कोरोनाभाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ४९ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरनए) ले जनाएको छ ।
एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको मृत्यु भएको हो।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको पनि बताए ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।
यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्य ४ सय ३४ जना कोरोना ुक्त भएको सो समितिले जनाएको छ ।
संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।
समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर तथ्यांक संकलन गर्दै आएको छ ।
नेपालमा भने हालसम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोनामुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई पहुँच विस्तार गर्न इन्डोनेसियाले ३९ नयाँ विमानस्थल बनाउने
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
आत्मालाेचना गरे प्रचण्डले, औँल्याए आफ्नै कैयौँ कमजाेरी
-
बागमती प्रदेशसभामा विनियोजन विधेयक पेस
-
बेल्जियमको एक अपार्टमेन्ट भिषण आगलागी
-
थमन विक हत्या प्रकरण : एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण