काँग्रेसले ३ दिन झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तनि दिन आफ्ना कार्यलयमा आधा झण्डा झुकाउने भएको छ । शुक्रबार आकस्मिक बसेको केन्द्रीय समिति बैठकले शेर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनको सम्मानस्वरुप तीन दिन आधा झण्डा झुकाउने निर्णय गरेको हो ।
बैठकपछि काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा २०७६ फागुन ३०, चैत्र १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको उल्लेख छ । त्यस्तै चैत्र २ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र शेर्माकोे निधनको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा