बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको डिस्चार्ज

बुधबार, २८ फागुन २०७६, १६ : ३१
बुधबार, २८ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छन् । समीक्षा नाताले प्रधानमन्त्री ओलीकी ‘भान्जी’ हुन् । 

गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) नौ दिनका दिन डिस्चार्ज भएकी हुन् ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले समीक्षाको बुधबार डिस्चार्ज गरिएको जानकारी दिए । डिस्चार्ज अघि समीक्षाले मामा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएकी थिइन् । 
 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप