कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु
मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ ।
कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी उक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टि भएको सरकारले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
तर उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएकी थिइन् ।
प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए ।
कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो ।
त्यही जहाजमा हाल संक्रमण पुष्टी भएकी युवती पनि रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण