आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारी फैलिएपछि भारतीय प्रधानमन्त्री मोदीले सम्झिए सार्क

शुक्रबार, ३० फागुन २०७६, १५ : ३३
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क)लाई सम्झिएका छन् ।  कोराना भाइरस विरुद्धको लडाईँमा एकजुट हुन आह्वान गर्दै प्रधानमन्त्री मोदीले सार्क मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । 

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले सार्क मुलुकहरुले अब महामारीविरुद्ध लड्न एउटा दरिलो रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् ।  उनले अहिले मानवजातिको अस्तित्व रहेको ग्रहनै कोभिड–१९ महामारीको चपेटमा परेको र समग्र विश्व र दक्षिण एसियाले उक्त चुनौती सामना गरिरहेको बताएका छन् । 

यसअघि प्रधानमन्त्री मोदीले पाकिस्तान समेत सदस्य रहेको सार्क संगठनको बेवास्ता गर्दै बिमेस्टकलाई अघि बढाउने रणनीति लिएका थिए । पाकिस्तानमा प्रस्ताव गरिएको १९ औं सार्क शिखर सम्मेलनलाई समेत भारतले बेवास्ता गर्दै आएको छ ।

भारत र पाकिस्तानको द्वन्द्व उत्कर्षमा पुगेपछि भारतले सार्कलाई बेवास्ता गर्दै बिमस्टेक (वे अफ बंगाल इनिसियटिभ्स फर मल्टि सेक्टरल, टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन) लाई विशेष प्राथमिकतामा राखेको आरोप लाग्दै आएको छ । 

नेपालमा सम्पन्न १८ औं शिखर सम्मेलनपछि अहिलेसम्म सार्क सम्मेलन हुन सकेको छैन ।  सार्क संगठनमा भारतसहित नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र  भुटान सदस्य राष्ट रहेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप