कतार एयरलाइन्सबाट नेपाल आएका ३ जनामा कोरोना भाइरस पुष्टि
काठमाडौं । कतार एयरलाइन्सको जहाजमार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएसँगै सो विमानमा नेपाल आउनेमध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमितबारे मन्त्रालयले थप जानकारी दिएकाे छ ।
चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा उनीहरु नेपाल आएका थिए भने सो विमानमा २०५ जना यात्रु थिए ।
यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी एक युवतीमा कोरोना पुष्टि भएको थियो । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् । यस्तै शनिबार पनि सोही बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो ।
कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो ।
स्वास्थय मन्त्रालयका अनुसार हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

