बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टी र राजपाबीच एकता : नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (सहमति पत्रसहित)

बुधबार, १० वैशाख २०७७, २३ : २१
बुधबार, १० वैशाख २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । 

चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।
 

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका हुन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप