एकीकरणप्रति राजपा नेपालमा असन्तुष्टि
काठमाडौं –बुधबार अबेर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । तर एकतालाई लिएर राजपामा असन्तुष्टि देखिएको छ ।
एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित भएसँगै असन्तुष्टि बाहिरिएकाे हाे ।
दुवैजना काठमाडौंमै छन् तर बैठकमा गएनन् । उनी दुवैजना शुरुदेखि नै एकीकरणको पक्षमा थिएनन् । उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएका थिए ।
उनीहरुलाई बैठकमा आउनका लागि पटक पटक आग्रह गरिएको थियो तर उनीहरु आजको बैठकमा अनुपस्थित भएको एक नेताले बताए ।
एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए ।
अनिल कुमार झा र राजकिशोर यादवले छुट्टै पार्टी बनाउने स्रोतले जनाएको छ ।
यस विषयमा बुझ्न अनिल झा र राजकिशोर यादवलाई पटक पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण