बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जहाँ म्याराडोनालाई भगवान मानिन्छ

मङ्गलबार, ०२ वैशाख २०७७, १५ : १३
मङ्गलबार, ०२ वैशाख २०७७

फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो । सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । क्लबस्तरमा उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । इटालियन टोलीबाट उनले दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए । केही समयअघि उनको बारेमा प्रकाशित यस आलेखलाई पुनः प्रकाशित गरिएको छ ।

इटली र सम्भवत युरोपकै सर्वाधिक गरिब शहर नेपल्सस्थित नापोली फुटबल क्लबले सन् १९८४ मा विश्वकै महँगा खेलाडीलाई बार्सिलोनाबाट ६.९ मिलियन पाउन्डमा किनेपछि सबैतिर सनसनी फैलियो । धेरैका मनमा मुख्यत दुई सवाल टड्कारो बनेर उभिएका थिए । एक – प्रचुर सम्भावना बोकेका स्टार खेलाडीले बाटो बिराएर नापोली किन आए ? (यतिबेलासम्म नापोली युरोपको ठूलो क्लब थिएन र ठूलो क्लब बन्ने कुनै छाँट पनि थिएन ।) दुई –  ऋणमा डुबेर टाँट पल्टन लागेको क्लबले बार्सिलोनालाई तिर्ने मोटो रकम कहाँबाट ल्यायो ?

म्याराडोनालाई नापोलीको मैदानमा आयोजित पहिलो पत्रकार सम्मेलनमा सोधिएको पहिलो प्रश्न थियो –‘माफियाबारे तपाईंलाई थाहा छ कि छैन ? यहाँ सबैतिर उनीहरुको लगानी छ । कतै त्यही लगानीले म्याराडोनालाई तानेको  त होइन ?’ 

जवाफमा क्लबका अध्यक्ष कोर्राडो फेर्लाइनोले जंगिदै भनेका थिए, ‘हामीले म्याराडोनालाई भित्र्याउन ठूलो दुःख गरेका छौँ । तपाईंको प्रश्नले यो क्लबकै बेइज्जत गरेको छ । म यो प्रश्नको जवाफ दिन्न, बरु प्रश्न सोध्नेलाई यहाँबाट निस्कन भन्छु । तपाईं तत्काल निस्कनुस् ।’

०००

डिएगो म्याराडोना अर्जेन्टिनामा जन्मिए, तर त्यो नापोली शहर नै हो, जहाँ उनी ‘भगवान्’ बने । यो प्रिय शहरसँगको म्याराडोनाको भावनात्मक सम्बन्धलाई वृत्तचित्रको रुप दिएका छन्, निर्देशक आसिफ कपाडियाले । भारतीय मुलका यी ब्रिटिस फिल्ममेकरले यसअघि ‘२००१’ मा इरफान खानलाई मुख्य भूमिकामा लिएर ‘द वारियर’ नामक फिल्म निर्देशन गरेका थिए । त्यसयता, ब्राजिलका रेसिङ ड्राइभर आइर्टोन सेन्ना र बेलायती गायिका एमी वाइनहाउसबारे उनले वृत्तचित्र बनाए । यी दुबै वृत्तचित्रले अन्तर्राष्ट्रिय स्तरमै राम्रो चर्चा बटुले । कपाडियालाई चिनाउने पहिलो फिल्म भने १९९७ को ‘द सिप थिफ’  हो । यो सर्ट फिल्म कान्स फिल्म फेस्टिभलअन्तर्गत सिनेफन्डेसन विधामा दोस्रो भएको थियो ।

समग्रमा आसिफको पाँचौ फिल्म हो – डिएगो म्याराडोना । म्याराडोनाबारे यसअघि नै धेरै फिल्म बनिसकेका छन् । तर २०१९ मा सार्वजनिक यो फिल्मले म्याराडोनाको बाल्यकाल र गरिबीका कथाभन्दा नापोलीमा उनले हासिल गरेको समृद्धी र त्यसलाई टिकाउन नसक्दाको पीडा बोल्छ ।


नेपल्स फुटबलमय थियो, तर यसलाई हेर्ने अन्य शहरवासीको दृष्टिकोण राम्रो थिएन । ‘हैजा फैलने ठाउँ, राम्ररी हात धुनुस्, भूकम्प पीडितको बस्ती, सफा पानी पिउनुस्.....,’ यस्तै–यस्तै नारा लेखिएका ब्यानर युभेन्टस्, इन्टर मिलानलगायत ठूला क्लबका समर्थकले नेपल्सविरुद्धको खेलका दौरान रंगशालामा ठड्याउँये । यसले म्याराडोनालाई आफ्नो अतितमा फर्काउथ्यों ।


म्याराडोना स्वयम्, उनकी पूर्वपत्नी, फिटनेस ट्रेनर, नापोली क्लबका अध्यक्ष, समकालीन खेलाडी, पत्रकारलगायतले म्याराडोना र उनको प्रिय क्लबबारे बोलेका छन् । यो डकुमेन्ट्री युट्बुयमा पनि  उपलब्ध छ ।

स्टारको आगमन

नेपल्स शहर म्याराडोना आएपछि नयाँ युग सुरु हुने आशामा उत्साहित थियो  । त्यसैले, पहिलो पटक सान पाओलो रंगशालामा म्याराडोना सार्वजनिक हुँदा ८५ हजार दर्शकले उनको स्वागत गरेका थिए । कुनै खेलाडीको स्वागतमा यति धेरै दर्शक ओइरिएको यो पहिलो र अहिलेसम्मको एकमात्रै अवसर हो ।

नेपल्स फुटबलमय थियो, तर यसलाई हेर्ने अन्य शहरवासीको दृष्टिकोण राम्रो थिएन । ‘हैजा फैलने ठाउँ, राम्ररी हात धुनुस्, भूकम्प पीडितको बस्ती, सफा पानी पिउनुस्.....,’ यस्तै–यस्तै नारा लेखिएका ब्यानर युभेन्टस्, इन्टर मिलानलगायत ठूला क्लबका समर्थकले नेपल्सविरुद्धको खेलका दौरान रंगशालामा ठड्याउँये । यसले म्याराडोनालाई आफ्नो अतितमा फर्काउथ्यों । अर्जेन्टिनाको भिल्ला फियोरिटास्थित बस्तीमा जन्मिएका थिए म्याराडोना, जहाँ पिउने पानी, नियमित बिजुली र सुत्नका लागि आरामदायी कोठाको अभाव थियो । धनीहरुले फियोरिटाको बस्तीलाई हेयको दृष्टीले हेर्थे, त्यसैले उनले फुटबल खेलेर परिवारका लागि राम्रो ठाउँमा घर किनिदिने सपना देखेका थिए ।


बार्सीलोनामा असफल भएका म्याराडोनामा विजयको भावना र आत्मविश्वास जगाउन उनका तत्कालीन फिटनेश ट्रेनर फर्नान्डो साइनोरिनी डटेर लागेका थिए । ‘मेरो बुझाइमा डिएगो र म्याराडोना दुई फरक व्यक्ति थिए । डिएगो चुलबुले बालकजस्तो निकै रमाइला । म्याराडोना त्यस्तो पात्र थिए, जसले फुटबल व्यापार र मिडियाको माग पूरा गर्न सक्नेगरी उत्रनुपथ्र्यो । म्याराडोनाले कुनै गल्ती गर्न नहुने थियो ।’


१५ वर्षको उमेरमै यो पूरा भयो, जतिबेला अर्जेन्टिनोज जुनियर्सले उनका लागि अपार्टमेन्ट लिइदियो । त्यसयता म्याराडोनाले आफूसँगै आफ्नो परिवारको खर्च जोहो गर्न थाले ।

पाँच सिजन अर्जेन्टिनोज जुनियर्समा बिताएर १९८१ मा म्याराडोना बोका जुनियर्सतर्फ लागे । लगत्तै, अर्को वर्ष युरोपकै धनी क्लब बार्सिलोनाले विश्वकै सर्वाधिक ठूलो मूल्यमा उनलाई किन्यो ।

तर, दुई सिजन बार्सिलोनामा बिताएका म्याराडोना पटक–पटक घाइते भए । अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेपछि उनलाई बार्सिलोनाले विश्व किर्तिमानी मूल्य नै लिएर नापोलीमा बेच्यो ।

बार्सीलोनामा असफल भएका म्याराडोनामा विजयको भावना र आत्मविश्वास जगाउन उनका तत्कालीन फिटनेश ट्रेनर फर्नान्डो साइनोरिनी डटेर लागेका थिए । ‘मेरो बुझाइमा डिएगो र म्याराडोना दुई फरक व्यक्ति थिए । डिएगो चुलबुले बालकजस्तो निकै रमाइला । म्याराडोना त्यस्तो पात्र थिए, जसले फुटबल व्यापार र मिडियाको माग पूरा गर्न सक्नेगरी उत्रनुपथ्र्यो । म्याराडोनाले कुनै गल्ती गर्न नहुने थियो ।’

उनले एकपटक म्याराडोनालाई भनेका पनि थिए, ‘डिएगोसँग म संसार सकिदाँ पनि सति जानसक्छु तर म्याराडोनाका लागि एक कदम पनि उठाउदिँन होला ।’

‘म म्याराडोना नभएको भए अझै भिल्ला फियोरिटामै हुन्थ्यें,’ म्याराडोनाको जवाफ थियो । 

म्याराडोनाकी पूर्व पत्नी क्लाउडिया भन्छिन्, ‘उनको व्यक्तित्वका दुई पाटा छन् । पहिलो आफ्नो मूल्य सधैं प्रमाणित गर्न खोज्छन् र दोस्रो सम्मान चाहिन्छ ।’ सायद, नेपल्समा म्याराडोनाको यही आत्मसम्मान जुर्मरायो, उनी फुटबलको सफलतामार्फत् यो शहरलाई गरिब देख्नेहरुविरुद्ध झापड हान्न चाहन्थे ।


लक्ष्य रेलिगेसनबाट बच्नु

म्याराडोना आउँदासम्म नापोलीको लक्ष्य रेलिगेसनबाट बच्नु थियो । पहिले सिजनमा म्याराडोनाले १४ गोल गरे, यस सिजन ठूला क्लबलाई हराउन नसकेपनि नापोलीले आठौँ स्थानमा रहेर लिग समाप्त ग¥यो ।

अर्को सिजन, म्याराडोनाकै निर्णायक गोलमा नापोलीले गृह मैदान सान पाओलोमा युभेन्टस्लाई १–० को हार चखायो । यसपछि खुसीयाली मनाउन जम्मा भएको भीडका ५ जना बेहोस भए, दुईजनालाई त हृदयघात नै भयो ।

‘नापोलीका जनतालाई कसले के गर्छ भन्ने मतलब छैन, उनीहरु आफ्नो परिवार र छोराछोरीका लागि पनि होइन, आइतबारको म्याच हेर्नका लागि बाँच्छन्,’ यही दिन म्याराडोनाले बुझे ।

यस सिजन नापोलीले इन्टर मिलान र एसी मिलानलाई पनि हरायो । देशका ठूला फुटबल टिमलाई हराउँदा गरिब भनिएको शहरका जनता खुसीले रंगशालाको बार नाघेर मैदानसम्म झरेका थिए । उनीहरुले म्याराडोनालाई हरेक ठाउँ पछ्याउन थाले । कहिले घर घेर्ने, बाटोमा गाडी रोकेर अटोग्राफ माग्ने, क्यामेरा तेस्र्याउने क्रम जारी रह्यो । नापोलीका धेरैजनासँग म्याराडोनाको फोटो थियो, धेरैले यसलाई आफ्नो बेडरुमको सिरानपट्टीकोे भित्तामा ‘जिसस क्राइस्ट’ को फोटो नजिकै झुन्ड्याएका हुन्थ्यें । 

एकपटक म्याराडोनाले परीक्षणका लागि दिएको ब्लड स्याम्पल उपचारमा खटिएकी नर्सले चर्चमा लगेर चढाइदिएकी थिइन् । जहाँसुकै भीड जम्मा हुने भएपछि म्याराडोनालाई स्वतन्त्र घुलमिल हुन असहज हुन थाल्यो । सुरक्षाको चिन्ता पनि थपियो । यही समय उनी नेपल्सका ठूला माफिया क्यार्मिनो जुलियानोसँग नजिक भए । जुलियानोज परिवारका सबैसँग म्याराडोनाको राम्रो सम्बन्ध थियो । म्याराडोनाका अनुसार उनीहरुले बन्दूक सधैं साथमा बोकेका हुन्थ्यें । क्यार्मिनोले म्याराडोनालाई भन्थ्यें, ‘तिम्रो समस्या मेरो समस्या हो । नेपल्समा म सधैं तिम्रो रक्षा गर्नेछु ।’


म्याराडोना र क्लाउडियाबीचको प्रेम त्यतिबेला सुरु भयो जतिबेला दुबै किशोराअवस्थामा थिए, क्रमश १६ र १५ वर्षका । सन् १९८४ मा उनीहरुले लामो प्रेम जीवनलाई विवाहमा परिणत गरे । तर, म्याराडोना अन्य युवतीसँग पनि डेटमा जान्थे । ‘म क्लाउडियालाई नै प्रेम गर्थे र विवाहका लागि उनलाई दिएको वचनमा प्रतिबद्ध रहे । तर, म साधु थिइनँ,’ म्याराडोना भन्छन् ।


म्याराडोनाकी पूर्वपत्नी क्लाउडियो भन्छिन्, ‘उनीहरुका कारण हाम्रो परिवारले पनि सुरुमा सुरक्षित महसुस गरेको थियो । म्याराडोना उनीहरुले राम्रो व्यवहार गर्छन् भन्थे ।’

स्टार हुनका बाबजुद म्याराडोना निजी जीवनमा निकै सामान्य थिए । परिवारको भरोसा उनीप्रति ठूलो थियो, त्यसैले क्लाउडियाले पनि कहिल्यै कहाँ–केसँग संगत गर्दैछ भनेर सोधीखोजी गरिनन् ।

म्याराडोना र क्लाउडियाबीचको प्रेम त्यतिबेला सुरु भयो जतिबेला दुबै किशोराअवस्थामा थिए, क्रमश १६ र १५ वर्षका । सन् १९८४ मा उनीहरुले लामो प्रेम जीवनलाई विवाहमा परिणत गरे । तर, म्याराडोना अन्य युवतीसँग पनि डेटमा जान्थे । ‘म क्लाउडियालाई नै प्रेम गर्थे र विवाहका लागि उनलाई दिएको वचनमा प्रतिबद्ध रहे । तर, म साधु थिइनँ,’ म्याराडोना भन्छन् ।

नाइट पार्टी र नाचगानमा म्याराडोनाको सौख थियो । तत्कालीन समय म्याराडोनासँगै नापोलीबाट खेलेका इटलीका चर्चित फुटबलर सिरो फेरेरा भन्छन्, ‘म्याराडोनाको विरोध गर्नु भगवान्को कुरा काट्नु थियो । त्यसैले, पत्रपत्रिकामा उनका अँध्यरा पक्षबारे समाचार बन्दैन थिए ।’

०००

मेक्सिको विश्वकपमा सनसनी

मेक्सिकोमा आयोजित सन् १९८६ को विश्वकपमा समूह ‘ए’ मा परेको अर्जेन्टिनाले आफ्नो दोस्रो खेल इटलीविरुद्ध खेल्यो । अल्टोबेल्लीले पेनाल्टीमार्फत गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर म्याराडोनाले अर्जेन्टिनाबाट बराबरी गोल फर्काए ।

पत्रकार गोन्जालो बोनाडियो भन्छन्, ‘अर्जेन्टिनाको त्यस टोलीलाई उसकै समर्थकले पनि विश्वास गरेका थिएनन् । यस्तो टोलीले विश्व विजेता इटलीलाई बराबरी गर्नु चानचुने थिएन । मेरो बुझाइमा म्याराडोनाले गोल गरेसँगै धेरै समर्थक र पत्रकार समेतको उनलाई हेर्ने दृष्टिकोण बदलियो ।’

यो विश्वकप म्याराडोनामय त बन्दैन ? इटलीमा म्याराडोनाको खेल हेरेकाहरुले अड्कल काट्न थालिसकेका थिए । र, भयो पनि त्यस्तै ।

विश्वकपको क्वाटरफाइनलमा म्याराडोनाको दुई गोलमा  इङल्यान्डविरुद्ध अर्जेन्टिना २–० ले  विजयी भयो । फकल्यान्ड युद्धको बदलाका रुपमा पनि यस खेललाई लिइएको थियो । म्याराडोनाले पहिलो गोल हातले हानेका थिए, तर रेफ्रीले यो चतु-याइँ देखेनन्, त्यसैले विवादास्पद गोलले मान्यता पायो । यही खेलमा उनले ६ जनालाई छक्याएर गरेको दोस्रो गोल विश्वकप इतिहासकै सर्वोत्कृष्ट मध्ये मानिन्छ ।

सेमिफाइनलमा बेल्जियमविरुद्ध निर्णायक दुई गोल गरेका म्याराडोनाले नै मिलाइदिएको पासमा फाइनलमा बुरुचागाले निर्णायक गोल गरे, पश्चिम जर्मनीलाई  ३–२ ले हराएर अर्जेन्टिना च्याम्पियन भयो । म्याराडोना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । 

०००

चार महिनापछि नेपल्सकी स्थानीय महिला क्रिष्ट्रिना सिनाग्राले म्याराडोना आफ्ना दुई महिने छोराको बाबु रहेको खुलासा विभिन्न सञ्चामाध्यममार्फत गरिन् । टेलिभिजनमा यस्तो समाचार देखेपछि स्तब्ध बनेकी क्लाउडियाले म्याराडोनासँग सोधखोज गरिन् ।

‘यो सबै झुठ हो,’ म्याराडोनाको जवाफ थियो ।


फियोरेन्टिनाविरुद्ध सान पाओलोमा १–१ गोलको बराबरी खेलेपछि सन् १९८६–८७ को लिग उपाधि नै अन्ततः नापोलीको पोल्टामा गयो । यतिबेला म्याराडोना र सारा नेपल्सबासीको खुसीको सीमा थिएन । रेलिगेसनमा बच्न संघर्षरत, ऋणमा डुबेको क्लब यसरी च्याम्पियन बन्छ भन्ने आशा थोरैलाई थियो, जुन म्याराडोनाकै कारण सम्भव भयो ।


भोलिपल्टका सबै म्यागेजिनमा यो समाचार प्राथमिकताका साथ छापिएको थियो । पत्रकारहरुले म्याराडोनाको भनाइ पनि कोट गरेका थिए । ‘म नेपल्समा धेरै मानिसलाई चिन्छु र नजिक पनि छु ।  तर बच्चा हुनु अलग कुरा हो । म शान्ति चाहन्छु ।’

यस घटना सार्वजनिक भएको केही दिनमै युभेन्टस्विरुद्ध नापोलीले ३–१ ले खेल जित्यो । म्याराडोनाका अनुसार मैदान छिर्नासाथ उनी तनाव बिर्सन्थे । ‘जब मैदानमा हुन्छौं, जीवन टाढा भाग्छ, समस्या टाढा भाग्छ,’ उनी भन्छन् । 

केही दिनपछि क्लाउडियाले छोरीलाई जन्म दिइन् । तनाव घट्दै र खुसी बढ्दै गयो ।

फियोरेन्टिनाविरुद्ध सान पाओलोमा १–१ गोलको बराबरी खेलेपछि सन् १९८६–८७ को लिग उपाधि नै अन्ततः नापोलीको पोल्टामा गयो । यतिबेला म्याराडोना र सारा नेपल्सबासीको खुसीको सीमा थिएन । रेलिगेसनमा बच्न संघर्षरत, ऋणमा डुबेको क्लब यसरी च्याम्पियन बन्छ भन्ने आशा थोरैलाई थियो, जुन म्याराडोनाकै कारण सम्भव भयो ।

‘इमानदारीपूर्वक भन्नुपर्दा मलाई यो जत्तिको ठूलो सफलता अरु केही लागेको छैन्,’ म्याराडोनाको यस्तो अभिव्यक्तिपछि पत्रकारले प्रश्न गरे, ‘विश्वकपभन्दा पनि ?’

‘हो किनकी विश्वकप मैले घरेलु भूमिमा होइन मेक्सिकोमा जितेको थिए । सन् १९७८ मा घरमै विश्वकप जित्न पाउने अवसरबाट मलाई बञ्चित गरेको छु । त्यसैले अहिले घरमै जितेको लिग उपाधि विश्वकप जत्तिकै ठूलो लागेको छ,’ म्याराडोनाको जवाफ थियो ।

यस उपाधिपछि २ महिनासम्म नेपल्समा विजय उत्सव चल्यो । सिरो फेरारा भन्छन्, ‘बाँकी युरोपले हाम्रो शहरलाई हेर्ने दृष्टीकोण बदल्न यो जीतले ठूलो भूमिका खेल्यो । हामीले त्यसै वर्ष कोपा इटालिया पनि जित्यौँ ।’

सन् १९८८–८९ मा युईएफए कप जितेपछि म्याराडोनाको उपाधि भोक समाप्त भइसकेको थियो । उनले क्लबका अध्यक्ष कोर्राडो फेर्लाइनोसँग आफूलाई अन्यत्रै क्लबमा बेच्न आग्रह पनि गरेका थिए ।


म्याराडोनाले बार्सीलोनामै छँदा पहिलोपटक ड्रग्स लिएका थिए  । त्यतिबेला उनलाई अर्के ग्रहको मानिसजस्तो अनुभव भएको थियो । स्टारडम र बढ्दो जिम्मेवारी थेग्न नसक्दा उनी फेरि यसैको सहारामा पुगेका थिए । सबै जुटाइदिने काम जुलियानो परिवारले गथ्र्यो । कहिलेकाँही यो परिवारले म्याराडोनाकै गाडीमा लिफ्ट मागेर ड्रग्स तस्करी गथ्र्यो । किनकी म्याराडोनालाई नेपल्समा चेकिङ हुँदैन थियो ।


‘म्याराडोनाले नापोलीमा फोकस हुन सक्दिनँ, अब मलाई बेच्नुस् भनेका थिए । म कुनै हालतमा उनलाई रोक्लेवाला थिएँ,’ कोर्राडो भन्छन् ।

‘मानिसहरु म्याराडोनाबाट व्यापार गर्नमात्रै चाहन्थे । उनीबाट लिनसक्ने जति काम लिने र काम नलाग्ने भएपछि लात हान्नेमा थिए,’ साइनोरिनीको आरोप छ ।

यतिबेला म्याराडोनाको शरीरमा पहिलेजस्तो उर्जा थिएन । ‘म्याराडोनाको शरीर झन्डै ड्यामेज भइसकेको थियो । पटक–पटक कडा उपचार गर्नुप-यो,’ क्लाउडिया स्मरण गर्छिन् ।

म्याराडोनाकी कान्छी छोरी पनि जन्मिसकेकी थिइन् । उता, डिएगो सिनाग्रा (क्रिष्ट्रिाना सिनाग्रासँगको सम्बन्धबाट जन्मिएका छोरा) पनि हुर्कदै थिएँ । तर म्याराडोनाले उनलाई आफ्नो छोरा स्वीकारेका थिएनन् । उनी छोरीहरु जियाननिना र डाल्मालाई भने निकै माया गर्थे । क्लाउडियाले छोरीहरु हेर्थिन्, म्याराडोना रक्सी खान भन्दै बाहिर निस्कन्थे । ड्रग्सको उच्च लतमा फर्केर आउथ्यें । ‘छोरीहरु देख्दा तर्सन्थे र बाथरुममा गएर आफैलाई कैद गरेर बस्थे,’ क्लाउडिया सम्झछिन्, ‘अब उनी परिवर्तन भइसकेका थिए । हामीले भनेको मान्न छाडेपछि सुधारगृह पनि लग्यौँ ।’

म्याराडोनाको यो व्यवहारपछि क्लबका अध्यक्ष कोर्राडोलाई पनि चिन्ता थपियो । ‘हामी चिन्तित थियौँ । तर पनि खेलेपछि डोपिङ परीक्षण गर्दा म्याराडोना कहिल्यै फसेनन् । सायद, उनको साटो अर्कैले पिसाब फेथ्र्याें,’ उनी भन्छन् ।

म्याराडोनाले बार्सीलोनामै छँदा पहिलोपटक ड्रग्स लिएका थिए  । त्यतिबेला उनलाई अर्के ग्रहको मानिसजस्तो अनुभव भएको थियो । स्टारडम र बढ्दो जिम्मेवारी थेग्न नसक्दा उनी फेरि यसैको सहारामा पुगेका थिए । सबै जुटाइदिने काम जुलियानो परिवारले गथ्र्यो । कहिलेकाँही यो परिवारले म्याराडोनाकै गाडीमा लिफ्ट मागेर ड्रग्स तस्करी गथ्र्यो । किनकी म्याराडोनालाई नेपल्समा चेकिङ हुँदैन थियो । म्याराडोनासँग निकट रहेका नेपल्सका पत्रकार डेनियल आर्सुसी तत्कालीन समय उनी माफियाबाट प्रयोग भएका बताउँछन् । ‘म म्याराडोनाको घरमा डिनरका लागि गएको थिएँ, उनले नापोलीसँगको सम्बन्ध बिग्रिएको बताए । मध्यरातमा ढोकामा ढकढक सुनियो । क्लाउडियाले आएर म्याराडोनाको कानमा केही भनिन् । त्यसपछि म्याराडोनालाई मसँग ‘आज तिमीले वास्तविक नेपोली देख्नेछौं भने । हामी म्याराडोनाको गाडीमा निस्कियौँ,’ उनी भन्छन्, ‘कार्मेना जुलियानोले आधा रातमा आफ्नो शक्ति देखाउन म्याराडोनालाई बाहिर बोलाएका रहेछन् । म्याराडोनाले उनलाई अस्वीकार गर्न सक्दैन थिए । कार्मिनोलाई म्याराडोनाको कमजोरी अर्थात् कोकिन लतबारे थाहा थियो । उनी यस्तै नशामार्फत म्याराडोनालाई नियन्त्रण लिएर प्रयोग गर्न चाहन्थ्ये ।’

अवस्था प्रतिकुल थियो ।

यी सबैका बाबजुद नापोलीले सन् १९८९–९० को लिग पनि जित्यो । म्याराडोनालाई नबेच्ने आफ्नो निर्णय सही भएको भन्दै अध्यक्ष कोर्राडो मख्ख परे ।

तर, खराब दिन आउनै बाँकी थियो ।

सन् १९९० मा इटलीमै भएको विश्वकपलाई म्याराडोना आफ्नो जीवनकै खराब घटना भन्छन् ।

यस विश्वकपमा आयोजक इटली सबैभन्दा बलियो मानिएको थियो । तर, म्याराडोना पनि कम थिएनन् । युगोस्लाभियालाई टाइब्रेकरमा हराएर अर्जेन्टिना र त्यसको दुई घण्टापछि भएको खेलमा गणतन्त्र आयरल्यान्डलाई १–० ले हराएर इटली सेमिफाइनलमा पुगे ।

सेमिफाइनल नेपल्स शहरमै थियो । म्याराडोनाका केही अन्धभक्तले इटलीको समर्थन नगर्ने उद्घोष मात्रै गरेनन्, नेपल्समा म्याराडोनाको भव्य स्वागत हुने पनि बताए । म्याराडोनाले पनि अर्जेन्टिनालाई समर्थन गरिदिन नेपल्सवासीसँग आग्रह गरेका थिए । यही समाचारलाई भोलीपल्ट केही पत्रपत्रिकाले बङ्ग्याएर ‘म्याराडोनाले नेपल्समा विद्रोहको आग्रह गरे’ भन्दै प्रकाशित गरे ।


भोलिपल्ट पत्रपत्रिकामा म्याराडोनालाई नकारात्मक देखाउनेगरी समाचार आए । त्यसपछि समर्थकहरुले पश्चिम जर्मनीविरुद्धको फाइनलमा अर्जेन्टिनाको विरोधमा हुटिङ गरे, उनीहरुले अर्जेन्टिनी खेलाडीको धेरै गालीगलौज गरे । यो फाइनलमा अर्जेन्टिना १–० ले पराजित भयो ।


पत्रपत्रिका र स्थानीयबीचको हल्लाका कारण सुरु नहुँदै यो खेल युद्ध सरह बनिसकेको थियो । यस्तोमा, कतिपय नेपल्सवासी अझै पनि म्याराडोनाकै पक्षमा नारा लगाइरहेका थिए ।  निर्धारित समय बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इटलीका डोनाडोनी गोल गर्न असफल भए । त्यसपछि म्याराडोनाले गोल गरे । लगत्तै इटलीका सेरेनाको पेनाल्टी सर्जियो गोइकोचियाले रोके । सान पावलोमा उपस्थित झन्डै ६० हजार दर्शक हेरेको हे-यैं भए । यसरी नेपल्सका स्थानीय हिरोले सारा इटलीको सपना चकनाचूर बनाइदिए ।

‘त्यो क्षण सम्झदा मलाई अहिले पनि म्याराडोनाप्रति रिस उठ्छ, ’ सिरो फेरारा भन्छन्, ‘हामीले जित्छौँजस्तो लागेको थियो । हामी बलियो थियौँ ।’

भोलिपल्ट पत्रपत्रिकामा म्याराडोनालाई नकारात्मक देखाउनेगरी समाचार आए । त्यसपछि समर्थकहरुले पश्चिम जर्मनीविरुद्धको फाइनलमा अर्जेन्टिनाको विरोधमा हुटिङ गरे, उनीहरुले अर्जेन्टिनी खेलाडीको धेरै गालीगलौज गरे । यो फाइनलमा अर्जेन्टिना १–० ले पराजित भयो ।

चार महिनापछि नापोलीको क्रिसमस पार्टीमा म्याराडोनाको अनुहार मलिन थियो । नापोलीका तत्कालीन प्रशिक्षक अल्बर्टो बिगो भन्छन्, ‘अर्जेन्टिना र इटलीबीचको खेल सान पाओलोमा राख्नु नै आयोजकको गल्ती थियो । यस्तो खेल यहाँ राख्नुहुँदैन थियो ।’

क्रिसमसलगत्तै एउटा अडियो सार्वजनिक भयो । जहाँ, म्याराडोनाले ड्रग्स कारोबारबारे कुराकानी गरेका छन् ।

खोजपत्रकार  सीमोन डि मियोका अनुसार म्याराडोनाले अडियो टेपमा जो युवतीको नाम उल्लेख गरेका छन्, उनी जुलियानोको सञ्जालसँग जोडिएको फोर्सेल्ला अपराध समूहकी सदस्य हुन् ।

१४ फेब्रअुरी १९९१ मा अडियो टेप र अन्य प्रमाणलाई आधार मानेर नेपल्सस्थित अदालतले यसबारे अनुसन्धान सुरु ग¥यो । म्याराडोनाविरुद्ध लागु पदार्थको प्रयोग र दुव्र्यसनबारे मुद्दा चल्यो । यही आरोपमा ९ जना जेलमा पुगे, १६ जना फरार भए ।

म्याराडोना र जुलियानोबीचको सम्बन्ध अब माफियाहरुलाई नै घाडो भइसकेको थियो किनकी उनीहरु खुलेर होइन लुकेर कारोबार गर्न चाहन्थ्यें ।  अन्ततः अदालतले म्याराडोनालाई १ वर्ष २ महिनाको जेल सजाय (सस्पेन्डेड जेल सजाय) र ५ मिलियन लिरा जरिवाना गर्ने भयो । यसको अर्थ म्याराडोना जेल जानु नपर्ने, तर उनको आपराधिक रेकर्डमा यो सजाय दर्ज हुने उल्लेख थियो ।

यसपछि पनि नापोली र बारीबीचको खेलमा म्याराडोना मैदानमा देखिए । तर खेलपछिको डोपिङ परीक्षणमा उनी दोषी पाइए ।

म्याराडोनाका फिटनेश ट्रेनर फर्नान्डो साइनोरिनी भन्छन्, ‘यतिबेलासम्म उनको दुव्यर्सनबारे सबैलाई थाहा भइसकेको थियो । यसपछि उनीमाथि १५ महिना प्रतिबन्ध भयो ।’

क्लाउडियाका अनुसार यस रात चाडैं सामान प्याक गरेर हतार–हतारमा उनीहरु अर्जेन्टिना हिँडेका थिए ।

म्याराडोना सम्झन्छन्, ‘यो कठिन थियो । जब म नापोली आएको थिएँ । तब ८५ हजारले स्वागत गरें । तर, अन्त्यमा मैले एक्लै यो शहर छाड्नुप¥यो ।’

दुई सातापछि कोकिनसहित म्याराडोना ब्युनोर्स आयर्समा पक्राउ परे । ‘फुटबलबाट टाढा हुनुपरेपछि म्याराडोना थप बिग्रिए,’ क्लाउडिया भन्छिन्,‘उनको जीवन फुटबलबाहेक केही थिएन, तर माफियाले त्यही खोसे ।’

यसपछि पनि म्याराडोना चर्चामा रहे । तर, उत्कृष्ट खेलले होइन –प्रतिबन्ध, जेल र डोपिङ प्रकरणले । सन् १९९४ को विश्वकपमा दुई खेलपछि डोपिङमा फेल भए । सन् १९९७ मा उनले खेलाडी जीवनबाट सन्यास लिए ।

फुटबलर म्याराडोनाको यात्रा अब मिथकजस्तै बन्यो । आज पनि नेपोलीका अधिकांश घरमा उनको पोस्टर टाँसिएको छ, त्यहाँका मानिस ‘म्याराडोना युग’ र ‘भगवान् म्याराडोना’ का किस्सा सुनाउन पाउँदा रोकिदैनन् ।

एजेन्सीहरुको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप