नवलपरासीका पहिलो कोरोना संक्रमित भारतबाट अवैध बाटो हुँदै नेपाल आएका थिए

परासी । पश्चिम नवलपरासीका पहिलो कोरोना संक्रमित अवैध बाटो हुँदै नेपाल आएको खुलेको छ । संक्रमित व्यक्ति प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुरका ३६ वर्षीय पुरुष हुन् ।
संक्रमित व्यक्ति यही बैशाख २८ गते भारतबाट नेपाल प्रवेश गरेका थिए । उनी सहजै नेपाल प्रवेश नपाएपछि अवैधबाटो हुँदै नेपाल प्रवेश गरेका हुन् ।
तर उनलाई घर पुग्न नपाउँदै स्थानीयहरुले बैदौली पुलबाट नियन्त्रणमा लिइ गाउँपालिका र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयले २९ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । जिल्लामा अहिलेसम्म अरुको रिपोर्ट नेगेटिभ आएको र उनमा मात्र कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयमा सन्त्रास बढेको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिकाबाट उनीसहित ३० जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना संकल गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।
हाल क्वारेन्टाइनमै रहेका उनलाई उनलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालको आईशोलेसनमा पठाउने तयारी भैरहेको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प