क्राइम पेट्रोलकी २५ वर्षीया कलाकार प्रेक्षाद्वारा आत्महत्या
टेलिभिजन कलाकार प्रेक्षा मेहताले सोमबार राती मध्यप्रदेशको इन्दोरस्थित आफ्नो घरमा आत्महत्या गरेकी छिन् । उनी २५ वर्षकी थिइन् ।
क्राइम पेट्रोलमार्फत् चर्चामा आएकी प्रेक्षालाई मंगलबार बिहान उनको कोठामा झुण्डिएको अवस्थामा भेटिएको हो ।
परिवारले उनलाई अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रेक्षा लकडाउन अघि मुम्बईबाट इन्दोर गएकी थिइन् र उनी पछिल्लो समय लकडाउनका कारण गुमेको कामका कारण डिप्रेशनमा भएको अनुमान गरिन्छ । प्रेक्षाले सुसाइड नोट पनि छोडेको प्रहरीले जानकारी दिएको छ ।
‘हाम्रो प्रारम्भिक अनुसन्धानले उनले डिप्रेशनका कारण आत्महत्या गरेको हुनसक्ने देखाउँछ । हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं,’ हिरा नगर पुलिस स्टेशनका अफिसर इन्चार्ज राजिव भादोरियाले एनडीटिभीलाई बताए ।
प्रेक्षाको इन्स्टाग्राम अकाउन्टमा अन्तिम मेसेजले उनी मानसिक रुपमा विचलित भएको देखाउँछ । ‘सबैभन्दा खराब त सपना मर्दा महसुस हुन्छ’, उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन् ।
उनको अन्तिम तस्बिरमा थुप्रैले श्रद्धाञ्जली भन्दै कमेन्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि