको छ कि जथाभावी फोहोर फाल्ने गरिएको छ, जथाभावी फोहोर फाल्ने गरिएको स्थितिमा त्यसले वरिपरिको समुदायलाई तत्काल कस्तो असर पर्नसक्छ, भित्री तथा बाहिरी सरसफाइको लागि के कस्ता डिसईन्फेक्ट्यान्ट (Disinfectant) को प्रयोग गरिएको छ,


ठूलो संख्यामा मानिसहरु क्वारेन्टिन र आइसोलेसनबाट भाग्ने, आत्महत्या गर्न प्रयास गर्नुको कारण उनीहरुमा विपरीत परिस्थितिले सृजना गरेको मानसिक रोगको बृध्दिको कारणले हो वा क्वारेन्टिन र आइसोलेसनको अव्यवस्थाको कारणले हो ? त्यसतर्फ कसको ध्यान जानुपर्ने हो, त्यसलाई रोक्नको लागि अहिलेसम्म के कदम चालिएको छ,


– पटकपटक साबुनपानीले हात धुन मिल्ने व्यवस्था र ह्यान्डस्यानिटाईजर (Hand Sanitizer) उपलब्ध गराइएको छ कि छैन, यिनको नियमित आपूर्ति भएको छ कि छैन,

– क्वारेन्टिन र आइसोलेसनमा खटिएका कर्मचारीलाई आफूबाट अरुलाई र अरुबाट आफूलाई कसरी बचाउने भन्ने विषयमा सामान्य स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ कि छैन,

– क्वारेन्टिन र आइसोलेसनमा रहेका मानिसहरूको मनोभावनात्मक अवस्था बुझ्ने, र मनोचिकित्सा सेवा दिने ( Psychiatric Treatment) व्यवस्था गरिएको छ कि छैन,

– ठूलो संख्यामा मानिसहरु क्वारेन्टिन र आइसोलेसनबाट भाग्ने, आत्महत्या गर्न प्रयास गर्नुको कारण उनीहरुमा विपरीत परिस्थितिले सृजना गरेको मानसिक रोगको बृध्दिको कारणले हो वा क्वारेन्टिन र आइसोलेसनको अव्यवस्थाको कारणले हो ? त्यसतर्फ कसको ध्यान जानुपर्ने हो, त्यसलाई रोक्नको लागि अहिलेसम्म के कदम चालिएको छ,

– क्वारेन्टिन र आइसोलेसन विश्व स्वास्थ्य संस्थाको मापदण्ड अनुरुप छन् कि छैनन्,

– क्वारेन्टिन र आइसोलेसन मा बिरामी भएकाले समयमै उपचार पाउन सकेका छन् कि छैनन् ,

– दीर्घ रोगी, पुरानो रोगको लागि नियमित औषधि खानुपर्ने समुहको स्वास्थ्य जाच, उपचार र औषधिको लागि कस्तो व्यवस्था गरिएको छ, कमजोर र असहाय समुहको लागि कस्तो व्यवस्था गरिएको छ,

– क्वारेन्टिन र आइसोलेसन मा नियमित तालिकामा हुनुपर्ने कोरोनाको टेष्ट हुन सकेको छ कि छैन, कोरोनाको टेष्ट पोजिटिभ देखिएको अवस्थामा तत्काल क्वारेन्टिन बाट आइसोलेसनमा सार्ने काम तदारुकता का साथ हुन सकेको छ कि छैन,

– पोजिटिभ मानिसलाई आइसोलेसनमा सार्ने काम ढिलो हुँदा अन्य स्वस्थ मानिसलाई कोरोना रोग सर्यो भने जवाफदेही हुनुपर्ने निकाय कुन हो,

– क्वारेन्टिनलाई स्वास्थ्य मैत्री बनाई त्यसमा न्युनतम सुधार गर्न के गर्न सकिन्छ, के कस्तो  निर्देशन दिएको खण्डमा स्थितिमा सुधार ल्याउन सकिन्छ, कार्यान्वयन तहमा के कस्ता समस्या छन् , आदि ।

WHO ले जारी गरेको अन्तरिम गाइडलाइन अनुरुप जस्ताको त्यस्तै व्यवस्था गर्न गाह्रो परे पनि त्यसको मुल मर्म नछुटोस् भन्ने संकल्पको लागि सके सम्म कम समय, कम स्वास्थ्य जनशक्ति र राज्यलाई कम आर्थिक भार पर्ने गरी कुनै हालमा पनि रोग नियन्त्रण गर्ने कार्यमा कमजोरी हुने स्थिति नआओस् र रोग फैलिन बाट रोक्न सकियोस् भन्ने मुल मन्त्रलाई सघाउ पुर्‍याउन र त्यसलाई गति दिनको लागि कहिलेकाही उच्चस्तरको निरीक्षण र सुपरभिजनले ठूलो महत्व राख्दछ। धेरै खर्च नलाग्ने तर हेर्दा साना लागे पनि रोग नियन्त्रण कार्यमा अत्यन्त ठूलो र दुरागामी प्रभाव पार्न सक्ने कुरालाई व्यवहारमा कार्यान्वयन तहमा नछुटोस् भन्नको लागि प्रदेशका सम्बन्धित मन्त्रालयका उच्च नेतृत्वको निरिक्षण, अनुगमन र निर्देशन अत्यन्त महत्वपूर्ण हुन्छ।

कार्यान्वयन तहको समस्या कसरी समयमा नै सम्बोधन गरेको अवस्थामा प्रकोपलाई ठाउँमा नै नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा यथार्थ स्थिति बुझ्न कम्तीमा पनि प्रदेशका सम्बन्धित विभागीय मन्त्री र सचिवबाट नियमित रुपमा निरीक्षण गर्ने, आफ्नो उच्च स्तरको व्यवहारिक बुध्दि (Common Sense) प्रयोग गरी आवश्यक समन्वय गर्ने, निर्देशन दिने र समस्याको बेलैमा सम्बोधन गर्नको लागि फिल्डमा नै व्यवहारिक निर्णय गरी उचित सुझाव वा निर्देशन दिने व्यवस्था नियमित रुपमा हुनु जरुरी छ । त्यसो हुन सक्यो भने क्वारेन्टिन र आइसोलेसनलाई मापदण्ड अनुसार लागू गर्दै सफलतापूर्वक सञ्चालन गर्ने काममा सुधार हुनुको साथै लाखौं नागरिकलाई यस महामारीको कारणले पीडित हुन र थुप्रैलाई मृत्युको मुखमा जानबाट बचाउन सकिने देखिन्छ।

६) स्वस्थ बानी ब्यहोराको निरन्तर प्रोत्साहन:

सुनेको कुरा बिर्सनु, व्यक्तिगत बानी ब्यहोरामा परिवर्तन गर्न समय लाग्नु स्वाभाविक मानवीय कमजोरी हुन्। तर अहिलेको कोभिड– १९ को महामारी को समयमा त्यो बिर्सने छुट हामी कसैलाई छैन। त्यस्ता बानी ब्यहोरालाई प्रोत्साहन गर्न वा पटकपटक सम्झाउनको लागि क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरुमा र लकडाउनको समयमा महत्वपूर्ण सबवे (Sub-Way) हरुमा वा सडकका मुख्य चोकहरुमा पनि नागरिकहरुले कोरोना बाट बच्नको लागि सचेत रहनुपर्ने कुरा, स्वास्थ्य सम्बध्द बानी ब्यहोरामा सुधार गर्नुपर्ने कुरा, नागरिकलाई मास्क लगाउने र भौतिक दुरी कायम गर्न सम्झाउने कुरा, शंकास्पद लक्षण भएका मानिसहरु कतै देखिए सरकारलाई सुचित गर्ने कुरा र सरकारले रोग नियन्त्रणका लागि चालेका कदमहरुलाई सहयोग गर्नुपर्ने कुराहरुमा टेप रिकर्डको माध्यमबाट बिहानदेखि साँझसम्म निरन्तर संदेश दिने व्यवस्था हुँदा उचित हुन्छ । त्यसो भएमा बिर्सेर वा झुक्किएर गल्ती हुने सम्भावना कम हुनुको साथै सरकारले चालेका अन्य महत्वोपुर्ण नियन्त्रणका उपायहरु मा नागरिकको सचेतना र सहयोगमा वृद्धि गर्न थप बल मिल्न सक्छ।

७) अस्पतालका बेडहरु लगायत भौतिक पुर्बाधार तयारी राख्ने योजना:

हामीले देशमा अत्यन्त राम्रो अवस्था रहोस् भन्ने आशा र कामना गर्दै खराब भन्दा खराब प्रतिकुल अबस्था आयो भने के गर्ने भन्ने आकलन गर्दै तयारीमा जुट्नै पर्दछ। आजको यो अवस्था कुनै साधारण अवस्था हैन। यो ठट्टा गर्ने समय पटक्कै हैन। हामी यसमा गम्भीर हुन सकेनौं वा सिकेनौ भने अझ गम्भीर अवस्था नआउला भन्न सकिन्न। यो हामीले कसैलाई दोष देखाउने वा कसैले दोष वा कमजोरी लुकाउने समय पनि हैन। हामीले सोच्ने, बोल्ने, गर्ने वा गराउने प्रत्येक साना ठुला काम कार्बाहीले यो विश्व महामारी (Pandemic) को अवस्थामा ठूलो अर्थ राख्न सक्छ।


हामीले देशमा अत्यन्त राम्रो अवस्था रहोस् भन्ने आशा र कामना गर्दै खराब भन्दा खराब प्रतिकुल अबस्था आयो भने के गर्ने भन्ने आकलन गर्दै तयारीमा जुट्नै पर्दछ। आजको यो अवस्था कुनै साधारण अवस्था हैन। यो ठट्टा गर्ने समय पटक्कै हैन। हामी यसमा गम्भीर हुन सकेनौं वा सिकेनौ भने अझ गम्भीर अवस्था नआउला भन्न सकिन्न। यो हामीले कसैलाई दोष देखाउने वा कसैले दोष वा कमजोरी लुकाउने समय पनि हैन। हामीले सोच्ने, बोल्ने, गर्ने वा गराउने प्रत्येक साना ठुला काम कार्बाहीले यो विश्व महामारी (Pandemic) को अवस्थामा ठूलो अर्थ राख्न सक्छ।


हामीले योजनाबद्ध ढंगले  सुरक्षित क्वारेन्टिनको संख्या, क्षमता र गुणस्तरमा वृद्धि गरी बढी भन्दा बढी कोरोना संक्रमित सम्भव भएसम्म र उनीहरुको अवस्था अनुरुप मिलेसम्म CoV-19 भाइरसलाई हावा नछिर्ने आइसोलेसन कक्षहरुमा सीमित राख्दै अस्पतालका बेड र उपलब्ध आइसियु बेडहरुलाई कोरोनाका जटिल बिरामीहरुलाई राख्नको लागि कसरी तयारी राख्ने भन्ने विषयमा अहिले देखिनै योजना र रणनीति बनाउन शुरु गर्नुपर्छ। जतिखेर अमेरिका, ईटाली, स्पेन जस्ता देशहरूमा कोरोना संक्रमित हुने र त्यसको कारणले मृत्यु हुनेको संख्यामा तीब्र वृद्धि भैरहेको थियो भारतमा पचास, असी, सय, हजारको संख्यामा मात्र संक्रमित हरुको वृद्धि हुने क्रममा थियो भने मृत्यु हुने एकजना पनि थिएनन् । हाम्रो नेपालमा जस्तै त्यहाँ पनि आश्चर्यका भावहरु देखिएका थिए। विभिन्न अडकलबाजी लगाउनेहरुको कमी  थिएन। त्यो भ्रमको स्थितिमा एक पत्रकारले  AIlMS Delhi का निर्देशक डा. गुलरियालाई पनि भारतमा कोरोनाको कारणले मृत्युदर नदेखिएको बारे प्रश्न राखेका थिए। उनको सामान्य जवाफ थियो– यसकारणले नै हामीलाई अमेरिका, ईटाली जस्तो संकटको घडी आएको अवस्थामा हामीले बिरामीको सर्बोत्तम उपायबाट उपचार र व्यवस्थापन कसरी गर्ने, कसरी अध्ययन अनुसन्धानलाई पनि संगसंगै लैजाने, कसरी मृत्युदरलाई न्युनतम बिन्दुमा राखेर नागरिक र देशलाई क्षति हुनबाट बचाउने, आवश्यक जनशक्तिको व्यवस्थापन र पुर्बाधार खडा गर्ने भन्ने याबत सबै किसिमको आफ्नो तयारी गर्नको लागि समय मिलेको छ; र आज हामी तयारीको मजबुत स्थितिमा छौँ ।

हुन पनि भारतले टेष्टको क्षमता तथा दायरामा बृद्धि; क्वारेन्टिन, आइसोलेसनको संख्या, क्षमता र गुणस्तरमा बृध्दि; अस्पतालका ईमर्जेन्सी, वार्डका बेडहरु आईसियुको संख्या क्षमतामा बृध्दि, सघन उपचारको लागि आवश्यक मोनिटर, डिफाईबृलेटर, भेन्टिलेटरको संख्या, आवश्यक तालिम प्राप्त चिकित्सक तथा नर्सहरुको व्यवस्था, कस्ता बिरामीलाई कहाँ कसरी राख्ने, बिरामीको अबस्था अरु बिग्रिएमा वा सुधार आएमा कसरी कुन बाटो प्रयोग गरी व्यवस्थापन गर्ने, अस्पतालको हातामा लासहरुको कसरी व्यवस्थापन गरी त्यसबाट अरुलाई रोग सार्नबाट बचाउने, आदि जस्ता गम्भीर अर्थ राख्ने साना साना मुद्दाहरूको बारेमा योजना बनाउने, त्यस अनुसार व्यवस्था गर्ने, रणनीति बनाउने र विपद व्यवस्थापनको लागि प्राक्टिस गर्ने काममा केन्द्रिय सरकारदेखि राज्य सरकार हरुले एक मत र ध्यानका साथ आफ्नो पुरै शक्ति र समय होमेका छन् ।

भारतमा प्रदेशका स्वास्थ्य मन्त्रीहरु समेत स्वास्थ्य सचिव र अन्य उच्च अधिकारीहरुको टिमका साथ आफै खटिएर क्वारेन्टिन, आइसोलेसन र AIIMS, PGI लगायतका सबै अस्पतालहरुमा नियमित रुपमा आफैं पुगेर अस्पतालका वार्ड, इमर्जेन्सी, आईसियु र शवगृह लगायत सबै कक्षहरुको निरीक्षण गर्ने, अस्पतालको योजना र रणनीति बुझ्ने, साना साना तर ठूलो महत्व राख्ने कुराहरु बारे उत्सुकताका साथ प्रश्न राख्ने, छलफल गर्ने, त्यसमा आफ्नो धारणा राख्ने र उचित लागेको सल्लाह र निर्देशन दिने काममा खटिएका थिए। आज एक अरब २५ करोड जनसंख्या भएको भारतमा संक्रमितको संख्या १ लाख ५८ हजार ४ शय १५  पुग्दा मृत्यु हुनेको संख्या ४ हजारमा ५ सय ३४ सीमित छ। हामीले कुनै पनि देशको राम्रो कुरा सिक्नु पर्दछ। हामीले पनि ठोस योजना, जनशक्ति तथा भौतिक संरचनाहरुको व्यवस्थापन, महामारीसंग लड्ने रणनीति र विपद अवस्थाको व्यवस्थापन कसरी पूरा गर्ने भन्नेबारे हरेक आइसोलेसन सेन्टर, हरेक अस्पताल र आईसियु तथा शल्य कक्षमा संक्रमित बिरामीहरुको संख्या थेग्न नसक्ने भयो भने कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सोच बनाई हरेक कुराको अहिलेदेखि नै व्यवस्थापन गर्दै त्यसको रिहर्सल गर्नु आबश्यक देखिन्छ।

गर्नैपर्ने तयारीका कुरा

कोभिड– १९ बाट डराउने, तर्सिने बानी  पटक्कै पटक्कै गर्नु हुदैन; त्यसो भन्दैमा हामीले कुनै किसिमको लापरवाही पनि गर्नु हुँदैन। हामीले यसमाथि विजय प्राप्त गर्न दृढ इच्छाशक्ति राख्नैपर्छ। कोरोना कसैलाई सर्दैमा सबैको मृत्यु हुने पनि हैन। संक्रमित भएकामध्ये बीस प्रतिशतलाई अस्पतालमा भर्ना गर्नु पर्न सक्छ। तीन देखि पाँच प्रतिशतलाई आईसियु सेवा दिनुपर्ने हुन सक्छ। धेरैजसो मृत्यु तीन प्रतिशतभन्दा कममा भएको देखिन्छ। संक्रमण भयो भने पनि समयमा नै चिकित्सकको सल्लाह लिई त्यसको पालना गर्दै उच्च मनोबलको साथ स्वस्थ बानी ब्यहोरा अपनाउन सक्यौं भने हामीले यसमाथि विजय हासिल गर्न सक्ने छौँ । त्यस्तै यो रोग नियन्त्रणको लागि सरकारले चालेका कदमहरुलाई आत्मसात गर्दै साथ र सहयोग गर्यौ भने हामीले आफ्नो र हामी सबैको क्षति हुनबाट बचाउन सक्ने छौँ र यस महा-विपत्तिमाथि विजय हासिल गरेर नै छोडने छौँ ।

लेखक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,वीर अस्पतालको  मेडिकलविभागमासिनियर कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत छन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.