इटालीद्वारा पूरा देश ‘लकडाउन’

इटालीले कोरोनाभाइरसविरुद्ध अपनाइएको आपतकालीन नीति पूरा देशभरी लागू गरेको छ । जसका कारण देशैभरी सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ ।
सोमबार प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले देशका नागरिकलाई घरमै बस्न र अत्यावश्यक यात्राका लागि अनुमती लिन आदेश दिएका छन् ।
उनले उक्त नीति सबैभन्दा कमजोरको सुरक्षालाई मध्यनजर गर्दै बनाइएको बताएका छन् । ‘यसका लागि हामीसँग थप समय छैन,’ उनले टिभीमार्फत् गरिएको सम्बोधनमा भने ।
सोमबार इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ६६ बाट ४ सय ६३ पुगेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि इटालीमा बढी छ ।
आइतबारको तुलनामा सोमबार संक्रमितको संख्यामा २४ प्रतिशतको वृद्धि भएको आधिकारिक आँकडाले जनाएको छ ।
इटालीका २० इलाकामा कोरोना भाइरसको पुष्टि भइसकेको छ ।
प्रधानमन्त्री कोन्टेले के भने ?
प्रधानमन्त्री कोन्टेका अनुसार जनता घर बस्नु नै सबैभन्दा उत्कृष्ट उपाय हो । उनले भने, ‘संक्रमितको संख्या दिनानुदिन बढ्दो छ र मृतक पनि,’ बेलुकीपख गरिएको सम्बोधनमा उनले भने ।
‘पूरै इटाली संरक्षित क्षेत्र रहनेछ,’ उनले भने ।
‘हामीले इटालीलाई राम्रो बनाउने केही न केही त्याग त गर्नैपर्छ । यो आजैबाट गर्नुपर्ने भएको छ ।’
‘त्यसकारण सबै नागरिकको स्वास्थ्य बचाउन मैले थप कडा र गम्भीर सुरक्षाका उपाय अवलम्बन गर्ने निश्चित गरेको छु,’ उनले भने ।
प्रधानमन्त्रीले सुरक्षाको उक्त उपायलाई ‘म घरमै बस्छु’ नाम दिएका छन् । यस अन्तर्गत मानिसहरु सार्वजनिक रुपमा जमघट गर्न पाउने छैनन् । ‘नाइटलाइफ पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ किनभने धेरै संक्रमण यहाँबाट फैलने सक्ने सम्भावना भएकोले हामी यसको अनुमती दिन सक्दैनौं,’ उनले भने ।
फुटबललगायतका सबै खेलकुद आयोजना देशैभरी रद्द गरिएको छ । स्कूल र विश्वविद्यालय अप्रिल ३ सम्म बन्द रहनेछ ।
सरकारी अधिकारीले कुनै पनि अवस्थामा स्थगित गर्न नसकिने काम र पारिवारिक कारणमा मात्रै यात्राका लागि अनुमती दिइने जानकारी दिएका छन् ।
विमानमा यात्रा गर्नेहरुले आफूले आफैंलाई प्रमाणित गर्नुपर्नेछ ।
रेल स्टेशनलाई यात्रुको तापक्रम मापन गर्नका लागि नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा