कोरोना भाइरस संक्रमित व्यक्ति कैलालीकै रहेको पुष्टि
कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थित तारानगरको भएको पुष्टि भएको छ ।
उनी दुबईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कति गते आएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले ती बिरामी ११ गते अस्पताल भर्ना भएको भएपनि थप विवरण संकलन भइरहेको पनि जनाएको छ।
यस्तै काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा समेतले संक्रमित व्यक्ति ३४ वर्षका पुरुष रहेको र चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएको बताएपनि थप विवरण संकलनको क्रममा रहेको बताएका थिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ती पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको थियो ।
डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् ।
यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण