पूर्वमन्त्री शेर्माको निधन
पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ ।
काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उनको निधन भएको हो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए । उनले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।
विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्र्मा जिल्ला सभापतिमा निर्वाचित भएका थिए । यस्तै उनी पार्टीको तिनै महाधिवेशनबाट दुईपटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत भएका थिए ।
शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो । शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्सबिच समझदारी
-
मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए
-
धरानमा खानेपानीको अभाव
-
अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन सुरू
-
इलाम-२ उपचुनाव : उम्मेदवारको हिसाब–किताब र परिणामको पर्खाइ
-
सिन्धुलीको एसपीमा अर्जुन तिमिल्सिना