चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका दुई यात्रुमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । मार्च १७ अर्थात् चैत ४ गते कतार एयरलाइन्सको उडानमार्फत नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रवक्ता डा विकास देवकोटाले शनिबार कोरोना भाइरस पुष्टि भएकी १९ वर्षीया युवती दोहा हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको बताएपछि सो विमानमा आएका दुई जनामा कोरनाको पुष्टि भएको हो ।
यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी हुन् भने शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी हुन् ।
उनीहरु कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेका थिए ।
उक्त जहाजमा उनीहरुसहित २ सय ५ जना यात्रु थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेको बताए।
कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । मन्त्रालयले सो जहाजमा आएका अधिकांश अहिले सम्पर्कमा आइसकेको बताएको छ भने उनीहरुको नमुना परीक्षण भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
