थप एक नेपालीमा कोरोना भाइरस : उपत्यकाबाहिर पहिलो पटक कोरोना भाइरस पुष्टि
काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा कैलालीको धनगढीका ३४ वर्षीय ती पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए ।
डा देवकोटाले उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताए । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

