कोरोना संक्रमितको संख्या ५१ पुग्यो, दुई नयाँ संक्रमित थपिए
आइतबार, १४ वैशाख २०७७, १२ : ५०

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए भने वडा नम्बर ३ का रहेका छन् ।
उनीहरु नारायणी अस्पतालको आइसोलेनसमा रहेको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा