एकीकरणप्रति राजपा नेपालमा असन्तुष्टि

काठमाडौं –बुधबार अबेर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । तर एकतालाई लिएर राजपामा असन्तुष्टि देखिएको छ ।
एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित भएसँगै असन्तुष्टि बाहिरिएकाे हाे ।
दुवैजना काठमाडौंमै छन् तर बैठकमा गएनन् । उनी दुवैजना शुरुदेखि नै एकीकरणको पक्षमा थिएनन् । उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएका थिए ।
उनीहरुलाई बैठकमा आउनका लागि पटक पटक आग्रह गरिएको थियो तर उनीहरु आजको बैठकमा अनुपस्थित भएको एक नेताले बताए ।
एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए ।
अनिल कुमार झा र राजकिशोर यादवले छुट्टै पार्टी बनाउने स्रोतले जनाएको छ ।
यस विषयमा बुझ्न अनिल झा र राजकिशोर यादवलाई पटक पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी
-
राजधानीका ठुला अस्पतालका क्यान्टिन सन्तोषजनक छैनन् : विभाग
-
‘महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैन’
-
‘भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्नुहुन्छ, हाम्रा प्रधानमन्त्रीहरूलाई मतलब छैन’
-
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
-
सुन तस्करी विवादमा मुछिएका सहसचिव अधिकारीको बागमती प्रदेशमा सरुवा