शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्धको ‘युद्ध’ : मोदीको प्रस्तावलाई अस्पतालको शैय्याबाटै ओलीले गरे स्वागत

शुक्रबार, ३० फागुन २०७६, १६ : २०
शुक्रबार, ३० फागुन २०७६

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नेताहरुबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न रणनीति बनाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीले शुक्रबार ट्वीट गर्दै ‘हामी हाम्रा नागरिकहरूलाई कसरी सुरक्षित राख्न भन्ने विषयमा भिडियो कन्फरेन्स मार्फत छलफल गर्न सक्छौं । स्वस्थ विश्वका लागि एकैसाथ योगदान गर्न सक्छौं र हामीले विश्वलाई एउटा उदाहरण प्रस्तुत गर्न सक्छौं’ भनेका थिए ।

मोदीको प्रस्तावलाई प्रधानमन्त्री ओलीले स्वागत गर्दै ट्वीट मार्फत् उत्तर दिँदै, कारोना भाइरसविरूद्ध लड्न सार्क नेताहरूबीच बलियो रणनीति बनाउनु पर्ने आवश्यकतामा जोड दिएका हुन् ।

त्यसमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार सार्क राष्ट्रसँग सहकार्य गरेर आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउन तयार रहेको बताएका छन् ।

नेपाल अहिले सार्क राष्ट्रको अध्यक्ष रहेको छ । नेपालसँगै भुटान, माल्दिभ्यस र श्रीलङ्काले पनि मोदीको प्रस्तावको स्वागत गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप