मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि

मङ्गलबार, ०९ वैशाख २०७७, १६ : २८
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौं । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 
अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएको छ ।

उदयपुरमा भेटिएका संक्रमित ३३ वर्षीय पुरुष रहेको जनाइएको छ ।

 योसँगै उदयपुरमा कोरोनासंक्रमितको संख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको संख्या ३२ पुगेको छ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप