बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको पहिलो भिजिटर बनिन् समीक्षा संग्रौला, यस्तो भयो संवाद !

बुधबार, २८ फागुन २०७६, १६ : १७
बुधबार, २८ फागुन २०७६

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिर्गौला दाता भान्जी समीक्षा संग्रौलाले पहिलो भेट गरेकी छन् । 

बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पतालमा चिकित्सकपछि प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो व्यक्ति भाञ्जी समीक्षा नै रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

थापाका अनुसार उनीहरुबीच करिव २ मिनेट कुराकानी भएको छ । भान्जी समीक्षाले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाबारे सोधखोज गरेकी थिइन् । ‘मामा तपाइँलाई कस्तो छ ?’ समीक्षाले प्रधानमन्त्रीलाई सोधेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘मलाई ठिकै छ, तिमीलाई कस्तो छ ?’ भनेर सोधेका थिए । समीक्षाले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएपछि ओलीले भने ‘तपाइँलाई धेरैधेरै धन्यावाद । आफ्नो स्वास्थ्यमा ख्याल गर्नु’, प्रधानमन्त्रीले धन्यवादसहित भान्जी समीक्षाप्रति सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । हाल दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप