कलिलो उमेरमा आत्महत्या गरेकी अभिनेत्री प्रेक्षाले सुसाइड नोटमा के लेखेकी थिइन् ?

क्राइम पेट्रोल, लाल इश्क र मेरी दुर्गाजस्तो कार्यक्रमकी कलाकार प्रेक्षा मेहताले सोमबार अबेर राती आफ्नो गृह नगर इन्दौरमा आत्महत्या गरिन् । उनको सुसाइट नोटको एक अंश सोसल मिडियामा सार्वजनिक भएको छ । यसले उनले टुटेको सपनाले आफ्नो आत्मविश्वासलाई तोडेको बताएकी छिन् । रिपोर्टका अनुसार सुसाइड नोटको यो अंश इन्दौरको हिरा नगर थानाका पुलिस इन्सपेक्टर राजिव भदौरियाले साझा गरेका छन् ।
‘म मरेको सपना लिएर बाँच्न सक्दिनँ’
२५ वर्षको कलिलो उमेरमा आत्महत्या गरेकी प्रेक्षाले लेखेकी छिन्, ‘मेरो टुटेको सपनाले मेरो आत्मविश्वासको घाँटी अँठ्याएको छ । म मरेको सपना लिएर बाँच्न सक्दिनँ । यो नकारात्मक स्थितीमा बस्न मुश्किल छ । पछिल्लो एक वर्षदेखि मैले निकै कोसिस गरेँ । अब म थाकिसकेकी छु ।’
नोटामअ उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार ठहर नगर्न आग्रह गरेकी छिन् ।
कजनले बताइन् अघिल्लो रातको कहानीः
प्रेक्षाकी कजनले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा अघिल्लो रातको कहानी साझा गरेकी छिन् । उनले प्रेक्षा बाल्यकालदेखि नै निकै प्रतिभाशाली भएको बताइन् । तर उनी पछिल्लो केही समयदेखि निकै शान्त बस्न थालेको बताइन् । उनले भनिन्, ‘अघिल्लो रात सबै परिवार तास खेलिरेहेका थियौं तर प्रेक्षा एक्लै शान्त भएर सिँढीमा बसेकी थिइन् । मेरी काकी (प्रेक्षाकी आमा) ले उनलाई ठिक छौ भनेर सोध्दा उनले आफू ठिक भएको बताइन् ।
राती १० बजे आफ्नो कोठामा गएकी थिइन् प्रेक्षाः
उनले थपिन्, ‘राती करिब १० बजे प्रेक्षा छतमा भएको उनको कोठमा गइन् र इन्स्टाग्राममा मेसेज (सबैभन्दा खराब त सपना मर्दा महसुस हुन्छ) पोस्ट गरिन् ।
भोलिपल्ट बिहान योग गर्नका लागि काकीले उनलाई उठाउन जाँदा उनको कोठा भित्रबाट बन्द थियो । परिवारको अन्य सदस्यको मद्दतले ढोका खोल्दा प्रेक्षालाई सिलिङको पङ्खामा झुण्डिएको अवस्थामा भेटियो ।’
मनोरञ्जनको क्षेत्रमा जाने परिवारकी पहिलो सदस्यः
रिपोर्टलाई विश्वास गर्ने हो भने मनोरञ्जनको क्षेत्रमा करियर बनाउने कोसिसमा निस्किएकी प्रेक्षा आफ्नो परिवारको एक्लो सदस्य थिइन् । उनकी कजन भन्छिन्, ‘उनी निकै मिहिनेती थिइन् र आफ्नो सपना उनी आफैंले छनोट गरेकी हुन् तसर्थ उनी आफूबाट अत्यधिक आशा राख्थिन् ।’
प्रेक्षा लकडाउनका कारण मुम्बईबाट इन्दौर फर्किएकी थिइन् र पछिल्लो एक वर्षदेखि काम नपाएका कारण डिप्रेशनमा भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र