केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोरोना भाइरसका फरक परीक्षण र तिनका रिपोर्टहरुलाई कसरी बुझ्ने ?

आरडीटी, पीसीआर लगायतका कोरोना परीक्षणहरुको सरलीकृत जानकारी : कोरोनाको महामारी भित्रिन र फैलिन नदिन गर्नैपर्ने कामहरु

person explore access_timeबैशाख २३, २०७७ chat_bubble_outline0

प्रत्येक दिन हामीले कोरोनाको ल्याब परीक्षणको रिपोर्टहरु एउटा टेस्टमा पोजिटिभ त अर्कोमा नेगेटिभ, कुनैमा दुवै पोजिटिभ त कुनैमा दुवै नेगेटिभ भनी सुन्ने गरेका छौँ  । यसबाट जनमानसमा केही अलमल जस्तो विभिन्न भ्रम, आशङ्का र अडकलबाजी भएको पाइन्छ  । यी टेस्टहरुको विश्लेषण गर्न हरेक नेपाली नागरिकले जान्नैपर्ने आजको आवश्यकता र चुनौती हुन गएको छ  । जबसम्म हामीले यी तथ्यको यथार्थ जानकारी हासिल गरी विश्लेषण गर्न सक्दैनौं, तबसम्म हामी मनभित्रैबाट जागरुक हुन सक्दैनौँ  । एकले अर्कोलाई उत्प्रेरित गराउन सक्दैनौँ  । कहाँ कमजोरी भएको हो थाहा पाउन सक्दैनौँ  । यस्ता विभिन्न तथ्य र तिनका विश्लेषण स्वयं हरेक तहका नागरिकले नबुझे कोरोनाबाट मुक्ति पाउने छैनौँ  ।

विश्व महामारीको रूप धारण गरेको कोरोना भाइरसले धेरै मानिसको ज्यान गएको छ  । यस परिस्थितिमा ल्याब परीक्षण कसरी गर्ने, परीक्षण प्रविधि कुन अपनाउने भन्ने चुनौती सामना गर्न अमेरिकाको सीडीसी (Centre for Disease Control) उपलब्ध प्रविधिलाई इमर्जेन्सी एप्रोभलको रूपमा आकस्मिक स्वीकृति दिँदै काम अगाडि बढाउनुको साथै नयाँ प्रविधिको विकास गर्न तथा ठूलो मात्रामा उत्पादन गर्न प्रेरित गर्‍यो  । केही विकास भएका वा हुँदै गरेका प्रविधि, मेसिनहरुको उत्पादन बढाउन निर्देश गर्‍यो  । बिल्कुलै नयाँ किसिमको भाइरस चिन्नका लागि कुन विधि, प्रविधि सर्वोत्तम हो भन्न लामो समयको अध्ययन, अनुसन्धान पृष्ठभूमिबाट स्थापित आधारभूत रूपमा सबैभन्दा बढी उपयोगी सिद्ध भएको डायग्नोस्टिक औजार कुन हो भन्न सकिने अवस्था थिएन  । कोभ–१९ भाइरसको कम समयमा धेरै मानिस र भौगोलिक क्षेत्रमा सार्ने र धेरैको मृत्यु गराउन सक्ने प्रभाव देखिएको अवस्थामा यो सम्भव नहुनु स्वाभाविक थियो  । त्यसैले तत्कालका लागि उपलब्ध प्रविधिलाई उपयोग गर्दै नयाँ प्रविधिको पनि विकास गर्दै जाने विश्वले लिएको रणनीति आजको अवस्थामा सर्वश्रेष्ठ र जायज छ भन्ने कुरामा कुनै शङ्का छैन  ।


बिल्कुलै नयाँ किसिमको भाइरस चिन्नका लागि कुन विधि, प्रविधि सर्वोत्तम हो भन्न लामो समयको अध्ययन, अनुसन्धान पृष्ठभूमिबाट स्थापित आधारभूत रूपमा सबैभन्दा बढी उपयोगी सिद्ध भएको डायग्नोस्टिक औजार कुन हो भन्न सकिने अवस्था थिएन  । कोभ–१९ भाइरसको कम समयमा धेरै मानिस र भौगोलिक क्षेत्रमा सार्ने र धेरैको मृत्यु गराउन सक्ने प्रभाव देखिएको अवस्थामा यो सम्भव नहुनु स्वाभाविक थियो  । त्यसैले तत्कालका लागि उपलब्ध प्रविधिलाई उपयोग गर्दै नयाँ प्रविधिको पनि विकास गर्दै जाने विश्वले लिएको रणनीति आजको अवस्थामा सर्वश्रेष्ठ र जायज छ भन्ने कुरामा कुनै शङ्का छैन  ।


सबैभन्दा पहिले हाल उपलब्ध र प्रयोगमा आएका परीक्षण विधि तथा तिनका राम्रा तथा कमजोर पक्ष र तिनले दिने दिशानिर्देश बारे छोटकरीमा छलफल गरौँ  ।

साधारणतया कोरोना परीक्षणका लागि तीन किसिमका प्रविधि प्रयोग भएको पाइन्छ  ।

क. आरटीपीसीआर टेस्ट (-Reverse Transcriptase Polymerese Chain Reaction_) रिभर्स ट्रान्स्क्रिप्टेज पोलिमेरेज चेन रियाक्सन टेस्ट) :

यो साधारणतया भाइरसको जेनेटिक कोड– न्युक्लिक एसिड पहिल्याउने विधिमा आधारित मोलेकुलर परीक्षण हो  । कोरोनाको निदानका लागि यो प्रविधि हाल सबैभन्दा बढी विश्वव्यापी रूपमा प्रयोग भइरहेको छ  । कोभिड–१९ का बिरामीको अग्रिम पहिचानको लागि यो सबैभन्दा भरपर्दो निदान विधि हो  । यो दशकौँदेखि नै विभिन्न भाइरसको निदान तथा अनुसन्धानको लागि प्रयोग भइरहेको स्थापित प्रविधि रिभर्स ट्रान्स्क्रिप्टेज पोलिमेरेज चेन रियाक्सन (आरटी–पीसीआर) मा आधारित विधि हो  ।

व्यक्तिमा कोभिड–१९ भाइरसको सङ्क्रमण भएपछि त्यसको लक्षणहरु देखापर्न २ देखि १४ दिनसम्म समय लाग्छ  । औसतमा भन्नुपर्दा ५, ६ दिनको समय लाग्न सक्छ  । तर नोबेल कोरोना भाइरसको आरएनए सङ्क्रमण भएको पहिलो दिनदेखि ८ हप्तासम्म सङ्क्रमित व्यक्तिको रगतमा रहन्छ  । त्यसैले यो टेस्टबाट कोभ–भाइरसको सङ्क्रमण भएको पहिलो दिनदेखि नै अथवा अर्को शब्दमा भन्ने हो भने कोरोनाको लक्षण देखिनुभन्दा २ देखि १४ दिनअघि वा औसतमा भन्नुपर्दा ६ दिनअघि नै व्यक्ति कोभ–१९ भाइरसबाट सङ्क्रमित भएको छ वा छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी पाउन सकिन्छ  ।

https://www.labmanager.com

यसमा सबैभन्दा पहिले एउटा टुप्पो भागमा पातलो ३ मिलिमिटरभन्दा कम बाक्लो कपासले बेरिएको सिन्का व्यक्तिको नाकको बाटो हुँदै घाँटीको भित्री भागमा पठाएर करिब १५ सेकेन्डसम्म दुवैतिर घुमाएर त्यहाँ जम्मा भएको सिगान, कफ जस्तो बाक्लो पदार्थ (म्युकस)लाई त्यसमा रहेको कपासमा निकालेर कपाससहितको त्यो सिन्कालाई सुरक्षित सीसी वा काट्र्रिजभित्र राखी विशेष प्रविधियुक्त केन्द्रीय ल्याबमा पठाइन्छ  । ... अझ ब्रोन्कोस्कोपीबाट स्वासप्रस्वास प्रणालीको तल्लो भागबाट निकालिएको स्याम्पलमा सबैभन्दा बढी भाइरस देखिने सम्भावना हुन्छ  । तर व्यावहारिक हिसाबले त्यो सबैलाई गर्न सम्भव हुँदैन  ।


अ) आरटीपीसीआर टेस्टको प्रक्रिया :

यसमा सबैभन्दा पहिले एउटा टुप्पो भागमा पातलो ३ मिलिमिटरभन्दा कम बाक्लो कपासले बेरिएको सिन्का व्यक्तिको नाकको बाटो हुँदै घाँटीको भित्री भागमा पठाएर करिब १५ सेकेन्डसम्म दुवैतिर घुमाएर त्यहाँ जम्मा भएको सिगान, कफ जस्तो बाक्लो पदार्थ (म्युकस)लाई त्यसमा रहेको कपासमा निकालेर कपाससहितको त्यो सिन्कालाई सुरक्षित सीसी वा काट्र्रिजभित्र राखी विशेष प्रविधियुक्त केन्द्रीय ल्याबमा पठाइन्छ  । मुखको बाटो हुँदै घाँटीको भागबाट पनि यसरी नै स्याम्पल लिन सकिन्छ  । त्यस्तै खोक्दा भित्रबाट निस्केको खकारलाई पनि स्याम्पलका रूपमा पठाउन सकिन्छ  । अझ ब्रोन्कोस्कोपीबाट स्वासप्रस्वास प्रणालीको तल्लो भागबाट निकालिएको स्याम्पलमा सबैभन्दा बढी भाइरस देखिने सम्भावना हुन्छ  । तर व्यावहारिक हिसाबले त्यो सबैलाई गर्न सम्भव हुँदैन  ।

ल्याबमा विभिन्न केमिकलहरु प्रयोग गरी त्यसमा रहेका प्रोटिन, फ्याट तथा अन्य मोलेक्युलहरुलाई हटाएर भाइरसका न्युक्लिक एसिडलाई सुरक्षित निकालिन्छ, जसभित्र भाइरसको आरएनए रहेको हुन्छ  । त्यसपछि रिभर्स ट्रान्सक्रिप्टेज पोलिमेरेज चेन रियाक्सन विधिको प्रयोगबाट भाइरसको आरएनएको आनुवंशिक तत्व स्थानान्तरित गरी त्यसलाई डीएनएमा रूपान्तरण गराइन्छ  । त्यसपछि त्यसलाई केही केमिकलसहित आरटी–पीसीआर मेसिनमा राखिन्छ  । करिब ३० हजार न्युक्लिओटाइड्सबाट डीएनए बनेको हुन्छ, जसलाई बिल्डिङ ब्लक्स पनि भनिन्छ  । कोभ–१९ भाइरससँग सम्बद्ध केवल १०० वटा न्युक्लिओटाइड्स (Nucleotides) लाई टार्गेट गर्ने गरी मेसिन सेट गराइएको हुन्छ  । त्यसपछि उक्त मेसिनमा थर्मल साइक्लिङ विधिबाट तापक्रम बढाउने र घटाउने प्रक्रियाको चालिस साइकलपछि यो एउटा डीएनए उस्तै आकार र गुण भएका अनगिन्ती ३५ बिलियनको सङ्ख्याका डीएनएका कपीहरुमा परिणत हुन जाने हुँदा त्यसलाई अध्ययन गर्न सजिलो हुन्छ  । विशेष किसिमको फ्लुओरेस्सेन्ट लाइट सिग्नल भाइरल डीएनएहरुमा पठाउँदा उक्त सिग्नल डीएनएसँग मिलेर अलग किसिमको प्रकाश निकाल्छन्, जसलाई मेसिनले रिड गरेर नतिजा देखाउन सक्दछ  । यदि स्याम्पल भित्रबाट निस्केका प्रकाशको इन्टेन्सिटी निश्चित थ्रेसहोल्डभन्दा बढी पुगेमा त्यसलाई पोजिटिभको रूपमा लिइन्छ भनेस कम भएमा नेगेटिभको रूपमा लिइन्छ  ।

अर्को कुरा यस प्रविधिमा भाइरस चिन्नका लागि प्रयोग भएको तापक्रमको साइकल जति कम आवश्यक पर्‍यो त्यति बढी उक्त स्याम्पलमा भाइरस छ भन्ने बुझिन्छ  ।

आरटीपीसीआर(RT-PCR) टेस्टका राम्रा पक्ष

१. यो प्रविधिको परीक्षणलाई विश्वभरिका वैज्ञानिक तथा चिकित्सकले बृहत् रूपमा प्रमाणित र बलियो प्रविधि मान्दछन्  ।

२. यसले वर्तमान अवस्थामा व्यक्ति भाइरसबाट सक्रिय रूपमा सङ्क्रमित भए नभएको स्पष्ट दिशानिर्देश गर्न सक्छ, अर्थात यसले वर्तमान समयमा पोजिटिभलाई पोजिटिभ र नेगेटिभनलाई नेगेटिभ स्पष्ट भन्न सक्छ  । चीनको अनुभवमा यो टेस्टको एक्युरेसी ६० देखि ७० प्रतिशत मानिएको छ  ।

३. यसको नतिजाबाट व्यक्ति सङ्क्रमित भएको दिनदेखि नै पोजेटिभ भए नभएको स्पष्ट जानकारी, छ वा छैनमा दिन सक्छ अथवा लक्षण भएको वा नभएको अवस्थामा पनि यसले सङ्क्रमण भए नभएको स्पष्ट जानकारी दिन सक्छ  ।


यस परीक्षणको नतिजाको सेन्सिटिभिटी (Sensitivity)  र इस्पेसिसिटी (Specificity)  र पोजिटिभ प्रोडक्टिभ भ्याल्यु (Positive Productive Value)  अन्य टेस्टको भन्दा बढी हुने मानिएकोले यसलाई भरपर्दो विधि मानिन्छ  । तर यसको सेन्सिटिभिटीलाई सङ्क्रमण भएको कुन समयमा स्याम्पल लिइएको छ, स्याम्पलको किसिम वा स्रोत र गुणस्तरीयता कस्तो छ, सङ्क्रमण भएपछिको कुन समयमा जाँच प्रक्रिया गरिँदै छ, कत्तिको सही टेकनिक अपनाइएको छ आदि कुराले प्रभाव पार्न सक्छ  ।


४. यस परीक्षणको नतिजाको सेन्सिटिभिटी (Sensitivity)  र इस्पेसिसिटी (Specificity)  र पोजिटिभ प्रोडक्टिभ भ्याल्यु (Positive Productive Value)  अन्य टेस्टको भन्दा बढी हुने मानिएकोले यसलाई भरपर्दो विधि मानिन्छ  । तर यसको सेन्सिटिभिटीलाई सङ्क्रमण भएको कुन समयमा स्याम्पल लिइएको छ, स्याम्पलको किसिम वा स्रोत र गुणस्तरीयता कस्तो छ, सङ्क्रमण भएपछिको कुन समयमा जाँच प्रक्रिया गरिँदै छ, कत्तिको सही टेकनिक अपनाइएको छ आदि कुराले प्रभाव पार्न सक्छ  । यसको सेन्सिटिभिटी सङ्क्रमण भएको पहिलो हप्तामा ६७ प्रतिशत जति हुन्छ भने दोस्रो हप्तामा ५४ प्रतिशत, तेस्रो हप्तामा ४५ प्रतिशत र त्यसपछि कम हुँदै जाने मानिएको छ  ।

५. त्यस्तै यसबाट ट्रू–पोजिटिभ रिपोर्ट (True Positive) रिपोर्ट आउने सम्भावना बढी हुन्छ भने फल्स पोजेटिभ आउने चान्स धेरै कम हुने मानिएको छ अथवा यसले करिब सबैजसो सङ्क्रमित स्याम्पललाई पोजिटिभ देखाउन सक्छ भने सबैजसो सङ्क्रमण नभएको नर्मल स्याम्पललाई नेगेटिभ देखाउन सक्छ  ।

६. शङ्कास्पद क्षेत्रबाट आएका वा सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका तर कोरोनाको लक्षण नदेखिएका मानिसहरुमा पनि यस परीक्षणले सङ्क्रमित भएको वा नभएको निश्चित ठोस जानकारी दिन्छ  । यस प्रकार सङ्क्रमित भएर पनि एसिम्प्टोमाटिक (Asymptomatic) भएका मानिसहरुले उति नै स्वस्थ मानिसहरूलाई रोग फैलाउन सक्ने भएकोले यस्ता मानिसहरूलाई समयमै पहिचान गरी आइसोलेसन वा अस्पतालमा राखी रोग फैलिनबाट बचाउन सकिन्छ  ।

 आरटीपीसीआर(RT-PCR)  काकमजोर पक्षहरु :

१. यस परीक्षणबाट वर्तमान समयमा पोजिटिभ नदेखाएको अवस्थामा सङ्क्रमण हुँदै नभएको हो वा सङ्क्रमण भएर निको भैसकेको हो भन्ने कुराको स्पष्ट जानकारी दिन सक्दैन  ।

२. सङ्क्रमित मानिसको श्वासप्रश्वास प्रणालीको विभिन्न भागमा अवस्थित हुन सक्ने भाइरसको घनत्व व्यक्ति व्यक्तिमा समयअनुसार फरक हुन सक्छ  । त्यसैले व्यक्ति सङ्क्रमित भए पनि यात नाकको पछाडि हुँदै घाँटीको भागबाट लिइएको थ्रोट स्वाब (Throat Swab) स्याम्पलमा वा खोक्दा भित्रबाट निस्केको खकारको स्याम्पल दुईमध्य एक स्याम्पलमा मात्र पोजिटिभ देखिने हुन सक्छ अथवा दुवैबाट लिइएको स्याम्पलमा पनि व्यक्ति सङ्क्रमित भएर पनि नदेखिने भई फल्स नेगेटिभ (False Negetive) रिपोर्ट आउन सक्छ  । अतः स्याम्पलको गुणस्तरीयताले रिपोर्टको सत्यतामा प्रभाव पार्न सक्छ  । श्वासप्रश्वास प्रणालीको तल्लो भागबाट क्याथेटर (Catheter) वा ब्रोङ्कोसकोपी (Bronchoscopy) को मद्दतले लिएको स्याम्पलमा कोभ–१९ भाइरस देखिने सम्भावना सबैभन्दा बढी हुन्छ  ।


व्यक्ति सङ्क्रमित भए पनि यात नाकको पछाडि हुँदै घाँटीको भागबाट लिइएको थ्रोट स्वाब (Throat Swab) स्याम्पलमा वा खोक्दा भित्रबाट निस्केको खकारको स्याम्पल दुईमध्य एक स्याम्पलमा मात्र पोजिटिभ देखिने हुन सक्छ अथवा दुवैबाट लिइएको स्याम्पलमा पनि व्यक्ति सङ्क्रमित भएर पनि नदेखिने भई फल्स नेगेटिभ (False Negetive) रिपोर्ट आउन सक्छ  । अतः स्याम्पलको गुणस्तरीयताले रिपोर्टको सत्यतामा प्रभाव पार्न सक्छ  ।


३. अमेरिकामा २०५ जना कोभिड सङ्क्रमित मानिसहरूका विभिन्न भागबाट स्याम्पल लिएर पीसीआर टेस्ट गरिएको एउटा अध्ययनमा सबभन्दा बढी ९५ प्रतिशतमा श्वासप्रश्वास प्रणालीको तल्लो भागबाट लिएको स्याम्पलमा, ७२ प्रतिशतमा खकारको स्याम्पलमा र ३२ प्रतिशतमा मुखको बाटो भएर घाँटीबाट लिइएको स्याम्पलमा कोभ–१९ भाइरसको आरएनए पाइएको थियो  । यसबाट भाइरल आरएनएको लेभेल घाँटीबाट लिएको स्याम्पलमा भन्दा नाकभित्रबाट लिइएको स्याम्पलमा बढी देखिने र सबैभन्दा बढी श्वासप्रश्वास प्रणालीको तल्लो भागबाट लिइएको स्याम्पलमा देखिन्छ भन्ने स्पष्ट हुन्छ ।

३. नाक वा घाँटीबाट निकालिने थ्रोट स्वाबको मान्यता कोभ–१९ भाइरसको सङ्क्रमणको पहिलो हप्तासम्म मात्र विश्वासिलो हुन्छ  । एक हप्ता पछि कोभ–१९ भाइरस घाँटीबाट हराउने र त्यसपछि फोक्सोमा गुणात्मक सङ्ख्यामा फैलिने भएकाले सक्सन क्याथेटरको मद्दतले श्वास नलीको भित्री तल्लो भागबाट लिइएको स्याम्पलमा देखिने सम्भावना बढी हुन्छ  । त्यस्तै खोक्दा भित्रैबाट कफ निस्केको खण्डमा त्यसमा भाइरस देखिने सम्भावना थ्रोट स्वाबमा भन्दा बढी हुन्छ  । अझ ब्रोन्कोस्कोप मसिनको सहायताले श्वासनलीभित्र तल्लो भागबाट निकालिएको स्याम्पलमा सबैभन्दा बढी भाइरस देखिने सम्भवना हुन्छ  । तर पेन्डेमिकको समयमा यो व्यावहारिक हिसाबले सम्भव हुँदैन ।

४. नाक वा मुखको बाटो भएर पछाडि घाँटीबाट स्वाब लिने प्रक्रियामा टेक्निसियनको संयमता, धैर्यता र कुशलता सही गुणको स्याम्पल र त्यसले दिने रिपोर्टका लागि महत्त्वपूर्ण हुन्छ  । किनकि यो स्याम्पल निकाल्ने प्रक्रिया कसैलाई पनि राम्रो लाग्ने वा मनपर्ने प्रक्रिया हैन  । प्राविधिकले उसको नाक र मुखको अगाडिबाट स्याम्पल निकाल्नुपर्ने भएकाले हरेक पल उसलाई आफूलाई नै सर्ने हो कि भन्ने डर हुन्छ  । त्यसैले उसले बढी समय दिन नचाहने भई काम मात्र छिटो सक्नेमा मात्र ध्यान केन्द्रित हुन जाने मानवीय कमजोरी रहन सक्ने सम्भावना रहन सक्छ ।

हाम्रो सन्दर्भमा यसबाट बच्नका लागि हात र पाखुरा मात्र छिराउन मिल्ने प्वाल बनाएर प्राविधिक भित्र कोठामा बसेर बाहिर रहेको व्यक्तिको स्याम्पल निकाल्ने व्यवस्था गरिएमा यो समस्या हल हुनसक्छ ।

५. स्याम्पल लिएपछि त्यसका लागि स्वीकृत गरिएको स्पेसल भाइरस ट्रान्स्फर मिडियम Virus Transfer Medium (भीटीएम) ९ डिग्री सेन्टिग्रेडको तापक्रम मिलाएर केन्द्रीय ल्याबमा ट्रान्स्पोर्ट गर्नुपर्ने हुन्छ  । उल्लेख्य विधिमा कमजोरी भएमा स्याम्पलको गुणस्तरीयता बिग्रनुको साथै भाइरस फैलिने डर हुन्छ ।

धेरै समयपछिको स्याम्पलमा भन्दा ताजा स्याम्पलमा भाइरसको आरएनए देखिने सम्भावना बढी हुन्छ  । यो टेस्टमा स्याम्पलको गुणस्तरीयता महत्त्वपूर्ण हुन्छ ।

६. यो टेस्ट दक्ष प्राविधिकबाट उच्च प्रविधि युक्त केन्द्रीय ल्याबमा मात्र गर्न सकिन्छ  । आरटी–पीसीआर मसिन चाहिने भएकोले यो परीक्षण फिल्डमा वा हट्स्पटमा गर्न सम्भव हुँदैन ।

७. यो टेस्ट र्‍यापिड टेस्टभन्दा धेरै समय लाग्ने परीक्षण विधि हो  । बिरामीको स्याम्पल केन्द्रीय ल्याबमा पुर्‍याएर परीक्षण प्रक्रिया सुरु गरेपछि रिपोर्ट निकाल्न कम्तीमा दुईदेखि चार घण्टा समय लाग्छ  । तर यदि टाढाबाट केन्द्रीकृत ल्याबमा स्याम्पल पठाउनु पर्ने भएमा दुईदेखि चार दिनसम्म समय लाग्न सक्छ  । हाल हाम्रो सेन्ट्रल ल्याब टेकुमा १२ देखि ९६ वटा स्याम्पल मात्र एकै पल्ट हेर्न सकिने मसिन छ  । व्यस्तता हेरेर सकेसम्म ६ घण्टाभित्र रिपोर्ट दिने व्यवस्था गरिएको छ ।

८. बीचबीचमा केमिकल तथा रियाजेन्ट्सको अभावमा परीक्षण प्रक्रिया रोक्नुपर्ने हुन्छ  । आवश्यकताभन्दा कम उत्पादन क्षमता र कम आपूर्तिको कारणले थुप्रै देशले बीचबीचमा यो समस्या भोगेको अनुभव छ  । हाल बिस्तारै यसमा सुधार भएको स्थिति छ ।

कहिलेकाहीँ अस्पष्ट वा अनिश्चित रिपोर्ट आएको अवस्थामा चिकित्सकले बिरामीको बारेमा थप छलफल गरी कोरोना डायग्नोसिसको लागि गर्ने गरिएका स्पेसिफिक टेस्टबाहेक रगतका अन्य अप्रत्यक्ष रूपमा कोरोनाको पक्षमा समर्थन गर्ने रगतका अन्य ल्याब टेस्टहरुको लागि निर्देशन दिनुपर्छ  । बिरामीका लक्षण तथा अन्य आधारहरु कोभिड्को पक्षमा बढी भएमा त्यसलाई पोजेटिभ मानी उपचार सुरु गर्नुपर्छ ।

९. कहिलेकाहीँ अरू भाइरससँग क्रस रियाक्टिभिटी (Cross Reactivity) हुनाले कोरोनाको सङ्क्रमण नभए पनि फल्स पोजिटिभ नतिजा देखिन सक्छ ।

१०. कहिलेकाहीँ यो प्रक्रियामा धेरै पटक रिपिट गरेपछि मात्र सही रिपोर्ट पाउन सकिन्छ  । चीनमा ५१ जना अस्पतालमा भर्ना भएका मानिसहरूमा गरिएको एउटा अध्ययनमा २९ प्रतिशत बिरामीमा घाँटीबाट लिइएको स्याम्पलमा पटक पटक यो टेस्ट नेगेटिभ पाइएको थियो  । त्यस्तै सिङ्गापुरमा ७० जना मानिसमा गरिएको अध्ययनमा ११ प्रतिशत मानिसमा पटकपटक नेगेटिभ रिपोर्ट पाइएको थियो  । दुवै अध्ययनमा ४ पटकभन्दा बढी पल्ट यो टेस्ट गरेपछि मात्र पोजिटिभ रिपोर्ट देखिएको थियो ।

११. गुणस्तरीय केमिकल र रियाजेन्टहरुको अभावमा व्यक्ति सङ्क्रमित नभए पनि फल्स पोजिटिभ रिपोर्ट आउन सक्छ ।

स्वयम सीडीसी  (Centre for Disease Control) को सुरुका दिनका अनुभवमा एउटा केमिकलले कोभ–१९ कोरोना भाइरसलाई जस्तो अन्य किसिमका कोरोना भाइरसको जिनले पनि प्रतिक्रिया गरेको पाइयो  । यसबाट फल्स पोजेटिभ केस धेरै देखिएको थियो ।

त्यसैले मसिन तथा त्यसको लागि उपलब्ध केमिकल र रियाजेन्ट्सहरु (Chemicals/Reagents)  को गुणस्तरीयता, ल्याब टेक्निसियनको अनुभव तथा गर्ने विधि, स्याम्पल लिने तरिका, स्रोत, पठाउने विधि तथा पठाउन र जाँच सुरु गर्न लागेको समय, यी सबै कारणले सिर्जना गर्न सक्ने स्याम्पलको गुणस्तरहीनता, पीसीआर मसिनको पूर्व तयारी अवस्था, प्राविधिकको तालिम तथा अनुभव, समय अनुसार हुनसक्ने मानवीय कमजोरी आदि सबै कारणले पीसीआर टेस्टको रिपोर्टको सत्यता र विश्वसनीयतामा प्रभाव पार्न सक्छ ।

यी छलफलबाट पनि पीसीआर टेस्टको एउटा नतिजा नै व्यक्तिमा कोभ–१९ को सङ्क्रमण छ वा छैन भन्न पर्याप्त हुँदैन भन्ने तथ्य स्पष्ट हुन्छ ।

धेरै स्याम्पललाई एकैपल्ट जाँच गर्न मिल्ने अटोमेटेड आरटी–पीसीआर  मसिनबाट हुने परीक्षण केन्द्रीय ल्याबबाहेक साना अस्पतालमा गर्न सम्भव हुँदैन  । सेफेईड (Cefeid)  एबोट (Abotte)  जस्ता अमेरिकाका केही स्तरीय कम्पनीले नयाँ जेनेरेसनका कम क्षमता भएका तर पोर्टेबल आरटी–पीसीआर मेसिनहरुको पनि उत्पादन सुरु गरेको छ भने केही सुरु हुने क्रममा छन् । जसले १५ मिनेटदेखि ४५ मिनेटभित्र रिपोर्ट दिन सक्छन्  । साना अस्पतालको लागि कम महँगो र साना मसिनहरु तुलनात्मक धेरै प्रयोगमा ल्याइनुपर्ने हुन्छ ।

आरटीपीसीआर  टेस्टका रिपोर्टलाई कसरी विश्लेषण गर्ने?

क. यदि पीसीआर टेस्टको नतिजा पोजिटिभ देखिएमा वर्तमान समयमा उक्त व्यक्तिको स्याम्पलमा कोभ–१९ भाइरसको सक्रिय सङ्क्रमण छ भन्ने बुझ्नु पर्छ ।

ख. यदि पीसीआर  टेस्टको रिपोर्ट नेगेटिभ भएमा निम्न तथ्यहरु बुझ्नु पर्छ :

१. वर्तमान समयमा व्यक्ति कोभ–१९ भाइरसबाट सङ्क्रमित छैन भन्ने बुझ्नुपर्छ, वा

२. उक्त स्याम्पलमा भाइरस छैन भन्ने वा

३. परीक्षण गरिएको स्याम्पल गुणस्तरीय छैन भन्ने वा  

४. व्यक्ति सङ्क्रमित भएको भए पनि जुन स्रोतबाट स्याम्पल लिएको हो त्यो स्रोतबाट लिइएको स्याम्पलमा भाइरस देखिएन भन्ने । त्यस्तो अवस्थामा घाँटीको स्याम्पल लिइएको थियो भने नाकको स्याम्पल लिने र नाकको स्याम्पल लिइएको थियो भने खकारको स्याम्पल वा श्वासप्रश्वास प्रणालीको तल्लो भागको स्याम्पल लिएर २, ३ दिनपछि फेरि परीक्षण गर्नुपर्छ भन्ने, वा

५. परीक्षण कार्य सङ्क्रमण भएको समयभन्दा अघि वा पछि हुन गएको छ भन्ने वा

६. राम्रोसँग ननिकालिएको वा स्याम्पललाई तयारी गर्ने प्रक्रिया नमिलेकोले गुणस्तरहीन स्याम्पल भएको भन्ने, वा

७. व्यक्तिमा भएको सङ्क्रमण निको भइसकेकोले सक्रिय भाइरस नभेटिएको हुन सक्छ भन्ने,

८. यसैले पुनः अर्को स्रोतबाट स्याम्पल लिएर केही दिनपछि फेरि गर्नुपर्छ भन्ने बुझिन्छ ।

ख. ल्याम्प टेस्ट (लुपमेडिएटेड आइसोथर्मल एम्प्लिफिकेसन टेस्ट(Loop- Mediated Isothermal Amplification Test):

यो आरटी–पीसीआरसँग मिल्दोजुल्दो प्रक्रियामा आधारित परीक्षण विधि हो  । तर यसमा डीएनएका प्रतिलिपि बनाउनका लागि तापक्रम बढाउने र घटाउने प्रक्रियाको साइकलको सट्टा ६० देखि ७० डिग्री सेन्टिग्रेडको स्थिर तापक्रम मिलाएर जाँच प्रक्रिया सम्पन्न गरिन्छ  । आरटी–पीसीआरको तुलनामा यसबाट अझै बढी सङ्ख्यामा डीएनएका कपीहरु बन्छन्  । यसमा रिपोर्ट हेर्नका लागि मेसिनको साटो आँखाबाट नै हेर्न सकिन्छ ।


आरटी–पीसीआरको तुलनामा ल्याम्प टेस्ट अलि नयाँ प्रविधिमा आधारित सामान्य र प्राविधिकलाई तुलनात्मक रूपमा सजिलो हुने उपयोगी परीक्षण विधि हो  । यसमा अन्तिम रियाक्सन मिस्चरमा देखिने धुवाँलोपन वा रङ्गमा देखिने परिवर्तन हेरी पोजिटिभ वा नेगेटिभ भएको निर्क्योल गर्न सकिन्छ  ।


यो आरटी–पीसीआरको तुलनामा अलि नयाँ प्रविधिमा आधारित सामान्य र प्राविधिकलाई तुलनात्मक रूपमा सजिलो हुने उपयोगी परीक्षण विधि हो  । यसमा अन्तिम रियाक्सन मिस्चरमा देखिने धुवाँलोपन वा रङ्गमा देखिने परिवर्तन हेरी पोजिटिभ वा नेगेटिभ भएको निर्क्योल गर्न सकिन्छ  । यसलाई उच्च सेन्सिटिभिटी वा संवेदनशीलता भएको विश्वासिलो परीक्षण विधिको रूपमा मानिएको छ ।

ल्याम्प टेस्ट(LAMP Test)  काराम्रा पक्षहरु :

१. यसबाट कम समयमा २, ३ घण्टाभित्र रिपोर्ट लिन सकिन्छ ।

२. यसको नतिजा आँखाले नै हेरेर भन्न सकिन्छ ।

३. यो सामान्य र सस्तो प्रविधि भएको र सामान्य अस्पतालका ल्याबहरुमा पनि गर्न सकिने भएकोले स्याम्पल लिएर केन्द्रीय ल्याबसम्म पठाउन र आरटी–पीसीआरलाई जस्तो लामो प्रक्रिया सम्पन्न गर्न लाग्ने समय बचाउन सकिन्छ ।

४. साथै यसमा स्याम्पल लिनासाथ हेर्न सकिने भएकोले स्याम्पलको गुणस्तरीयता बिग्रने डर कम हुन्छ ।

४. यसबाट वर्तमान समयमा व्यक्ति सङ्क्रमित छ वा छैन स्पष्ट भन्न सकिन्छ ।

ल्याम्प टेस्टका नराम्रा पक्षहरु :

१. आरटी–पीसीआरको तुलनामा यो प्रविधि नयाँ भएकोले यो लामो समयको अनुसन्धानको पृष्ठभूमिमा आधारित छैन ।

२. यसको निर्माण तथा उत्पादनका लागि आवश्यक वैज्ञानिक आधार बढी जटिल किसिमको छ ।

३. पहिले सङ्क्रमण भएर निको भैसकेको हो वा सङ्क्रमण नै नभएको हो भन्ने बारे यसले स्पष्ट जानकारी दिन सक्दैन ।

४. आरटी–पीसीआरमा जस्तै श्वासप्रश्वास प्रणालीको कुन भागबाट स्याम्पल लिइएको हो त्यो स्रोतअनुसार नतिजालाई प्रभाव पार्न सक्छ ।

ल्याम्प टेस्टको नतिजालाई कसरी विश्लेषण गर्ने?

क. यो टेस्ट पोजिटिभ देखिएमा वर्तमान समयमा व्यक्ति सक्रिय सङ्क्रमणमा छ भन्ने बुझ्नुपर्छ ।

ख. यदि यो टेस्ट नेगेटिभ देखिएमा निम्न कुराहरू बुझ्नुपर्छ :

१. वर्तमान समयमा व्यक्ति सङ्क्रमित छैन,   अथवा

२. परीक्षण गरिएको स्याम्पलमा भाइरस छैन, अथवा

३. यो परीक्षण व्यक्ति सङ्क्रमण हुनुभन्दा अघि वा पछि हुन गएको छ भन्ने, अथवा

४. व्यक्ति पहिले सङ्क्रमित भएको थियो भने पनि हाल निको भैसकेको हुनुपर्छ भन्ने ।

५. त्यसैले रिपोर्ट फल्स नेगेटिभ हैन भन्ने सावित गर्न केही दिनपछि फेरि नयाँ स्रोतबाट स्याम्पल लिएर पुनः परीक्षण गर्नुपर्छ भन्ने बुझ्नु पर्छ ।

 र्‍यापिड टेस्टरसेरोलोजिकल टेस्टरइन्जाइमलिंक्डइम्युनोसर्बेन्ट एसे(Enzyme Linked Immunosorbent Assay-ELISA) एलिसा टेस्ट) :

  र्‍यापिड टेस्ट दुई किसिमका छन् :

क. एन्टिबडी (Antibody) पत्ता लगाउने विधिमा आधारित

ख. एन्टिजेन (Antigen)  पत्ता लगाउने विधिमा आधारित

https://spectrum.ieee.org

सेरोलोजिकल टेस्ट अन्य रोगको लागि पनि प्रयोग हुँदै आएको पुरानै प्रविधिमा आधारित परीक्षण विधि हो  । साधारणतया हाम्रो शरीरमा जिबाणुहरु (एन्टिजेन)ले प्रवेश गरेपछि त्यसविरुद्ध लड्नको निमित्त हाम्रो रगतमा भएको बि–लिम्फोसाइटले बचाउ प्रोटिनहरु पैदा गर्छन् जसलाई इम्युनोग्लोबुलिन वा एन्टिबडी भनिन्छ  । यही इम्युनोग्लोबुलिन व्यक्तिको रगतको स्याम्पलमा छ वा छैन भनी हेरिने परीक्षण नै र्‍यापिड  टेस्ट वा एलिसा टेस्ट हो ।


एन्टिबडी(Antibody)हेर्ने विधिमा आधारित(Rapid Antibody Test)

हाल नेपालमा यस विधिमा आधारित र्‍यापिड डायग्नोस्टिक टेस्ट किट आरडीटी प्रयोगमा ल्याइएको देखिन्छ  । साधारणतया कोभ–१९ भाइरसको सङ्क्रमणपछि व्यक्तिको शरीरमा दुई किसिमको इम्युनोग्लोबुलिनहरु पैदा हुन्छन् ( आईजीएम र आईजीजी इम्युनोग्लोबुली वा एन्टिबडी  आईजीएम इम्युनोग्लोबुलिन कोभ–१९ भाइरसको सङ्क्रमण भएको ८ दिनपछि पैदा भएर २१ दिनपछि शरीरबाट हराउँछ  । यसैले सेरोलोजिकल टेस्ट वा हाल नेपालमा प्रयोग भैरहेको र्‍यापिड  टेस्टमा कोरोनाको सङ्क्रमण भएको ८ दिनपछि मात्र पोजिटिभ देखिन्छ  । अर्थात सङ्क्रमण भएको ८ दिनभित्र यो परीक्षण गरियो भने कोरोनाबाट सङ्क्रमित भएपनि रिपोर्ट नेगेटिभ देखिन्छ  । त्यस्तै आईजीजी एन्टिबडी कोरोना भाइरसको सङ्क्रमण भएको १४ दिनपछि पैदा हुन सुरु भई ४ हप्तामा पिकमा पुग्दै लामो अवधिसम्म रहिरहन्छ भन्ने मानिएको छ ।

अमेरिकामा १७३ जना कोभिड–१९का बिरामीहरुमा गरिएको एउटा अध्ययनमा सङ्क्रमण भएको दिनदेखि एन्टिबडीहरु देखिने मिडियन टाइम आईजीएमको लागि १२ दिन र आईजीजीको लागि १४ दिन लागेको पाइएको थियो  । ४० प्रतिशतभन्दा कम मानिसमा मात्र लक्षण देखिएको पहिलो हप्तामा यस्ता एन्टिबडी पाइएको थियो  । १५ दिनपछि आईजीएम एन्टिबडी ९४ प्रतिशतमा र आईजीजी एन्टिबडी ८० प्रतिशतमा पाइएको थियो ।

 र्‍यापिड  एन्टिबडी टेस्ट(Rapid Antibody Test) को प्रक्रिया :

सेरोलोजिकल टेस्ट अन्य रोगको लागि पनि प्रयोग हुँदै आएको पुरानै प्रविधिमा आधारित परीक्षण विधि हो  । साधारणतया हाम्रो शरीरमा जिबाणुहरु (एन्टिजेन)ले प्रवेश गरेपछि त्यसविरुद्ध लड्नको निमित्त हाम्रो रगतमा भएको बि–लिम्फोसाइटले बचाउ प्रोटिनहरु पैदा गर्छन् जसलाई इम्युनोग्लोबुलिन वा एन्टिबडी भनिन्छ  । यही इम्युनोग्लोबुलिन व्यक्तिको रगतको स्याम्पलमा छ वा छैन भनी हेरिने परीक्षण नै र्‍यापिड  टेस्ट वा एलिसा टेस्ट हो ।

यस्ता र्‍यापिड  किटमा सा–२ (कोभ–१९) भाइरसको स्पेसिफिक भाइरल एन्टिएन्टिजेनहरु त्यसमा रहेको पेपरमा फिक्स गरी प्लास्टिकको केसले बेरिएको हुन्छ ।

जब व्यक्तिको ब्लड अथवा सेरमको स्याम्पल उक्त किटमा राखिन्छ, त्यस स्याम्पलमा कोरोना भाइरसको एन्टिबडी रहेको खण्डमा, यी एन्टिबडीहरु किटको स्पेसल पेपरभित्र रहेका कोभ–१९ भाइरसको खास प्रोटिन–एन्टिजेनसँग टासिन पुग्छन्  । जसलाई खास इन्जाइमले थप मद्दत गर्दछ  । यी दुईका बीच हुने एन्टिजेन–एन्टिबडी रियाक्सनबाट त्यसमा लाइनहरुमा हुन जाने रङ्गको परिवर्तनको आधारमा उक्त स्याम्पल पोजिटिभ वा नेगेटिभ भएको भन्न सकिन्छ  । अथवा उक्त व्यक्तिको स्याम्पलमा इम्युनोग्लोबुलिनहरु (एन्टिबडी) छन् भन्ने बुझिन्छ ।


जब व्यक्तिको ब्लड अथवा सेरमको स्याम्पल उक्त किटमा राखिन्छ, त्यस स्याम्पलमा कोरोना भाइरसको एन्टिबडी रहेको खण्डमा, यी एन्टिबडीहरु किटको स्पेसल पेपरभित्र रहेका कोभ–१९ भाइरसको खास प्रोटिन–एन्टिजेनसँग टासिन पुग्छन्  । जसलाई खास इन्जाइमले थप मद्दत गर्दछ  । यी दुईका बीच हुने एन्टिजेन–एन्टिबडी रियाक्सनबाट त्यसमा लाइनहरुमा हुन जाने रङ्गको परिवर्तनको आधारमा उक्त स्याम्पल पोजिटिभ वा नेगेटिभ भएको भन्न सकिन्छ  ।


यसको विशेषता यो छ कि यो टेस्ट पोजिटिभ देखिएको खण्डमा व्यक्ति कम्तीमा आठ दिनअघि सङ्क्रमित थियो भन्ने बुझ्न सकिन्छ  । यसलाई कन्फर्म गर्न पीसीआर टेस्ट गरिन्छ  । यदि पीसीआर टेस्ट पोजिटिभ भएमा व्यक्ति वर्तमान समयमा सङ्क्रमित छ भन्ने कन्फर्म हुन्छ भने यदि पीसीआर टेस्ट नेगेटिभ भएमा व्यक्तिमा पहिले सङ्क्रमण थियो तर अहिले निको भइसकेको छ भन्ने बुझ्नुपर्छ  । यो टेस्टलाई इम्युनोएसे पनि भनिन्छ ।

र्‍यापिड  एन्टिबडी टेस्टका राम्रा पक्षहरु :

१. यो सस्तो र सामान्य खालको हुनुको साथै कम समयमा धेरैलाई गर्न सकिने टेस्ट हो । यसबाट ३ देखि १३ मिनेटभित्र रिपोर्ट निकाल्न सकिन्छ  । यसमा थुप्रै स्याम्पललाई एकैपटक परीक्षण गर्न सकिने भएकोले महामारीको बेलामा कम सङ्ख्यामा धेरै जनसङ्ख्यालाई स्क्रिनिङ्ग गर्न यसको महत्त्व हुन्छ ।

२. यो दक्ष जनशक्तिबिना सामान्य तालिम लिएका मानिसहरूबाट पनि गर्न सकिने टेस्ट भएकोले यसको लागि ल्याबको जरुरत पर्दैन  । यो फिल्ड वा हटस्पटमा पनि गर्न सकिने टेस्ट हो ।

३. यो र्‍यापिड  एन्टिबडी टेस्टले व्यक्तिमा कुनै लक्षण भए वा नभए पनि सङ्क्रमित भएको एक हप्ताअघिको कुनै पनि समयमा उक्त व्यक्ति पहिले सङ्क्रमित थियो थिएन भन्ने जानकारी दिन सक्छ ।

४. पीसीआर टेस्ट सबैलाई उपलब्ध गर्न नसकिने अवस्थामा व्यक्तिमा कोभिड–१९ रोगको लक्षण भएको वा संवेदनशील स्थानबाट आएको वा कोभिड–१९ को बिरामीको सम्पर्कमा आएको हिस्ट्री भएको अवस्थामा उसलाई कोभिड सङ्क्रमण भएको मानेर यस्ता व्यक्तिलाई पछि पीसीआर टेस्ट गर्ने गरी क्वारेन्टाइनमा पठाउन यो टेस्ट उपयोगी हुनसक्छ ।

५. सङ्क्रमित भएको १ हप्तापछि मात्र यस्ता टेस्टमा पोजेटिभ देखिने भएकोले यस्ता सेरोलोजिकल स्क्रिनिङ गर्ने टेस्टहरु ठूलो स्केलमा व्यापक रूपमा प्रयोगमा ल्याउँदा कुन भूगोलको कति समुदायमा पीसीआर टेस्ट नेगेटिभ पाइएका, सामान्य लक्षण मात्र देखिएका वा रोगका कुनै पनि लक्षण नदेखिएका सब–क्लिनिकल इन्फेक्सन भएका कोभिड–१९ सङ्क्रमित मानिसहरु कति भारी रूपमा समुदायमा फैलिएको रहेछ भन्ने कुराको तस्बिर थाहा हुन सक्छ ।

तर यस्ता टेस्टहरुले दिने रिपोर्टको सत्यताको मूल्याङ्कन र प्रमाणीकरण हुन भने बाँकी नै छ ।

६. यो टेस्टको सेन्सिटिभिटी पहिलो हप्तामा ३८ प्रतिशत हुन्छ भने दोस्रो हप्तामा ९० प्रतिशतसम्म हुन्छ भन्ने मानिएको छ  । तर यसको थप मूल्याङ्कन तथा प्रमाणीकरणको लागि थप अनुसन्धान हुन बाँकी छ ।

७. महामारीको बखतमा पीसीआर टेस्ट धेरैभन्दा धेरै जनसङ्ख्यालाई उपलब्ध गराउन नसकिने अवस्थामा यस्ता र्‍यापिड  एन्टिबडी टेस्टले केही मानिसलाई समात्न वा चिन्न सक्यो भने पनि धेरैलाई फाइदा हुन सक्छ भन्ने अर्थमा यो टेस्टलाई प्रयोगमा ल्याइएको हो । कन्ट्याक्ट ट्रेसिङ तथा निगरानी र सर्भेइलेन्स (Surveillance)  गर्ने काम सँग यो टेस्टलाई उपयोग गर्न सकिन्छ ।


महामारीको बखतमा पीसीआर टेस्ट धेरैभन्दा धेरै जनसङ्ख्यालाई उपलब्ध गराउन नसकिने अवस्थामा यस्ता र्‍यापिड  एन्टिबडी टेस्टले केही मानिसलाई समात्न वा चिन्न सक्यो भने पनि धेरैलाई फाइदा हुन सक्छ भन्ने अर्थमा यो टेस्टलाई प्रयोगमा ल्याइएको हो । कन्ट्याक्ट ट्रेसिङ तथा निगरानी र सर्भेइलेन्स (Surveillance)  गर्ने काम सँग यो टेस्टलाई उपयोग गर्न सकिन्छ ।


८. यसबाट सामान्य लक्षण भएका वा कुनै लक्षण नभएका केकति सङ्ख्याका मानिसहरू समुदायमा छन् भन्ने कुरा पत्ता लगाउन सकिने भएकोले सामान्य मात्र लक्षण भएकोले शङ्का नगरिएका वा लक्षण नै नभएका तर ६, ७ दिन अघि सङ्क्रमित भएको हुन सक्ने मानिसहरूलाई स्वस्थ समुदायबाट अलग आइसोलेसनमा राखी स्वस्थ समुदायमा रोग सर्नबाट केही हदसम्म बचाउन सकिन्छ  । तर यसलाई अन्तिम वा पुष्टि भएको रिपोर्ट (Confirmed Report) को रूपमा लिन भने सकिँदैन ।

९. यसबाट महामारीको बखतमा सक्रिय सङ्क्रमण भएका मानिसहरुको सम्पर्कमा आएका तर कुनै लक्षण नभएका मानिसहरू कति रहेछन् भन्ने अप्रत्यक्ष जानकारी पाउन सकिन्छ ।

साथै समुदायको कति जनसङ्ख्याका समूहमा समुह रोग प्रतिरोध (Herd Immunity)  को विकास भएको रहेछ भन्ने पनि तथ्य पनि थाहा पाउन मद्दत मिल्न सक्छ  । तर इम्युनिटीको सन्दर्भमा थप अनुसन्धान हुन बाँकी छ ।

१०. महामारीको बखतमा सक्रिय सङ्क्रमण भएका मानिसहरुको सम्पर्कमा आएका तर कुनै लक्षण नभएका मानिसहरू कति रहेछन् भन्ने अप्रत्यक्ष जानकारी पाउन सकिन्छ ।

११. एन्टिबडी पोजिटिभ भएका मानिसहरुसँग यो रोगसँग लड्न सक्ने क्षमता हुने मान्यता रहेको हुँदा यस्ता बिरामीलाई आफ्नो काम कम सङ्कोचका साथ गर्न अनुमति दिन सकिन्छ  । तर सङ्क्रमित व्यक्तिमा विकसित भएको एन्टिबडीले कति पछिसम्म र कुन मात्रामा यो भाइरसबाट इम्युनिटी दिन्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको भने छैन ।

१२. यस्ता व्यक्तिको रगतमा रोगसँग लड्ने एन्टिबडी हुने हुँदा यिनको रगतबाट प्लाज्मा निकालेर विभिन्न देशमा कोरोना सङ्क्रमणबाट मृत्युसँग लडिरहेका मानिसलाई दिने गरिएको र त्यसबाट केहीमा फाइदा भएको प्रारम्भिक रिपोर्ट आएको भए पनि पछिल्लो समयमा मिश्रित नतिजा देखिएको छ  । हालसम्म यसलाई उपचारको निमित्त उपयोगी भएको भनी ठूलो स्केलको अध्ययनबाट प्रमाणित भई स्थापित भइसकेकोको अवस्था छैन ।

१३. कहिलेकाहीँ ढिलो गरी उपचारका लागि आएका मानिसमा डायग्नोसिसको पनि काम गर्न सक्छ ।

र्‍यापिड  एन्टिबडी टेस्टका कमजोर पक्षहरु :

१. यदि कुनै मानिसको रगतको स्याम्पल सङ्क्रमित भएको ८ दिनभित्र र्‍यापिड  किट टेस्टबाट परीक्षण गरिएमा व्यक्ति सङ्क्रमित भए पनि यो टेस्टमा पोजिटिभ देख्न सकिँदैन अथवा सो अवधिभित्र फल्स नेगेटिभ रिपोर्ट निस्कने चान्स बढी हुन्छ  । कोभ–१९ भाइरसको सङ्क्रमण पछि शरीरमा एन्टिबडी बन्न ८ दिन लाग्ने भएकोले सङ्क्रमित भएको ८ दिनपछि परीक्षण गरे मात्र यो टेस्ट पोजिटिभ देख्न सकिने हुन्छ  ।

२. कोरोना भाइरसका सातवटा किसिम मध्ये चारवटा हाम्रो नजिकको वातावरणमा नै हुन्छन्, जसले आफैँ सञ्चो हुने खालका सामान्य रुघाखोकी लगाउने खालका हुन्छन्  । बाँकी दुई मध्ये एउटाले सन् २००२–२००३ मा चीन, हङकङ, कोरिया आदि देशमा फैलाएको जस्तो सार्स (SARS) फ्लूको महामारी र अर्कोले २०१४ मा मिडिलइस्टमा फैलाएको फ्ल्युको महामारी जस्तो मर्स (MARS) फ्लू गराउन सक्छन  । यी मध्ये कुनै पनि कोरोना भाइरसको एन्टिबडी व्यक्तिको रगतमा भएको खण्डमा कोभ–१९ भाइरसको एन्टिबडीले जस्तै र्‍यापिड  किटको एन्टिजेन प्रोटिनसँग रियाक्ट गरी फल्स पोजिटिभ रिजल्ट दिन सक्छन्  । यसलाई क्रस रियाक्टिभिटी भनिन्छ  । तर यीमध्ये कुनै पनि कोरोना भाइरसको सङ्क्रमण सँगसँगै कोभ–१९ भाइरसको पनि सङ्क्रमण हुँदैन भन्ने चाहिँ पटक्कै हैन ।

३. प्यान्डेमिकको सुरुवातसँगै आधुनिक प्रविधियुक्त ल्याबमा मात्र गर्न सकिने मोलेकुलर पीसीआर  ल्याब टेस्टका लागि आवश्यक औजार, केमिकल तथा रियाजेन्ट्सको आपूर्ति गर्ने क्षमतामा गम्भीर रूपमा कमी हुन गयो  । त्यसपछि विभिन्न कम्पनीले ल्याब बाहिर फिल्डमा गर्न सकिने यस्ता र्‍यापिड  टेस्ट किटहरु बिक्री गर्न सुरु गरे  । डब्लूएचओले नयाँ विचार प्रयोग गरी विश्व जनसङ्ख्याको आवश्यकता पूरा गर्न समर्थन मात्र गर्‍यो  । अहिलेसम्म डब्लूएचओले यस्ता किटहरुलाई अध्ययन अनुसन्धानका लागि मात्र प्रयोग गर्न अनुमति दिएको छ  । तर व्यक्तिमा उपचारको लागि कोभ–१९ भाइरसको सङ्क्रमण भएको छ वा छैन भनी हेर्नका लागि यो टेस्टलाई प्रयोगमा ल्याउन अनुमति दिएको छैन ।


प्रभावकारी ट्रेसिङ्ग, ट्रयाकिङ, निगरानी हुन नसकेको कुन भूगोलका कति जनसङ्ख्यामा रोग फैलिएको छ भन्ने अप्रत्यक्ष रूपमा थाहा पाउन र यो टेस्टको आफ्नै विश्वसनीयता कति छ भन्ने थाहा पाउन मात्र यसको प्रयोगको लागि सिफारिश गरेको हो  । रोग छ वा छैन भनी उपचारात्मक क्लिनिकल निर्णय गर्नको लागि अध्ययन अनुसन्धानबाट प्रमाणहरु स्पष्ट नभएसम्म यसलाई प्रयोगमा ल्याउन स्वीकृति दिइएको हैन  ।


प्रभावकारी ट्रेसिङ्ग, ट्रयाकिङ, निगरानी हुन नसकेको कुन भूगोलका कति जनसङ्ख्यामा रोग फैलिएको छ भन्ने अप्रत्यक्ष रूपमा थाहा पाउन र यो टेस्टको आफ्नै विश्वसनीयता कति छ भन्ने थाहा पाउन मात्र यसको प्रयोगको लागि सिफारिश गरेको हो  । रोग छ वा छैन भनी उपचारात्मक क्लिनिकल निर्णय गर्नको लागि अध्ययन अनुसन्धानबाट प्रमाणहरु स्पष्ट नभएसम्म यसलाई प्रयोगमा ल्याउन स्वीकृति दिइएको हैन  । त्यसैले कोभ–१९ को क्लिनिकल डायग्नोसिस गर्न र यसको रिपोर्टको आधारमा कोभ–१९ को सङ्क्रमण छैन भनी पन्छाउनको लागि यो टेस्टलाई प्रयोगमा ल्याउनको लागि अमेरिकाको एफडीए  Pkm8LP  (Food and Drug Administration) ले पनि स्वीकृति दिएको छैन ।

४. र्‍यापिड  टेस्टहरु कोरोना भाइरसको निदानको लागि स्थापित परीक्षण विधि हैन  । त्यसैले कोरोनाको निदानको लागि यसको नतिजा कत्तिको सही हुन्छ भन्ने कुरा अध्ययन र मूल्याङ्कनकै अवस्थामा छ  । यस परीक्षणले दिने रिपोर्टको सत्यता र विश्वसनीयताको थप वैधानिकता तथा प्रमाणीकरण हुन बाँकी छ ।

५. यो टेस्टले सङ्क्रमण नभएका मानिसलाई फल्स पोजिटिभ रिपोर्ट दिने र सङ्क्रमण भएका मानिसलाई फल्स नेगेटिभ रिपोर्ट दिने सम्भावना रहन्छ ।

६. धेरैजसो एन्टिबडी रेस्पोन्स रिकभरी स्टेजमा या दोस्रो हप्तामा मात्र विकास भएको पाइएको छ  । जतिखेर रोग फैलिनबाट रोक्नको लागि अत्यावश्यक क्लिनिकल तथा इपिडेमिओलोजिकल हस्तक्षेपपूर्ण औजारहरु प्रयोग गर्ने महत्त्वपूर्ण समय बितिसकेको हुन्छ, त्यस्तै त्यतिखेरसम्म अरू समुदायलाई रोग फैलाइसकेको हुन्छ ।

७. अर्को कुरा आरडीटी टेस्टले देखाउने भनिएको एन्टिबडी कति बृहत रूपमा, कति कम वा बढी मात्रामा, कति समयसम्म र कति स्थिर रूपमा पैदा हुन्छ, भन्ने कुरा नै अहिले विश्वभरी विवाद, अध्ययन र मूल्याङ्कनको विषय बनेको छ ।

८. आरडीटीबाट देखिएको एन्टिबडीले व्यक्तिलाई फेरि कोरोनाको पुनः सङ्क्रमण हुनबाट बचाउँछ भन्ने बारेमा अहिलेसम्म कुनै स्पष्ट प्रमाण भेटिएको छैन ।

९. कोभिड–१९ बाट ग्रसित कतिपय मानिसहरूमा यस्ता एन्टिबडीहरु कतिपयमा कमजोर मात्रामा मात्रै थोरै बनेको, कतिमा ढिलो बनेको र कतिपयमा बन्दै नबनेको पनि अध्ययनले देखाएको छ  । विश्वभरीका वैज्ञानिकहरुमा अहिले यो हट टपिक बनेको छ र अनुसन्धान प्रक्रिया जारी छ ।



व्यक्तिमा उत्पादन हुने एन्टिबडी थुप्रै अवस्थाहरु जस्तै उमेर, पोषण, डायबेटिज, मुटु, कलेजो, मिर्गौला, फोक्सो, रगतका दीर्घरोगहरु, क्यान्सर, इम्युन सिस्टम कमजोर हुने एचआईभी तथा अन्य रोगहरु र स्टेरोइड, इम्युनिटी कम गर्ने इम्युनोसप्रेस्यान्ट (Immunosuppresant)  ग्रुपका औषधि लिइरहेको अवस्था, आदि सयौँ कारणमा भर पर्दछ  । यस्ता मानिसहरूमा कोभ–१९ भाइरसका एन्टिबडी कम बन्ने वा कहिलेकाहीँ बन्दै नबन्न सक्छ, अर्को शब्दमा यस्ता बिरामीमा सङ्क्रमण भए पनि र्‍यापिड  एन्टिबडी टेस्ट नेगेटिभ आउने चान्स बढी हुन्छ, त्यति मात्र नभै कोरोनाका लक्षणहरु पनि नदेखिने सम्भावना बढी हुन्छ  । यदि यस्ता मानिसमा र्‍यापिड  टेस्ट नेगेटिभ छ भनेर घर पठाइएमा व्यक्ति, समुदाय र राष्ट्रलाई नै घातक सिद्ध हुनसक्छ ।



१०. व्यक्तिमा उत्पादन हुने एन्टिबडी थुप्रै अवस्थाहरु जस्तै उमेर, पोषण, डायबेटिज, मुटु, कलेजो, मिर्गौला, फोक्सो, रगतका दीर्घरोगहरु, क्यान्सर, इम्युन सिस्टम कमजोर हुने एचआईभी तथा अन्य रोगहरु र स्टेरोइड, इम्युनिटी कम गर्ने इम्युनोसप्रेस्यान्ट (Immunosuppresant)  ग्रुपका औषधि लिइरहेको अवस्था, आदि सयौँ कारणमा भर पर्दछ  । यस्ता मानिसहरूमा कोभ–१९ भाइरसका एन्टिबडी कम बन्ने वा कहिलेकाहीँ बन्दै नबन्न सक्छ, अर्को शब्दमा यस्ता बिरामीमा सङ्क्रमण भए पनि र्‍यापिड  एन्टिबडी टेस्ट नेगेटिभ आउने चान्स बढी हुन्छ, त्यति मात्र नभै कोरोनाका लक्षणहरु पनि नदेखिने सम्भावना बढी हुन्छ  । यदि यस्ता मानिसमा र्‍यापिड  टेस्ट नेगेटिभ छ भनेर घर पठाइएमा व्यक्ति, समुदाय र राष्ट्रलाई नै घातक सिद्ध हुनसक्छ ।

११. र्‍यापिड  टेस्ट (Rapid Antibody Test) पोजिटिभ देखिएमा निम्न कुरा बुझ्नुपर्छ :

१. उक्त व्यक्ति कम्तीमा ८ दिनदेखि कोभ–१९ भाइरसबाट सङ्क्रमित छ भन्ने बुझ्नुपर्छ, अथवा

२. उक्त व्यक्ति ८ दिनअघि कुनै पनि समयमा सङ्क्रमित भएको थियो भन्ने बुझ्नुपर्छ ।

ख. यो र्‍यापिड  टेस्ट नेगेटिभ भएमा निम्न कारणहरु हुन सक्छन भन्ने बुझ्नु पर्छ,

१. पहिलो, व्यक्तिमा ८ दिनभित्रको समयसम्म कोभ–१९ बाट सङ्क्रमण छैन भन्ने, अथवा

२. स्याम्पलमा एन्टिबडी छैन भन्ने, अथबा

३. यो परीक्षण गर्ने कार्य सङ्क्रमण भएको ८ दिनभित्र वा एन्टिबडी देखिने समयभन्दा छिटो भयो भन्ने,

४. अर्को आर्डिटी किट गुणस्तरीय छैन कि ? भन्ने बुझ्नुपर्छ ।

एन्टिजेन हेर्ने विधिमा आधारित र्‍यापिड  टेस्ट(Antigen Test)

 यो टेस्ट एन्टिबडी हेर्ने टेस्ट जस्तै भए पनि यसको किटमा स्पेसल भाइरल एन्टिबडी रहेको हुन्छ, जसमा व्यक्तिको रगतको स्याम्पलमा एन्टिजेन रहेको खन्डमा किटको एन्टिबडीसँग हुने प्रतिक्रियाबाट किट्मा हुने रङको परिवर्तनको आधारमा उक्त स्याम्पलमा भाइरसको एन्टिजेन भए नभएको थाहा हुन्छ ।

एन्टिबडी हेर्ने आरडीटी (Rapid Dianostic Test) भन्दा एन्टिजेन हेर्ने यस्ता किटबाट सङ्क्रमण भएको सुरुको दिनमा नै सङ्क्रमण भएको छ छैन थाहा हुन्छ  । तर यसमा ५० प्रतिशतभन्दा बढी मानिसहरूमा सङ्क्रमण भएर पनि नदेखिने हुँदा छुट हुन सक्ने सम्भावना हुन्छ  । त्यस्तै कोभ–१९ कोरोना भाइरस बाहेकका अन्य भाइरसको एन्टिजेन पनि किटमा भएको एन्टिबडीले पहिचान गरेको अवस्थामा फल्स पोजिटिभ रिजल्ट पनि आउने सम्भावना हुन्छ  । यसको रिपोर्टको सत्यता स्थापित भई नसकेको कारणले डब्लूएचओले हालको अवस्थामा यो टेस्टलाई प्रयोगको निमित्त स्वीकार गरेको छैन  । भविष्यमा थप अध्ययन अनुसन्धानपछि यसलाई प्रयोग ल्याइन सक्छ ।

८ अब समग्रमा कोभ–१९ भाइरसका सबै प्रविधिका परीक्षणहरुका सबै रिपोर्टहरुको आधारमा हामी सबैले कसरी समीक्षा र विश्लेषण गर्ने भन्ने प्रश्न सबैभन्दा महत्त्वपूर्ण छ  । यसलाई संक्षेपमा निम्न बमोजिम उल्लेख गरिएको छ :

क. पीसीआर  टेस्ट पोजिटिभ छ तर आईजीएम (IgM)  र आईजीजी (IgG)  एन्टिबडी नेगेटिभ छ भने बिरामी सङ्क्रमणको विन्डो पिरेड्मा छ भन्ने बुझ्नुपर्छ ।

ख. पीसीआर  टेस्ट र आईजीएम एन्टिबडी पोजेटिभ छ तर आईजीजी एन्टिबडी नेगेटिभ छ भने व्यक्ति सङ्क्रमणको सुरुको अवस्थामा छ भन्ने बुझ्नु पर्छ ।

ग. पीसीआर टेस्ट, आईजीएम एन्टिबडी र आईजीजी एन्टिबडी तीनैवटा पोजिटिभ भएमा व्यक्ति सङ्क्रमणको सक्रिय अवस्थामा छ भन्ने बुझ्नु पर्छ ।

घ. पीसीआर टेस्ट र आईजीजी एन्टिबडी पोजेटिभ छ तर आईजीएम एन्टिबडी नेगेटिभ छ भने व्यक्ति सङ्क्रमणको पछिल्लो अवस्थामा छ अथवा व्यक्तिमा पटकपटक सङ्क्रमण भैरहेको छ भन्ने बुझ्नुपर्छ ।

ङ. यदि पीसीआर टेस्ट र आईजीजी एन्टिबडी नेगेटिभ छ तर आईजीएम एन्टिबडी पोजिटिभ छ भने व्यक्ति सङ्क्रमणको सुरुको अवस्थामा छ वा पीसीआर टेस्ट फल्स नेगेटिभ छ भन्ने बुझ्नुपर्छ ।

च. यदि पीसीआर टेस्ट र आईजीएम एन्टिबडी नेगेटिभ छ तर आईजीजी एन्टिबडी पोजेटिभ छ भने व्यक्ति विगतमा सङ्क्रमित थियो तर अहिले निको भइसकेको छ भन्ने बुझ्नुपर्छ ।

छ. यदि पीसीआर टेस्ट नेगेटिभ छ तर आईजीएम र आईजीजी एन्टिबडी दुवै पोजिटिभ छ भने व्यक्ति सङ्क्रमणबाट सञ्चो हुँदै गरेको अवस्थामा छ अथबा पीसीआर टेस्ट फल्स नेगेटिभ छ भन्ने बुझ्नु पर्छ ।

पाँच करोड जनसङ्ख्या भएको दक्षिण कोरियाले ६ सय ल्याब सेन्टर स्थापना गरी आफ्ना ६ लाख २० हजारभन्दा बढी नागरिकमा ल्याब परीक्षण गरिसकेको छ ।

जबकि २ करोड ५० लाख जनसङ्ख्या भएको दक्षिण कोरियाको डेगु सहरमा मात्र कोभ– १९ भाइरसको सङ्क्रमण सीमित थियो  । चीनको हुबेई प्रान्तको उहान र ग्याङ्डोङ्ग सहरमा मात्र कुल ५२ लाख ६६ हजार नागरिकको कोभ–१९ भाइरसको टेस्ट गरिसकेको छ  । त्यस्तै, भारतले कुल १४ लाख ३१ सय र अमेरिकाले आफ्ना ६५ लाख ५३ हजार ४ सय नागरिकको कोभ–१९ भाइरसको परीक्षण गरिसकेको छ  ।

नेपालमा हालसम्म १७ वटा सेन्टरबाट ६० हजार ३ सय जनाको परीक्षण भएको छ । त्यसमध्ये १३ हजार ९८ जनाको मात्र पीसीआर परीक्षण हुन सकेको छ ।


लकडाउनको समयभित्र जुन तदारुकताका साथ पीसीआर टेस्टलाई प्रत्येक जिल्लामा व्यापक गराइनु पर्ने हो, त्यो हुन सकेको छैन  । हामीसँग सीमित क्षमता भए पनि टेस्ट सेन्टरहरु सकेसम्म बढाउँदै लैजानुको विकल्प छैन  । हामीसँग कट्याक्ट ट्रेसिङ, ट्रयाकिङ तथा निगरानी वा सर्भेइलेन्स कार्यलाई अझै बढी प्रभावकारी बनाउन सक्नुपर्ने चुनौती छ  । देशभरीका क्वारेन्टाइन र आइसोलेसनका मापदण्ड र क्षमता अझै बढी सुदृढ बनाउँदै अर्थपूर्ण बनाउन अझै बढी मिहिनेत गर्नु छ  ।


हाम्रो देशमा पछिल्लो समयमा भारतबाट भित्रिएका कोभ–१९ सङ्क्रमण पुष्टि भएका मानिसहरू थपिएका छन्  । केही समुदायका मानिसमा पनि कोभिड–१९ पुष्टि भएका समाचार आएका छन्  । क्वारेन्टाइनभित्र बसेका कोभ–१९ नेगेटिभ भएको भनी घर पठाइएका कतिपयमा पीसीआर  पोजिटिभ भएको पाइएको छ  । लकडाउन पूर्णतया सफल हुन सकेको छैन  । लकडाउनको समयभित्र जुन तदारुकताका साथ पीसीआर टेस्टलाई प्रत्येक जिल्लामा व्यापक गराइनु पर्ने हो, त्यो हुन सकेको छैन  । हामीसँग सीमित क्षमता भए पनि टेस्ट सेन्टरहरु सकेसम्म बढाउँदै लैजानुको विकल्प छैन  । हामीसँग कट्याक्ट ट्रेसिङ, ट्रयाकिङ तथा निगरानी वा सर्भेइलेन्स कार्यलाई अझै बढी प्रभावकारी बनाउन सक्नुपर्ने चुनौती छ  । देशभरीका क्वारेन्टाइन र आइसोलेसनका मापदण्ड र क्षमता अझै बढी सुदृढ बनाउँदै अर्थपूर्ण बनाउन अझै बढी मिहिनेत गर्नु छ  । कम स्वास्थ्य शिक्षा र कम उत्प्रेरणताको कारणले कतिपय मानिसहरूलाई प्रशासनले क्वारेन्टाइनमा बस्न सुझाव दिँदा पनि घर गएका, कोही त क्वारेन्टाइनबाट भागेको पाइएको छ  । स्वास्थ्य शिक्षा र जागरुकता ल्याउने काम टेलिभिजन र एफएममा मात्र भर पर्दा पर्याप्त नहुन सक्छ  । हजारौँ संयन्त्र र टिमहरु निर्माण गरी गाउँगाउँ, टोलटोल र घरघरमा पठाई स्वास्थ्य शिक्षा दिने, ट्रेसिङ गर्ने, निगरानी वा सर्भेइलेन्स गर्ने कामलाई अझ बढी ऊर्जाका साथ युद्धस्तरमा लागू गर्नुपर्ने छ  । सदियौँदेखि नै केन्द्रका निर्णयहरुलाई गाउँगाउँमा पुर्‍याइ कार्यान्वयन गर्ने प्रणाली पहिलेदेखि नै कमजोर अवस्थामा थियो  । जसलाई कम समयमा विकसित गर्न हाम्रोसामु चुनौती छ  । सीमापारि भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दो छ  । एकपल्ट भर्ना भई निको भएर घर पठाइएका मानिसहरु फेरि फर्केर भर्ना गर्नुपरेको रिपोर्टहरु देश विदेशबाट आइरहेका छन्  । भारतमा क्वारेन्टाइनमा बसेर पीसीआर टेस्ट नगरी शुक्रबार पठाइएका नेपाली दाजुभाइहरुको व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण बनेको छ  । सीमापारिबाट नेपाल भित्रिने मानिसहरूलाई रोक्न त्यति सजिलो देखिन्न  । भारतमा कोभ–१९ को सङ्क्रमण पिकमा पुगी झर्ने क्रममा हाम्रो देशमा बढ्ने हो कि जस्तो आशङ्का देखिँदै छ  । लकडाउन खुकुलो गर्दा नदेखिएका सङ्क्रमितबाट रोग फैलिने हो कि भन्ने डर छ  । यसलाई रोक्नको लागि लकडाउनको अवधिमा अरू गर्नुपर्ने महत्त्वपूर्ण कामहरू भइरहेकोमा त्यसलाई अरु गतिका साथ कार्यान्वयन गर्नु छ  । सुरुमा जुन जोस जागरका साथ हामी लागेका थियौँ त्यति नै गतिशीलताका साथ अगाडि बढ्दै जानु छ  । यो समयमा हामीले कोरोना रोकथामको लागि गर्नुपर्ने नियन्त्रणका कामहरू, उपचारात्मक योजना र तयारीलाई पुनरावलोकन गर्दै अघि बढ्नु छ  । लकडाउन आफैमा सबथोक हैन  । यसबाट देशको अर्थव्यवस्था अस्तव्यस्त भैसकेको र अरु बढी तहसनहस हुनेमा कुनै शङ्का छैन  । तर यस्तै गरी नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने बाध्यतावश लकडाउन नबढाई सुख पनि छैन  ।

हाल लकडाउनको समयमा अन्य नियन्त्रणका क्रियाकलाप व्यापक रूपमा देशैभरी बढाउन सकिएको खण्डमा बिस्तारै लकडाउन खुकुलो गर्न सकिन्छ  । तर नियन्त्रणका औजारहरु प्रभावकारी रूपमा कार्यान्वयन नभै लकडाउन खुकुलो गरिएमा नयाँ सङ्क्रमितबाट अरु नयाँ समुदायमा नयाँ लहर सुरु भई फैलिने हो कि भन्ने डर पनि छ ।


यो समयमा हामीले कोरोना रोकथामको लागि गर्नुपर्ने नियन्त्रणका कामहरू, उपचारात्मक योजना र तयारीलाई पुनरावलोकन गर्दै अघि बढ्नु छ  । लकडाउन आफैमा सबथोक हैन  । यसबाट देशको अर्थव्यवस्था अस्तव्यस्त भैसकेको र अरु बढी तहसनहस हुनेमा कुनै शङ्का छैन  । तर यस्तै गरी नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने बाध्यतावश लकडाउन नबढाई सुख पनि छैन  । हाल लकडाउनको समयमा अन्य नियन्त्रणका क्रियाकलाप व्यापक रूपमा देशैभरी बढाउन सकिएको खण्डमा बिस्तारै लकडाउन खुकुलो गर्न सकिन्छ  । तर नियन्त्रणका औजारहरु प्रभावकारी रूपमा कार्यान्वयन नभै लकडाउन खुकुलो गरिएमा नयाँ सङ्क्रमितबाट अरु नयाँ समुदायमा नयाँ लहर सुरु भई फैलिने हो कि भन्ने डर पनि छ ।


यसैले लकडाउनको अवधि लम्ब्याउनबाट रोक्नको लागि युद्धस्तरमा यसबीच अरू नियन्त्रणका क्रियाकलाप व्यापक रूपमा देशैभरी निरन्तर बढाउन जरुरी छ  । हामी सबैले के बिर्सनु हुन्न भने कोभ–१९ को सङ्क्रमण सल्लाह गरेर हुने हैन । एउटा चरणका सङ्क्रमित भई अरुलाई सार्न सक्ने समय सकिए पनि, जति पछिल्लो मितिमा नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान्छन् त्यति नै तिनले पनि पछिल्लो मितिमा नयाँ समुदायलाई रोग सार्ने फैलाउने क्षमता राख्छ्न  । त्यसपछि अर्को चक्र चल्न सक्छ  । त्यसैले लकडाउनको अवधिमा हामीले माथि उल्लेख गरिए जस्ता रोग नियन्त्रणका औजारलाई प्रभावकारी ढङ्गले अघि बढाउन सकेनौँ भने लकडाउन लम्ब्याउँदै जानुपर्ने बाध्यता रहिरहन सक्छ ।

कोभ–१९ भाइरसको निदानका लागि गरिने स्पेसिफिक टेस्टहरु बाहेक व्यक्तिमा देखिएका कोभिड–१९ का लक्षणहरु, संवेदनशील ठाउँबाट आएको हिस्ट्री, कन्ट्याक्ट हिस्ट्री, कन्ट्याक्ट् ट्रेसिङ, कन्ट्याक्ट् ट्रयाकिङ निगरानी वा सर्भेइलेन्स तथा कोभिड–१९ को लागि गरिने स्पेसिफिक ल्याबटेस्ट बाहेकका अप्रत्यक्ष रूपमा कोभिड–१९ को पक्षमा पुष्टि दिने अन्य ल्याबटेस्टका विवरणहरु कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका लागि त्यति नै बढी महत्त्व राख्छन् भन्ने तथ्य हामीले बिर्सनु हुँदैन ।

अन्त्यमा कोभिड–१९ सँग हामी तर्सेर हैन, सावधानी अपनाएर, आलोचना गरेर हैन एक अर्काको परिपूरक बनेर साथ, सहयोग, हौसलाका साथ एकअर्कालाई जागरुक र उत्प्रेरित गराउँदै दृढताका साथ सामूहिक रूपमा निरन्तर अघि बढ्नुपर्छ । अनि मात्र हामीले यसमाथि जित हासिल गर्न सक्ने छौँ । हामी सबै दृढ इच्छाशक्तिका साथ मिलेर काम गरेमा निश्चित रूपमा हामीले यसमाथि विजय हासिल गर्ने छौँ ।

लेखक चिविराप्रस वीर अस्पतालमा कार्यरत छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.