उदयपुरका थप ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो (अपडेट)
काठमाडौं । नेपालमा नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ता डा समिर कुमार अधिकारीले आज बेलुकी ७ बजे जारी गरी गरेको प्रेस विज्ञप्तीमा उक्त कुराको जानकारी दिइएको छ ।

यसअघि उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको जनाइएकाे थियो ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषसहित ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण भइरहेको थियो ।
योसँगै उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २४ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
