शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरलाइन्सबाट नेपाल आएका ३ जनामा कोरोना भाइरस पुष्टि

बिहीबार, २० चैत २०७६, १७ : ०५
बिहीबार, २० चैत २०७६

काठमाडौं । कतार एयरलाइन्सको जहाजमार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएसँगै सो विमानमा नेपाल आउनेमध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमितबारे मन्त्रालयले थप जानकारी दिएकाे छ । 

चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा उनीहरु नेपाल आएका थिए भने सो विमानमा २०५ जना यात्रु थिए । 

यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी एक युवतीमा कोरोना पुष्टि भएको थियो । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् । यस्तै शनिबार पनि सोही बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो । 

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । 

स्वास्थय मन्त्रालयका अनुसार  हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप